समाचार

बुर्तिवाङमा लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रणमा

बागलुङ — इलाका प्रहरी कार्यालय बुर्तिवाङले नियमित सवारी चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाएको अभियोगमा चार जना चालकलाई नियन्त्रणमा लिएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा पाँच जनाको संयुक्त प्रहरी टोलीले ढोरपाटन नगरपालिका–१ खप्तरीवाङ तथा बुर्तिवाङ बजार क्षेत्रमा बुधबार साँझ चेकजाँच गर्दा चालकहरूको ला.प.से. (लागुऔषध परीक्षण) किट प्रयोग गरिएको थियो।परीक्षणमा चार चालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा परेका चालकहरू पुरन घर्ती मगर, २७ वर्ष, ढोरपाटन न.पा.–४ खुङ्गा, लु१ज ३९४ पिकअप… पुरा पढौ

पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’को नयाँ शाखा विस्तार

पोखरा — उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। सन् २००८ मा स्थापना भई लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा बलियो पहिचान बनाउन सफल यस कन्सल्टेन्सीको नयाँ शाखा एक विशेष समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको हो। शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन… पुरा पढौ

कफी उत्पादनमा गोफी जातको महत्व बढ्दै

काठमाडौं, २४ जून — नेपालमा कफी उत्पादनमा प्रयोग हुने विभिन्न जातमध्ये गोफी जातले पछिल्लो समय विशेष महत्व हासिल गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार गोफी जातले उत्पादन क्षमता, रोग प्रतिरोधात्मक क्षमता, र स्वादमा विशिष्टता प्रदान गर्ने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका छन्। कृषि विज्ञहरूका अनुसार गोफी जातको प्रयोगले किसानहरूको आयमा वृद्धि हुनुका साथै निर्यातमा पनि सकारात्मक प्रभाव पारेको छ। हाल नेपालका विभिन्न जिल्लामा गोफी जातको खेती विस्तार भइरहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक लाभ दिलाउने अपेक्षा गरिएको छ। अनुसन्धान प्रतिवेदनले देखाएको छ… पुरा पढौ

विद्यामन्दिर माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा श्रीजय श्रेष्ठ सर्वसम्मत

बागलुङ ।असार १० विद्यामन्दिर माध्यमिक विद्यालयको मंगलबार सम्पन्न अभिभावक भेलाले अभिभावकको तर्फबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीजय श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गरेको छ।समितिका सदस्यहरूमा लक्ष्मण, मनु थापा, कमला क्षेत्री जिसी तथा अनुज श्रेष्ठ चयन भएका छन्। विद्यालय व्यवस्थापन समितिको सदस्य–सचिवमा प्रधानाध्यापक छवि रमण रेग्मी रहेका छन् भने बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनि केसी सदस्य रहेका विद्यालयका सहायक मुकुन्द प्रसाद शर्माले जानकारी दिनुभयो। नवनिर्वाचित अध्यक्ष श्रीजय श्रेष्ठले विद्यार्थीको सिकाइ उपलब्धि, शैक्षिक नतिजा तथा विद्यालयको संस्थागत विकासका लागि सबै सरोकारवालासँग सहकार्य… पुरा पढौ

शिव हमाल, निशा के.सी. र सुशीला गौतमको भक्तिमय प्रस्तुति ‘हे प्रभु’ सार्वजनिक हुँदै

काठमाडौं । नेपाली भक्ति संगीत क्षेत्रमा नयाँ आध्यात्मिक कोसेलीका रूपमा ‘हे प्रभु : भगवानको महिमा–२’ बोलको गीत तथा म्युजिक भिडियो आगामी बिहीबार सार्वजनिक हुने भएको छ। गायिका निशा के.सी.को प्रस्तुति रहेको यस भजनमा निशा के.सी., शिव हमाल र सुशीला गौतमको सुमधुर स्वर सुन्न सकिनेछ। गीतमा शिव हमालको शब्द तथा निशा के.सी.को संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारले गरेका छन्। श्रद्धा, भक्ति र समर्पणको भावलाई केन्द्रमा राखेर तयार पारिएको यस भजनले भगवानप्रतिको आस्था, विश्वास र सकारात्मक सन्देश प्रवाह गर्ने… पुरा पढौ

