समाचार

विश्व रेबिज दिवसमा विद्यार्थीद्वारा कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप

बागलुङ, असोज १३‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने अवधारणालाई आत्मसात गर्दै विद्यालयस्तरमै व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने अभियानअन्तर्गत बागलुङमा विद्यार्थीहरूले रेबिज नियन्त्रणसम्बन्धी व्यवहारिक कार्यक्रममा सहभागिता जनाएका छन्। विश्व रेबिज दिवसको अवसरमा बागलुङस्थित धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता, विद्यालयका प्राविधिक टोली तथा डा. रचित देवकोटाको नेतृत्वमा विद्यालय आसपास रहेका कुकुर र बिरालोलाई समातेर रेबिजविरुद्ध खोप लगाउने कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमका लागि जिल्ला पशु सेवा कार्यालय बागलुङले आवश्यक खोप तथा प्राविधिक सामग्री उपलब्ध गराएको थियो।… पुरा पढौ

अविरल वर्षापछि बागलुङका मुख्य सडक अवरुद्ध, सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह

बागलुङ, असोज १३ । अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न मुख्य तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सडकको अवस्थाबारे जानकारी गराएको हो। प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ बजारदेखि निसीखोलाको कानाबगरसम्म एकतर्फी सवारी सञ्चालन भइरहेको छ। यस्तै, बेनी–बागलुङ सडकमा बागलुङ बजारदेखि बेनी बजारसम्म एकतर्फी रूपमा सवारी साधन सञ्चालन गर्न सकिने अवस्था रहेको जनाइएको छ। त्यसैगरी कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ बजारदेखि जैमिनीघाटसम्म एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने जैमिनीघाटदेखि पश्चिम खण्ड गुल्मी… पुरा पढौ

अविरल वर्षाले बागलुङमा ११ जनाको मृत्यु, ५१ घर पूर्ण रूपमा क्षतिग्रस्त

बागलुङ, असोज १३ । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण बागलुङ जिल्लामा हालसम्म ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ पुरुष, ६ महिला र ३ बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन्। एक महिला अझै बेपत्ता रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार विपद्बाट जिल्लाभर ५१ वटा घर पूर्ण रूपमा र ५१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै १० वटा गोठ पूर्ण… पुरा पढौ

बाढीपीडितको घाउमा मल्हम बन्न पुग्यो लायन्स क्लब अफ निसीखोला

बागलुङ, असोज १२ । बाढी तथा पहिरोबाट प्रभावित बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोला कानाबगर क्षेत्रमा लायन्स क्लब अफ निसीखोलाले राहत तथा उद्धार सहयोगमा सक्रिय सहभागिता जनाएको छ। हामी सेवा गर्छौं’ भन्ने मूल भावनासहित स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ निसीखोलाको टोली प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, उद्धार तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको हो। क्लबका अध्यक्ष अशोक कार्कीका अनुसार बाढीले ठूलो क्षति पुर्‍याएको झिवाखोला–कानाबगर क्षेत्रमा पुगेर क्लबका सदस्यहरूले स्थानीयवासीसँग सहकार्य गर्दै… पुरा पढौ

बाढी हेर्न गएका एककाे भिरबाट लडेर मृत्यु

बागलुङ असाेज १२ बागलुङमा कालीगण्डकी नदीको बाढी हेर्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। बाढीको अवस्था अवलोकन गर्ने क्रममा दुर्घटना भएपछि स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको कालीगण्डकी नदीको बहाव हेर्ने क्रममा ढिस्कोबाट लडेर मृत्यु भएको हो। दुर्घटनापछि उनलाइ उद्धार गरी उपचारका धाैलागिरि अस्पतालमा लागि उपचार गर्ने क्रममा उनकाे मृत्युु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक गोतामे विगत दुई दशकदेखि बागलुङ सदरमुकामस्थित ज्ञानकुञ्ज स्टेसनरीमार्फत दैनिक रूपमा… पुरा पढौ

