समाचार

लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्नसेवा, नेतृत्व र सदस्यता विस्तारमा जोड

काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती क्षेत्रका विभिन्न लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्न भएको छ। जोन चेयरपर्सन लायन चन्दन सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा क्लबहरूको सेवा गतिविधि, सदस्यता विस्तार अभियान, नेतृत्व विकास तथा डिस्ट्रिक्टका कार्यक्रमहरूबारे समीक्षा गरिएको थियो। बैठकमा सहभागी क्लबहरूबीच अनुभव आदान–प्रदान गर्दै आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ। कार्यक्रममा डिस्ट्रिक्टका पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर, मिसन १.५ चिफ महाप्रसाद पाण्डे, डिपार्टमेन्ट… पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्न

ललितपुर, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियामा आबद्ध लायन्स क्लबहरूको District Governor’s Second Advisory Committee Meeting (दोस्रो जोन मिटिङ) ललितपुरको सानेपास्थित मानकामना निवासमा सम्पन्न भएको छ। जोन चेयरपर्सन चन्दन सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन प्रेमप्रसाद शर्मा पौडेल, क्लस्टर चिफ सुवर्ण कँडेल, चिफ एक्जिक्युटिभ सन्तोष सर्राफ, प्रो इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर तथा मिसन १.५ चिफ महाप्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो बैठकमा आबद्ध लायन्स क्लबका अध्यक्षहरूले चालु कार्यकालमा क्लबले सञ्चालन… पुरा पढौ

जोनअन्तर्गतका क्लबबीच समन्वय र सेवा कार्यक्रम प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत दोस्रो जोन एड्भाइजरी कमिटी (जोन मिटिङ) आइतबार ललितपुरको चाकुपाटस्थित इन्ट्रान्स क्याफेमा सम्पन्न भएको छ। जोन चेयरपर्सन रञ्जु थापाको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन राजिन परेरु, क्लस्टर चिफ सुवास राई, क्याबिनेट ट्रेजरर चुडामणि सिलवाल, पिआरओ इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ तथा मिसन १.५ चिफ महाप्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो। बैठकमा जोनअन्तर्गतका लायन्स क्लबहरूले सञ्चालन गरिरहेका सेवा तथा मानवीय कार्यक्रमको समीक्षा गर्दै आगामी कार्ययोजना, सदस्यता विस्तार, नेतृत्व विकास तथा सामुदायिक सेवाका गतिविधिलाई थप… पुरा पढौ

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम

काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन (इन्डक्सन एन्ड ज्वाइन्ट इन्स्टलेसन) कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । सामाखुसीस्थित स्काइ रेस्ट्रो एण्ड बैंक्वेटमा भएको कार्यक्रममा नवगठित तथा नव–निर्वाचित क्लब पदाधिकारीहरूको पदस्थापन, नयाँ सदस्यहरूको अभिमुखीकरण तथा लायन्स सेवाका आगामी कार्यक्रमबारे छलफल गरिएकाे आयोजकले जनाएको छ। कार्यक्रममा लायन्स वादकाे आन्दोलनमा उल्लेखनीय भुमिका खेलेर लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल लाईसंसारकै सबैभन्दा उत्कृष्ट डिस्ट्रिक्ट बनाउने भुमिका खेलेको भनेर लायन्स इन्टरनेशनल डिस्ट्रिक्टका पुर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण… पुरा पढौ

जैमिनी–५ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

बागलुङ, असोज १८ । नेपाली कांग्रेस( देउवा पक्षीय) को १५औँ महाधिवेशन अन्तर्गत बागलुङको जैमिनी नगरपालिका–५ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन भएको छ।अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो। नेपाली कांग्रेसले वडा अधिवेशनलाई संगठन निर्माणको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ। नवनिर्वाचित वडा कार्यसमितिले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने, जनताका समस्या तथा सरोकारका विषय सम्बन्धित निकायसम्म उठाउने र संगठन विस्तारमा… पुरा पढौ

