समाचार

सुमन परियारको जितमा दिदी रेजिना भावुक, भनिन्– ‘यो जित लोकसंगीतकै जित हो’

बर्दिवास असाेज २४ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भाइ सुमन परियारको सफलतामा गायिका रेजिना परियारले भावुक सन्देशसहित बधाई दिएकी छन्। सामाजिक सञ्जालमार्फत भाइलाई बधाई तथा शुभकामना दिँदै रेजिनाले सुमनको जित व्यक्तिगत सफलता मात्र नभई समग्र लोकसंगीत क्षेत्रकै जित भएको उल्लेख गरेकी छन्। उनले नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो कर्तव्य नबिर्सन भाइलाई आग्रहसमेत गरेकी छन्। ‘बाबु, यो जित तिम्रो मात्र होइन, समग्र लोकसंगीत क्षेत्रकै जित हो। आफ्नो जिम्मेवारी र कर्तव्य कहिल्यै नबिर्सनू। तिम्रो खुसीमा ताली बजाउन पाउनुको… पुरा पढौ

उषा सुवेदी प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित, सबैप्रति व्यक्त गरिन् आभार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सचिव (बागमती प्रदेश भूगोल) मा निर्वाचित मोडल उषा सुवेदीले आफूलाई मत दिएर विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। उनले प्रतिस्पर्धी भरत बराकोटीसहित सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै निर्वाचनको जितहारले आपसी सम्बन्धमा असर पर्न नहुने बताएकी छन्। अध्यक्षमा निर्वाचित पशुपति शर्मासहित नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सुवेदीले लोकदोहोरी क्षेत्रको विकास, कलाकारको हकहित र संस्थागत एकताका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्। ‘पदभन्दा ठूलो सम्बन्ध हो, प्रतिस्पर्धाभन्दा ठूलो आत्मीयता… पुरा पढौ

भारी मतसहित उपाध्यक्षमा विजयी पुष्कल शर्माले दिए मतदातालाई धन्यवाद

बर्दिबास, असोज २४राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय उपाध्यक्षमा भारी मतसहित विजयी भएका गायक पुष्कल शर्माले आफूलाई विश्वास गरेर अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएपछि शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो विजयमा साथ, सहयोग र विश्वास गर्ने सबैलाई धन्यवाद दिएका हुन्। उनले प्रतिष्ठानका केन्द्रीय, प्रदेश, जिल्ला, उपत्यका समन्वय समिति, विदेश शाखा, संस्थापक तथा पूर्वअध्यक्षहरू, अग्रज र समकालीन कलाकार, आफन्त तथा शुभचिन्तकप्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्। शर्माले आफूलाई प्राप्त विश्वास र जिम्मेवारी… पुरा पढौ

कविता सिम्खडाको नेतृत्वमा लायन्सको बैठक सम्पन्न

काठमाडौं। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियामा डिस्ट्रिक्ट गभर्नरको दोस्रो एडभाइजरी कमिटी बैठक सम्पन्न भएको छ। जोन चेयरपर्सन कविता सिम्खडाको नेतृत्वमा शनिबार, अक्टोबर १०, २०२६ मा काठमाडौंको बानस्थलीस्थित नमस्ते मिटिङ क्याफेमा बैठक आयोजना गरिएको हो। बैठकको सफल आयोजना, प्रभावकारी समन्वय र व्यवस्थापनका लागि डिस्ट्रिक्ट ३२५ केका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन सिम्खडालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। पाण्डेले बैठकलाई सफल बनाउन सहयोग पुर्‍याउने क्लस्टर चिफ शहदेव बस्नेत र रिजन चेयरपर्सन किरण थापाको भूमिकाको समेत प्रशंसा… पुरा पढौ

सुनितामी परियार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा विजयी

लोकगीत–संगीतमा डेढ दशकको योगदानपछि प्रतिष्ठानको नेतृत्वमाराष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा गायिका सुनितामी परियार विजयी भएकी छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा सम्पन्न निर्वाचनबाट परियार केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। डेढ दशकदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय परियारले आफ्नो निरन्तरको मेहनत र योगदानबाट यो सफलता हासिल गरेकी हुन्।उनको विजयसँगै कलाकार तथा शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। पुरा पढौ

‘आँट दिने र साथ दिने सबैलाई सम्झिएको छु’ : रवि कार्की

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित कलाकार रवि कार्कीले आफूलाई साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। निर्वाचनपछि कृतज्ञता व्यक्त गर्दै कार्कीले भने, “आँट दिनेहरूलाई पनि सम्झिएको छु, साथ दिनेहरूलाई पनि सम्झिएको छु।” उनले आफ्नो निर्वाचन यात्रामा हौसला प्रदान गर्ने अग्रज कलाकार, शुभचिन्तक, मित्रजन तथा अमूल्य मत दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। कार्कीले प्राप्त माया र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरेका… पुरा पढौ

६७९ मतसहित टीका सानू केन्द्रीय महिला सदस्यमा विजयी

लोकप्रिय लोक तथा दोहोरी गायिका टीका सानू राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय महिला सदस्यमा विजयी भएकी छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ अन्तर्गत भएको निर्वाचनमा उनले ६७९ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। विजयी भएपछि सानूले आफूलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्ने सम्पूर्ण प्रतिनिधिप्रति आभार व्यक्त गरेकी छन्। उनले प्राप्त मतलाई माया, विश्वास र जिम्मेवारीको प्रतीकका रूपमा लिँदै मतदाताले आफूमाथि गरेको भरोसालाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्। सानूले आफ्नो विजयलाई व्यक्तिगत सफलतामा मात्र… पुरा पढौ

बागलुङमा चट्याङ लाग्दा दुई महिला घाइते, एउटा भैँसी म¥यो

बागलुङ ।असाेज २३ बागलुङ नगरपालिका–१० अर्वग सिममा चट्याङ लाग्दा दुई महिला घाइते भएका छन् भने एउटा भैँसी मरेको छ। बिहीबार दिउँसो करिब ४ः३० बजे स्थानीय मिनबहादुर थापाको घरमा चट्याङ पर्दा ७१ वर्षीया तिलकुमारी थापा र २४ वर्षीया सङ्गीता रोका बेहोस भएका थिए। उनीहरूलाई उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ लगिएको थियो। उपचारपछि तिलकुमारीको अवस्था सामान्य र सङ्गीताको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सङ्गीताको छाती र पेटको भागमा पोलिएको चोट देखिएको छ। चट्याङका कारण घरको विद्युत् मिटर… पुरा पढौ

बागलुङमा नागरिकमैत्री विशेष घुम्ती प्रशिक्षण तालिम सम्पन्न

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा सञ्चालित प्रहरी कर्मचारी लक्षित नागरिकमैत्री विशेष घुम्ती प्रशिक्षण तालिम सम्पन्न भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्त्वावधानमा सञ्चालित तालिमको समापन जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहत प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक्षित गरि नागरिक मैत्री घुम्ति प्रशिक्षण तालिमको संचालन गरिएको प्रहरी प्रमुख प्रसाईले बताए । तालिमले प्रहरी सेवालाई थप नागरिकमैत्री, प्रभावकारी… पुरा पढौ

पशुपति शर्मा प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकप्रिय गायक पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। लोकदोहोरी गीतमार्फत नेपाली मौलिक संस्कृति र जनजीवनलाई प्रस्तुत गर्दै आउनुभएका शर्माको नेतृत्वमा कलाकारको हकहित संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन र लोकसंगीतको प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। शर्माको निर्विरोध चयनले कलाकार समुदायमा उत्साह थपेको छ। उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। पुरा पढौ