समाचार

बाल दिवस र तीजको अवसरमा लायन्स क्लब अफ निसिखोलाद्वारा सिमाना स्तम्भ स्थापना

बागलुङ, भदौ ३१— राष्ट्रिय बाल दिवस तथा हरितालिका तीजको अवसरमा लायन्स क्लब अफ निसिखोलाले पूर्वी रुकुमको भूमे गाउँपालिका र बागलुङको निसीखोला गाउँपालिकाको सिमानास्थलमा सिमाना स्तम्भ (सिमाना बोर्ड) स्थापना गरेको छ। सिमाना स्तम्भ स्थापना पश्चात आयोजित कार्यक्रममा सहभागीहरूले एकापसमा तीजको शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। क्लबका सचिव शिव कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लबका ज्येष्ठ सदस्य खिमविक्रम गिरी र टेकबहादुर पुनले लायन्स क्लबले आगामी दिनमा अझ प्रभावकारी र उदाहरणीय सामाजिक कार्यहरू गर्दै जानुपर्नेमा… पुरा पढौ

झोरा तीज गीत प्रतियोगितामा शान्ति मावि प्रथम, २५ हजार पुरस्कार

बागलुङ, भदौ ३० ग्रामीण जनसहभागिता विकास केन्द्र, बरेङको आयोजनामा सम्पन्न झोरा तीज गीत प्रतियोगितामा जैमिनी नगरपालिका–१ स्थित श्री शान्ति माध्यमिक विद्यालय प्रथम भएको छ। बरेङडाँडामा आयोजित खुला तीज गीत प्रतियोगितामा विद्यालयले उत्कृष्ट गीत तथा नृत्य प्रस्तुति प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको हो। प्रथम स्थानसँगै विद्यालयले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले मौलिक तीज संस्कृति झल्किने आकर्षक प्रस्तुति दिएका थिए। शान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रस्तुति निर्णायक मण्डल र दर्शकबाट समेत उच्च प्रशंसा बटुल्न… पुरा पढौ

पाला धिमिमा तीजको रौनक, आज मूल समारोहमा दीपलप खातीको विशेष प्रस्तुति

बागलुङ, भदौ ३०काठेखोला गाउँपालिका–१ पाला धिमिमा जनसेवा युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको तीज मेलाले उत्साहपूर्ण माहोल सिर्जना गरेको छ। मेलाको चौथो दिन हरितालिका तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्। आयोजकका अनुसार मेलाअन्तर्गत खुला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताका दोस्रो चरणका खेल सञ्चालन गरिएका थिए। साथै, खुला सामूहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा अमर आदर्श बोर्डिङ स्कुल, बागलुङ प्रथम भएको छ भने मगर सांस्कृतिक संरक्षण समाज द्वितीय स्थान हासिल गर्न सफल भएको छ।मेलाको पाँचौँ… पुरा पढौ

देवपाटनमा निःशुल्क वृहत् स्वास्थ्य शिविर तथा खानेपानी वितरण

काठमाडौं, भदौ २९ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा हरितालिका तीज–२०८३ को अवसर पारेर काठमाडौंको देवपाटनस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा निःशुल्क वृहत् स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ। ‘Leading With Purpose’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा शुद्ध खानेपानी वितरण गरिएको आयोजकले जनाएको छ। शिविरमा मधुमेह तथा रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच र विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो। कार्यक्रममा पशुपतिनाथ दर्शन तथा तीज पर्वका… पुरा पढौ

तीजको अवसरमा श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

काठमाडौं, भदौ २९हरितालिका तीज पर्वको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं मानस्लु गणेश हिमाल ले श्रद्धालु भक्तजनका लागि निःशुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। बालाजु बैसधारा मन्दिर क्षेत्र, काठमाडौंमा आयोजित कार्यक्रममा तीज पर्व मनाउन आएका सयौं श्रद्धालुलाई शुद्ध तथा सुरक्षित खानेपानी वितरण गरिएको क्लबले जनाएको छ। क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा भक्तजनलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले खानेपानी वितरण गरिएको थियो। तीज पर्वका अवसरमा मन्दिर क्षेत्रमा भक्तजनको उल्लेख्य भीड… पुरा पढौ

