समाचार

बैशाख १८ गतेदेखि २४ गतेसम्म कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ हुँने

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा बैशाख १८ गतेदेखि २४ गतेसम्म बृहद् -ब्रह्मयज्ञ हुने भएको छ ।संसारकै एकमात्र पवित्र कालीगण्डकी नदिमा पाइने शालग्राम संग्रह गरि निर्माण गरिएको शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरकाे उद्घाटन समेत ब्रह्मयज्ञकै अवसरमा गरिने भएको छ । नेपालकाे पावन मुक्तिक्षेत्रमा अबस्थित पुलहाश्रम ,गलेश्वरधाम ,कालान्जर पर्वत ,कालीका,मालिका ,पन्चकाेट आदि सुप्रसिद्व तिर्थस्थलहरूकाे मध्यभाग शालंकायन महर्षिकाे तपाेभुमी ,षडाचार्य स्वामी श्रीधराचार्यकाे जन्मभूमि कुँडुलेफेदीमा नेपालका देवस्थल तीर्थस्थलहरूकाे प्रचारप्रसार ,वैदिक… पुरा पढौ

रस्सा कस्सि बिच त्रिवि प्राध्यापक संघले छान्याे पदाधिकारी

त्रिभुवन बिश्व बिद्यालय प्रध्यापक संघ धाैलागिरि बहुमुखी क्याम्पस बागलुङमा चैत ७ गते सम्पन्न भएको अधिवेशनले टुंग्याउन नसकेको पदाधिकारी झण्डै एक महिनापछि ठूलो रस्सा कस्सि बिच पदाधिकारी चयन गरेको छ । सभापति भक्तिराम न्यौपाने उप सभापति उदयचन्द्र चपा ईसचिव प्रेम केसी सहसचिव विप्लव शर्मा कोषाध्यक्ष शिवप्रसाद पौडेल र सदस्यहरु कुलप्रसाद अधिकारी, रामचन्द्र शर्मा,डम्बर बिक,दीपेन्द्र जैसी,रामराजा कँडेल र ,ओम शर्मा रहेका छन् ।राष्ट्रिय प्राध्यापक सगठन र प्रगतिशील प्रध्यापक संघ बिच गठबन्धन भएको एक प्राध्यापकले हिडन खबर लाई बताए । च‌ैत ७ गते… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्षमा कांग्रेसका ५ आकांक्षी

स्थानीय तहको निर्वाचन जति नजिकिदै छ त्यतित्यति निर्वाचन लड्नका लागि राजनीतिदलका नेता तथा कार्यकर्ता आकांक्षी देखिनेक्रम बढेर गएको छ । बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनकाे बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्ष बन्नकाे लागि नेपाली कांग्रेस भित्र यतिबेला ५ जना भन्दा बढी कांग्रेसका नेता तथा कार्यकर्ता यसपटक पार्टी बाट टिकट लिनकाे लागि लागि परेको देखिन्छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्ष बन्न नेपाली कांग्रेसका क्षेत्रीय सचिव जयराम भारी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि दिनेश पन्त ,नेपाली… पुरा पढौ

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला, पहिलो दिन कालीका कप भलिबल प्रतियोगिता शुरू

ऐतिहासिक चैत्राष्टमी पर्वको अबसरमा बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ । कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले आयोजनामा मेला सुरु भएको हो । मेलामा पहिलो दिन कालीका कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ । गण्डकी प्रदेशका भुमिसुधार ,कृषि ,सहकारी तथ गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा सागरले चैत्राष्टमी मेलाको अवसरमा आयोजीत भलिबल खेलको उद्घाटन गर्दै जिल्लामा हुने मेला महोत्सवले खेलकुदको क्षेत्रमा अगाडि बढेका युवालाई अगाडि बढ्न यसले थप प्रेरणा दिने बताउनुभयो । कोरोनाको कारण दुई बर्ष सम्म ठप्प… पुरा पढौ