लायन्स क्लब पदाधिकारी अभिमुखीकरण कार्यक्रम बागलुङमा

बागलुङ, असार ९ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत धौलागिरि क्षेत्रका लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि ‘क्लब अफिसर्स स्कुलिङ प्रोग्राम’ आज बागलुङमा सम्पन्न भयो । लायन्स वर्ष २०२६–२०२७ का लागि आयोजना गरिएको उक्त कार्यक्रम होटल पीस प्यालेस, बागलुङमाकार्यक्रममा धौलागिरि क्षेत्रका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूको सहभागिता रहेकाे थियोे । ‘Leading With Purpose’ भन्ने मूल नाराका साथ सञ्चालन हुने कार्यक्रममा लायन्सको संगठनात्मक संरचना, नेतृत्व विकास, सेवा कार्यक्रम सञ्चालन, सदस्यता विस्तार तथा… पुरा पढौ

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

काठमाडौं । चलचित्र ‘महाराजधिराज’ मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन्। चलचित्रको छायांकन जारी रहेका बेला उनी निर्माण टिममा आबद्ध भएकी हुन्। सोमबार चलचित्रको ३३औँ दिनको छायांकन चलिरहँदा निर्माण पक्षले पूजनालाई चलचित्रमा अनुबन्ध गरिएको जानकारी दिएको हो। चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले भने, “हामी एक सक्षम र अनुभवी कलाकारको खोजीमा थियौँ। त्यसैले पूजनालाई चलचित्रमा अनुबन्ध गरेका हौँ। उहाँको आगमनले हाम्रो टिम अझ सशक्त बनेको छ।” हाल चलचित्रको छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। सुनसरीस्थित श्रीलंका टापुबाट सुरु भएको छायांकन अहिले काठमाडौं… पुरा पढौ

मौलिक संस्कृति संरक्षण अभियान ‘धुन माटो’

नेपाली मौलिक कला, संस्कृति, भाका तथा परम्पराको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यसहित ‘धुन माटो’ कार्यक्रमको औपचारिक उद्घाटन असार १३ गते काठमाडौंमा हुने भएको छ। नेपालका गाउँबस्ती, कुना–कन्दरामा लुकेर रहेका मौलिक भाका, शब्द, संस्कृति, रहनसहन, स्थानीय उत्पादन तथा पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। पुर्खाका पालादेखि गाइँदै आएका मौलिक लोकभाका र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउने अभियानस्वरूप ‘धुन माटो’ अघि बढाइएको हो।कार्यक्रममार्फत अग्रज स्रष्टा तथा कलाकारलाई सम्मान, अतिथिहरूको सत्कार तथा नवप्रतिभाहरूलाई प्रोत्साहन गरिने बताइएको… पुरा पढौ

मौलिक पहिचान र पोखरेली संस्कृतिको झल्को दिने ‘पोखरेली कान्छी’ चाँडै सार्वजनिक हुँदै

नेपाली लोक तथा सांगीतिक क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘पोखरेली कान्छी’ चाँडै सार्वजनिक हुने भएको छ।गायक मौसम गुरुङ र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतले पोखरेली संस्कृति, प्रेम र मौलिकताको सुन्दर चित्रण गर्ने अपेक्षा गरिएको छ। गीतमा रमेश बीजीको शब्द तथा मौसम गुरुङकै संगीत रहेको छ। एचबीएन किस्मतले संगीत संयोजन गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको कार्य राज खड्काले गरेका हुन्। गीतको म्युजिक भिडियोमा चहाना राना मगर र चोङ गुरुङको आकर्षक अभिनय रहनेछ। भिडियोको निर्देशन तथा कोरियोग्राफी… पुरा पढौ

निरा थापा मगरको ‘आकाशैको झिलमिल तारा’ सार्वजनिक

नेपाली मौलिक कौराह संस्कृतिमा आधारित गीत ‘आकाशैको झिलमिल तारा’ भिडियोसहित सार्वजनिक भएको छ। अग्रज गायक मनसुदन थापा र अर्का कलाकारको स्वरमा सजिएको उक्त गीत युनाइटेडकिङ्डम (यूके) मै रेकर्डिङ तथा छायांकन गरिएको हो। गीतले मगर समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। मौलिक कौराह भाकामा तयार पारिएको यस गीतमा सांस्कृतिक पहिचान र समुदायको जीवन्त पक्षलाई कलात्मक रूपमा उतारिएको छ। गीत सार्वजनिक गर्दै कलाकारहरूले दर्शक, श्रोता तथा शुभचिन्तकहरूबाट माया, साथ, सल्लाह र सुझावको अपेक्षा गरेका छन्। साथै गीत… पुरा पढौ