कलंकीमा आँखा क्लिनिक सुरु आधुनिक मेसिनबाट जाँच

काठमाडौं असाेज १२ राजधानीको व्यस्त क्षेत्र कलंकीस्थित हनुमान मार्केटमा आइतबारदेखि सुरु भएको आँखा परिक्षण कार्यक्रम एक सातासम्म सञ्चालन भएर सम्पन्न भएको छ । परिक्षण कार्यक्रममा सहभागी सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, आवश्यक परामर्श तथा आँखासम्बन्धी समस्याबारे विशेषज्ञ सुझाव प्रदान गरिएकाे थियो । संचालीका सचिव पुष्पाञ्जली वाग्लेका अनुसार समुदायमा आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्याको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । पूर्ण दृष्टि तथा आँखा उपचार केन्द्रले आधुनिक प्रविधि मेसिनको सहयोगमा क्लिनिक सञ्चालन भइरहेको… पुरा पढौ

लायन्स क्लबकाे संयुक्त सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं, असोज ११ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियामा रहेका विभिन्न लायन्स क्लबहरूको लायन वर्ष २०२६/२७ को संयुक्त सपथग्रहण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसनकुमार गोपाली, डिस्ट्रिक्ट चिफ एडभाइजर लायन मीनराज काफ्ले, डिस्ट्रिक्ट सेक्रेटरी लायन गणेश जिसी, मिसन १.५ चिफ लायन महाप्रसाद पाण्डे, चिफ एक्जुकेटिभ लायन सन्तोष सराफ, क्लस्टर चिफ लायन सुवर्ण कडेल, रिजन चेयरपर्सन लायन प्रेमप्रसाद शर्मा पौडेल, जोन चेयरपर्सन लायन… पुरा पढौ

जैमिनी–१ पोखरी गाउँमा बाढीले ६ हल खेत पुरियो

बागलुङ, असोज ११ । जैमिनी नगरपालिका–१, कुश्मिसेराको पोखरी गाउँमा गएराति आएको बाढीले स्थानीय किसानहरूको खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको छ। स्थानीय स्रोतका अनुसार बाढीका कारण जीवन आचार्य, विद्याधर आचार्य र सुजन आचार्यलगायत किसानहरूको करिब ६ हल खेत पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। लगातारको वर्षासँगै आएको बाढीले खेतमा लगाइएको बाली तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको बताइएको छ। खेत पुरिएपछि प्रभावित किसानहरू चिन्तित बनेका छन्। घटनाबाट भएको क्षतिको यथार्थ विवरण भने स्थलगत निरीक्षण तथा सम्बन्धित निकायको मूल्याङ्कनपछि मात्रै स्पष्ट हुने जनाइएको… पुरा पढौ

मालढुंगा पुलमा क्षति, बागलुङ–पर्वत आवतजावत बन्द

बागलुङ, असोज ११ । निरन्तर वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलमा क्षति पुगेको छ। बाढीले पर्वततर्फको पुल जोडिएको भागमा कटान गरेपछि पुल जोखिममा परेको छ। कटानका कारण पुलको पिल्लर नजिकैबाट नदी बग्न थालेको स्थानीयले बताएका छन्। पुलमा क्षति पुगेपछि बागलुङ–पर्वत आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। यससँगै मध्यपहाडी क्षेत्रको यातायात सम्पर्कसमेत प्रभावित बनेको छ। सम्बन्धित निकायले पुलको अवस्थाबारे निरीक्षण गरिरहेको र थप जोखिम मूल्याङ्कनपछि आवश्यक निर्णय गरिने जनाएको छ। पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

काठमाडौं, असोज १२ । “Leading with Purpose” भन्ने नारासहित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको पदस्थापन कार्यक्रम वर्षाका बाबजुद निरन्तर सञ्चालन भइरहेका छन्। यसै क्रममा असोज ११ गते काठमाडौंको बसुन्धरास्थित गोधुली फुडल्यान्डमा लायन वर्ष २०२६–२७ का लागि बागमती एरियाको इन्डक्सन तथा संयुक्त पदस्थापन (Induction & Joint Installation Ceremony) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर तथा इन्स्टलेसन चिफ अफिसर लायन रमेश अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसन… पुरा पढौ