कुस्मीसेरामा कांग्रेसको वडा सभापतिमा जीवन पौडेल निर्वाचित

बागलुङ, असोज १८ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जैमिनी नगरपालिका–१ कुस्मीसेरामा सम्पन्न वडा अधिवेशनबाट जीवन पौडेल वडा सभापतिमा निर्वाचित हुनुभएको छ। अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित सभापति पौडेलले आफूलाई विश्वास गरी जिम्मेवारी दिने प्रतिनिधि, नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभएको छ। वडा अधिवेशनले स्थानीय तहमा पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिका लागि नयाँ नेतृत्व चयन गरेको जनाएको छ। पुरा पढौ

विश्वमै उत्कृष्ट बन्दै लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल, पहिलो त्रैमासिकमै ऐतिहासिक सफलता

काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ को पहिलो तीन महिनामै विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गर्दै उत्कृष्ट प्रदर्शन गर्ने डिस्ट्रिक्टको रूपमा आफूलाई स्थापित गरेको छ। डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले सार्वजनिक गर्नुभएको धन्यवाद तथा आभार सन्देशअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा नयाँ क्लब चार्टर तथा नेट ग्रोथमा डिस्ट्रिक्ट ३२५ के नेपालले विश्वमै पहिलो स्थान हासिल गर्न सफल भएको हो। उक्त उपलब्धिलाई नेपाली लायन्स इतिहासकै गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। Lions Clubs International MD 325 के नेपालका… पुरा पढौ

कांग्रेस क्षेत्रीय सभापतिमा गुरुङ दोस्रो पटक निर्वाचित

पर्वत, असोज १८ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वत प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय अधिवेशनबाट परविन गुरुङ दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न मतगणनाअनुसार गुरुङले ४३४ मत प्राप्त गरी सभापतिमा विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी हरि न्यौपानेले ३०२ मत प्राप्त गर्नुभएको थियो। यसअघि पनि क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका गुरुङ पर्वतको विहादी गाउँपालिकाका अध्यक्षसमेत हुनुहुन्छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित गुरुङ नेपाली कांग्रेसको दक्षिण पर्वत क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ।… पुरा पढौ

पहिरोपीडित परिवारलाई लायन्स क्लब अफ निसीखोलाद्वारा राहत सहयोग

बागलुङ, असोज १७‘जहाँ दुःख, त्यहाँ लायन्स क्लब अफ निसीखोला’ भन्ने नारासहित लायन्स क्लब अफ निसीखोलाले विपद्पीडित परिवारलाई राहत सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ। असोज ११ गते निसीखोला गाउँपालिका–३ धाराखर्कमा गएको विनाशकारी पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गएको घटनापछि पीडित परिवारलाई नगद तथा खाद्यान्न सहयोग प्रदान गरिएको हो। किरिया बसाइँ सम्पन्न भएको सातौं दिन वडा नं. ३ का वडाध्यक्ष रमेश विक्रम शाहीको उपस्थितिमा लायन्स क्लब अफ निसीखोलाले पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ। राहतस्वरूप दक्षिण कोरियामा रहेका… पुरा पढौ

बाढीपीडित व्यवसायी तथा स्थानीय परिवारलाई किचन र्‍याक हस्तान्तरण

रसुवा, असोज १७ — भोटेकोशी बाढीबाट प्रभावित व्यवसायी, उद्यमी तथा स्थानीय पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। महासंघले बाढीबाट प्रभावित ५० घरपरिवारलाई किचन र्‍याक हस्तान्तरण गरेको जनाएको छ। महासंघकी उपमहासचिव रोजिता वस्तीका अनुसार विपद्का कारण दैनिक जीवन प्रभावित बनेका परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरूको टोली सहभागी भएको थियो। कार्यक्रममा कोषाध्यक्ष कालीमान… पुरा पढौ