बागलुङमा प्रदेश स्तरीय सहिद कप टी–ट्वान्टी क्रिकेट हुने

बागलुङमा प्रदेश स्तरीय शहिद कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला क्रिकेट संघ बागलुङको आयोजनामा आगामी बैशाख ६ गते देखि १० गतेसम्म खेल आयोजना गर्न लागिएको हो । बागलुङ नगरपालिका १ बाङगेचौर खेल मैदानमा हुने प्रतियोगितामा ६ समुह सहभागि हुने संघका सचिव फणीन्द्र खड्काले बताउनुभयो । प्रतियोगितामा बागलुङका २, पर्वत, कास्की, स्याङजा, तनहुका एक–एक गरि ६ टिम सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम पुरस्कारको रुपमा ट्रफि ,मेडल, प्रमाणपत्र सहित… पुरा पढौ

माआ‌ेवादी केन्द्रका इन्द्र एमालेमा समाहित

बैशाख ३० गते हुने निर्वाचन नजिकिदै गर्दा जिल्लामा एक पार्टी बाट अर्को पार्टीमा प्रवेश गर्ने लहरै चलेको छ ।नेपाल कम्युनिस्ट पार्टी एमालेले कार्यक्रम गरेर अरू पार्टी बाट आएका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा समाहित गराउदै गएको छ । नेकपा एमाले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरेर चुनावी अभियानमा केन्द्रीत भएर जबर्जस्त कार्यक्रम शुरू गरेको छ ।केही दिन अघि नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष पद छाेडेर स्वतन्त्र भएका इन्द्र केसी पारस एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरूङले एमालेमा… पुरा पढौ

शान्तिपूर्ण निर्वाचन सञ्चालन गर्न ४ जिल्लाका सुरक्षा प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । बुधबार बागलुङ सदरमुकाममा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ४ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने,… पुरा पढौ

मुख्यमन्त्री पोखरेल कालीका मन्दिरमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेले नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपीठ कालीका भगवती मन्दिरकाे बुधबार दर्शन गर्नुभएको छ । चैत्राष्टमी पर्वको अवसरमा बागलुङ आउनुभएका मुख्य मन्त्री नेपालीलाई कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष कुमार खड्काले खादा ओढाएर सम्मान गर्नुभएको थियो । मुख्य मन्त्री नेपालीका साथ बागलुङ आउनुभएका नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनी, लगायतका ब्यक्तिहरूलाइ समेत गुठीका अध्यक्ष खड्काले स्वागत गर्नुभएको थियो । कालीका भगवती मन्दिरमा चैते दशैकाे अबधिभर काठमाडौ ,पाेखरा नारायणगढ ,बुटवल, नवलपरासी ,पर्वत ,म्याग्दी ,स्याङ्जा ,गुल्मी… पुरा पढौ

बागलुङ नगरपालिका-१३ को वडा अध्यक्षमा काङ्ग्रेसका ४ आकांक्षी

स्थानीय तहको निर्वाचन आउन ४० दिन बाँकी रहँदै गर्दा बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुंपाटाकाे वडा अध्यक्ष बन्नकाे लागि स्थानीय नेताहरूको दौडधुप बढेको छ । बागलुङ नगरपालिका भित्र नेपाली काङ्ग्रेसको जनमत बढि भएको वडा मध्ये पर्ने पैयुँपाटामा काङ्ग्रेसबाट वडा अध्यक्ष बन्न ४ जना आकांक्षी देखिएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको वडामा यस पटक हालका वडा अध्यक्ष नारायण पाैडेलले नगर प्रमुखमा आकांक्षी रहेकाले आगामी बैशाख ३० निर्वाचनमा वडा अध्यक्ष बन्न नेपाली कांग्रेसका ४ जना आकांक्षी… पुरा पढौ

साँढेलाई जतिसुकै कनाएपनि दूध दिदैन : राप्रपा अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राप्रपाको विकल्प नरहेको बताएका छन् । बागलुङमा आयोजित सभामा नोपलमा अन्य दल सँग जनता आजित भएको बताएका हुन । पटक पटक जनमत पाएर पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले देश बनाउन नसकेको आरोप लगाएका छन् । अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई पटक पटक देश विकासको नेतृत्व गर्ने अवसर पाउदा काम नगरेकोले ति पार्टीको विकल्पमा राप्रपा रहेको बताए । उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि… पुरा पढौ