समाचार

बाढीपीडितलाई लायन्सको न्यानो साथ, ५० परिवारलाई ब्ल्याङ्केट वितरण

नुवाकोट, असोज २० । प्राकृतिक विपत्तिका बेला पीडितको साथमा उभिने सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका लायन्सकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेका छन्। जहाँ समस्या, त्यहाँ लायन्स, जहाँ पीडा, त्यहाँ सेवा’ भन्ने भावनाका साथ नुवाकोटको बेत्रावती, सोले र भैसे क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढीपीडित परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो। सेवामूलक अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकका सन्तोष सराफले ब्ल्याङ्केट सहयोग उपलब्ध गराउनुभएको थियो। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लिडर रोजिता वस्तिका अनुसार… पुरा पढौ

रास्वपा जैमिनी नगर सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको नगर अधिवेशनबाट राजेन्द्र शर्मा सर्वसम्मत रूपमा नगर सभापतिमा चयन भएका छन्। जैमिनी नगरपालिकामा सम्पन्न अधिवेशनले शर्माको नेतृत्वमा नयाँ नगर समिति चयन गरेको हो। नेतृत्व चयन सर्वसम्मत रूपमा टुंगिएको पार्टीले जनाएको छ। अधिवेशनमा सहभागी नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूले संगठनलाई वडा र टोल तहसम्म विस्तार गर्दै थप सुदृढ बनाउने, स्थानीय नागरिकका समस्या तथा सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउनेलगायत विषयमा छलफल गरेका थिए। नगर सभापतिमा चयन भएपछि शर्माले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, सक्रियता र जवाफदेहितासहित… पुरा पढौ

टिका सानुको उम्मेदवारी : लोकदोहोरी कलाकारको हकहित र संस्थागत विकासमा जोड

काठमाडौं असाेज २०राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा लोक तथा दोहोरी गायिका टिका सानुले केन्द्रीय महिला सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। करिब १५ वर्षदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय सानुले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा कलाकारको हकहित संरक्षण, लोक तथा दोहोरी संगीतको प्रवर्द्धन तथा प्रतिष्ठानलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यले दिएको बताएकी छन्। सानुले प्रतिष्ठानका संस्थापक, पूर्व तथा वर्तमान पदाधिकारी, केन्द्रीय तथा प्रदेश समितिका सदस्य, जिल्ला समितिका पदाधिकारी, आजीवन सदस्य तथा महाधिवेशन… पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा शपथग्रहण कार्यक्रम सोमबार काठमाडौंको गोंगबुस्थित बीजी बैंक्वेट्समा सम्पन्न भएको छ। डिस्ट्रिक्टको वार्षिक कार्ययोजना अन्तर्गत आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका फस्ट भाइस गभर्नर बिष्णुहरि फुयालले बागमती एरियाअन्तर्गतका क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै सेवा, नेतृत्व विकास र सदस्यता विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकले जनाएको… पुरा पढौ

बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

बागलुङ, असोज १९ बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक स्तरोन्नतिको काम गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार बिहान करिब ७ः२० बजे त्रिवेणीखोलादेखि बोहरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए। घटनामा सल्यान जिल्लाका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर जिल्लाको फत्तार गाउँपालिका–४ निवासी ३२ वर्षीय राजु थापामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले… पुरा पढौ

खनियाघाट झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालन बन्द, पैदल आवागमन यथावत्

बागलुङ, असोज १९ पर्वत र बागलुङ जोड्ने खनियाघाटस्थित कालीगण्डकी नदीमाथिको झोलुङ्गे पुलमा साेमबार बिहानदेखि मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। मालढुङ्गास्थित मोटरेबल पुल क्षतिग्रस्त भई बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खनियाघाट झोलुङ्गे पुलमा सवारीसाधनको चाप अस्वाभाविक रूपमा बढेपछि पुलको सुरक्षा तथा मर्मतसम्भारलाई ध्यानमा राख्दै दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। केही समययता मालढुङ्गा मोटरेबल पुल बन्द रहेकाले पर्वत–बागलुङ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। यसक्रममा खनियाघाटको… पुरा पढौ

बाढीपीडित परिवारलाई लायन्स क्लबद्वारा घरायसी सामग्री सहयोग

काठमाडौं, असोज १९लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरू यतिबेला रसुवा तथा भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको घाउमा मलम लगाउने अभियानमा सक्रिय रूपमा जुटेका छन्। गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण आफन्तजन गुमाएका तथा घरबारविहीन बनेका चार जना बाढीपीडित परिवारलाई आवश्यक घरायसी सामग्री हस्तान्तरण गरिएको छ। पीडितहरू हाल आफन्तको घरमा आश्रय लिएर बस्दै आएको र अब भाडाको कोठामा बस्ने तयारी गरिरहेको अवस्थामा उनीहरूसँग दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीसमेत नभएको जानकारी प्राप्त भएपछि सहयोग अभियान सञ्चालन गरिएको हो।… पुरा पढौ

लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्नसेवा, नेतृत्व र सदस्यता विस्तारमा जोड

काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती क्षेत्रका विभिन्न लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्न भएको छ। जोन चेयरपर्सन लायन चन्दन सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा क्लबहरूको सेवा गतिविधि, सदस्यता विस्तार अभियान, नेतृत्व विकास तथा डिस्ट्रिक्टका कार्यक्रमहरूबारे समीक्षा गरिएको थियो। बैठकमा सहभागी क्लबहरूबीच अनुभव आदान–प्रदान गर्दै आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ। कार्यक्रममा डिस्ट्रिक्टका पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर, मिसन १.५ चिफ महाप्रसाद पाण्डे, डिपार्टमेन्ट… पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्न

ललितपुर, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियामा आबद्ध लायन्स क्लबहरूको District Governor’s Second Advisory Committee Meeting (दोस्रो जोन मिटिङ) ललितपुरको सानेपास्थित मानकामना निवासमा सम्पन्न भएको छ। जोन चेयरपर्सन चन्दन सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन प्रेमप्रसाद शर्मा पौडेल, क्लस्टर चिफ सुवर्ण कँडेल, चिफ एक्जिक्युटिभ सन्तोष सर्राफ, प्रो इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर तथा मिसन १.५ चिफ महाप्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो बैठकमा आबद्ध लायन्स क्लबका अध्यक्षहरूले चालु कार्यकालमा क्लबले सञ्चालन… पुरा पढौ

जोनअन्तर्गतका क्लबबीच समन्वय र सेवा कार्यक्रम प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत दोस्रो जोन एड्भाइजरी कमिटी (जोन मिटिङ) आइतबार ललितपुरको चाकुपाटस्थित इन्ट्रान्स क्याफेमा सम्पन्न भएको छ। जोन चेयरपर्सन रञ्जु थापाको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन राजिन परेरु, क्लस्टर चिफ सुवास राई, क्याबिनेट ट्रेजरर चुडामणि सिलवाल, पिआरओ इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ तथा मिसन १.५ चिफ महाप्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो। बैठकमा जोनअन्तर्गतका लायन्स क्लबहरूले सञ्चालन गरिरहेका सेवा तथा मानवीय कार्यक्रमको समीक्षा गर्दै आगामी कार्ययोजना, सदस्यता विस्तार, नेतृत्व विकास तथा सामुदायिक सेवाका गतिविधिलाई थप… पुरा पढौ