जनताको फोन नउठ्ने गुनासाबीच सांसद खड्काले सामाजिक सञ्जालमार्फत मागे सुझाव

काठमाडौं, भदौ २९बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुशील खड्काले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग समस्या, गुनासा र सुझाव संकलन गर्न सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद खड्काले प्रतिनिधिसभाको बैठक, संसदीय समिति तथा अन्य जिम्मेवारीका कारण सबैसँग प्रत्यक्ष फोन सम्पर्क वा भेटघाट गर्न सधैं सम्भव नहुने उल्लेख गर्दै आफ्नो सचिवालयमार्फत समेत नागरिकका गुनासा र सुझाव प्राप्त गर्न सकिने बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमा उनले बागलुङ–१ का मतदाता तथा सर्वसाधारणलाई निर्वाचन क्षेत्रसँग सम्बन्धित समस्या, सुझाव… पुरा पढौ

तीज नृत्य प्रतियोगितामा एन्जल्स हार्टको उत्कृष्ट प्रदर्शन, प्रथम उपाधि

काठमाडौं, भदौ २९फ्युजन डान्स स्टुडियोद्वारा आयोजित ‘तीज विशेष नृत्य प्रतियोगिता–२०८३’ मा एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका कक्षा ६ देखि ९ सम्मका छात्राहरूले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका छन्। हरितालिका तीजको मौलिकता, नेपाली कला तथा संस्कृतिलाई नृत्यमार्फत आकर्षक ढंगले प्रस्तुत गर्दै छात्राहरूले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका थिए। उनीहरूको प्रस्तुति निर्णायक तथा दर्शकबाट समेत प्रशंसा बटुल्न सफल भएको बताइएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै विद्यालयको गौरव बढाएको भन्दै विद्यालय परिवारले विजेता छात्राहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयले नृत्य… पुरा पढौ

भविष्यसहित सांस्कृतिक परम्पराको सन्देशसहित वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २८ – वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका लायन्स क्लबहरूले सञ्चालन गर्दै आएको वातावरण संरक्षण अभियानलाई निरन्तरता दिँदै ‘भविष्यसहित सांस्कृतिक परम्परा’ भन्ने मूल नारासहित वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो। लायन्स वर्ष २०२३/२४ देखि सुरु भएको पहल, निरन्तर प्रयास तथा विभिन्न पक्षसँगको छलफलपछि प्रकृति संरक्षण र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकसाथ अघि बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। लायन्स क्लब अफ काठमाडौं… पुरा पढौ

रसुवा बाढीपीडित परिवारलाई लायन्स क्लबहरूको राहत सहयोग

काठमाडौं, भदौ २८ रसुवालगायत बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका पीडित परिवारलाई विभिन्न लायन्स क्लबहरूले राहत सामग्री वितरण गरेका छन्। मानवीय सेवामा समर्पित भावनासहित लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी, लायन्स क्लब अफ काठमाडौं मिमोसा यूथ र लायन्स क्लब अफ काठमाडौं सर्भेयर्स ले संयुक्त रूपमा राहत वितरण कार्यक्रम सञ्चालन गरेका हुन्। उक्त कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत सम्पन्न भएको जनाइएको छ। कार्यक्रममा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको थियो। विपद्को कठिन परिस्थितिमा पीडित परिवारहरूको… पुरा पढौ

ग्यास कृत्रिम अभाव सिर्जना गरे कडा कारबाही हुने

काठमाडौं, भदौ २८ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यास विक्रेता तथा वितरकलाई लक्षित गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ। प्रशासनले ग्यास उद्योग वा डिलरबाट प्राप्त ग्यास उपभोक्तालाई तत्काल बिक्री–वितरण गर्न निर्देशन दिएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने, ग्यास मौज्दात गरी लुकाउने वा बिक्री नगरी भण्डारण गर्ने कार्य भेटिए कालोबजारीसम्बन्धी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने… पुरा पढौ