बागलुङ ।असाेज १५ नेपाली लोकसंगीत क्षेत्रका चर्चित लोकगायक तारापति सुवेदीको नयाँ दसैँ गीत सार्वजनिक भएको छ। नेपालीहरूको महान् पर्व बडादसैँलाई लक्षित गर्दै उनले नयाँ गीत बजारमा ल्याएका हुन्। दसैँ नजिकिँदै गर्दा सार्वजनिक गरिएको गीतमा पारिवारिक भेटघाट, आपसी सद्भाव, गाउँघरको रमाइलो वातावरण, परदेशिएका आफन्तको सम्झना तथा नेपाली मौलिक संस्कृतिका विविध पक्ष समेटिएका छन्। लोकगायक सुवेदीले विगतदेखि नै नेपाली मौलिक लोकसंस्कृति र चाडपर्वका भावनालाई गीत–संगीतमार्फत प्रस्तुत गर्दै आएका छन्। यसपटक पनि दसैँको अवसरलाई केन्द्रमा राखेर तयार गरिएको गीतले नेपाली श्रोता तथा दर्शकमाझ…
पुरा पढौ