समाचार

निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १३१ जनाले लिए सेवा, औषधि वितरण

बागलुङ, असार १५ “ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान, परिवारको सम्मान” भन्ने मूल नारासहित आयोजित शिविरमा १३१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा सहभागीहरूको स्वास्थ्य परीक्षणसँगै सुगर (मधुमेह) परीक्षणसमेत गरिएको थियो। बागलुङ नगरपालिका–३ पुरानो बर्सपार्कस्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र लायन्स क्लब अफ आवाज र महिला हित सहकारी संस्थाको आयोजनामा धाैलागिरि आयुर्वेद अस्पताल बागलुङको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको थियो । शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था जाँच… पुरा पढौ

सशस्त्र प्रहरी र स्थानीयकाे सक्रियतामा बालकको उद्धार

बागलुङको बडिगाड गाउँपालिका–८ भिर्निपानीको हरियो डाँडामा असारको घाम झुल्किरहेको थियो। गाउँकी कविता सुनार घाँस काट्न भिरतिर लागिन्।उनको तीन वर्षीय छोरा संगम, आमाको पछि–पछि दौडिँदै गएका थिए। बालकको उत्सुकता र आमासँगै रहन चाहने बालपनले उनलाई भिरको छेउसम्म पुर्‍यायो। तर क्षणभरमै त्यो बालपनले ठूलो जोखिम निम्त्यायो—संगम करिब १०० देखि १५० मिटर तल भिरमा खसे। गाउँभर एकाएक हल्ला फैलियो। “बालक खस्यो!” भन्ने सूचना सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन प्रतिकार्य बेस, ग्वालीचौर (टारी) मा पुग्यो। निरीक्षक पूर्णाखर गौतमको नेतृत्वमा १० जनाको टोली तुरुन्तै… पुरा पढौ

दीप प्रज्वलनसँगै सुरु भयो ‘धुन माटो’, अग्रज स्रष्टाहरू सम्मानित

काठमाडौं, असार १४ — नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘धुन माटो’ अभियानको उद्घाटन कार्यक्रम शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वरिष्ठ गायक प्रेमराजा महत, वरिष्ठ गायिका बीमा कुमारी दुरा तथा पवित्रा रसाइलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा नेपाली संगीत तथा सांस्कृतिक क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा प्रेमराजा महत, बीमा कुमारी दुरा, बमबहादुर कार्की, फूलमाया के.सी., उदय श्रेष्ठ र पवित्रा रसाइलीलाई नेपाली… पुरा पढौ

लोक तथा दोहोरीगीत प्रतिष्ठानले मुस्ताङमा गठन गर्‍यो पहिलो जिल्ला समिति

मुस्ताङ, असार १४ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्थापना भएको लामो समयपछि मुस्ताङ जिल्लामा पहिलो पटक जिल्ला समिति गठन गरिएको छ। शनिबार थासाङ गाउँपालिका–४, घासा, मुस्ताङमा आयोजित कलाकार भेलाले प्रतिष्ठानको ११ सदस्यीय जिल्ला तदर्थ समिति सर्वसम्मत रूपमा चयन गरेको हो।गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न भेलाले उदय नेपालीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिको सह–संयोजकमा जीवन गोतामे, सदस्य सचिवमा सविता छिनाल, आर्थिक संयोजकमा ङुटुक गुरुङ तथा सदस्यहरूमा गोविन्द नेपाली, विरेन्द्र परियार, धनबहादुर थापा, सुमित्रा पाइजा, लक्ष्मी खनाल विक, बिनोद परियार… पुरा पढौ

बिन्दु परियारको नयाँ पञ्चेबाजा गीत ‘अब त जोडियो घरबार’ सार्वजनिक

नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका तथा सर्जक बिन्दु परियारले नयाँ पञ्चेबाजा गीत ‘अब त जोडियो घरबार’ सार्वजनिक गरेकी छन्। गीत सार्वजनिक गर्ने क्रममा उनले करिब चार वर्षको सांगीतिक यात्रामा दर्शक–श्रोता र शुभचिन्तकबाट पाएको माया, साथ र हौसलाप्रति हृदयदेखि आभार व्यक्त गरिन्। छोटो समयमै प्राप्त प्रेम र विश्वासलाई उनले आफ्नो सबैभन्दा ठूलो सफलता र अमूल्य सम्पत्ति भनेकी छन्। यस गीतमा शब्द, संगीत र अभिनय स्वयं बिन्दु परियारकै रहेको छ भने गायनमा उनलाई कुशल बेलबासेले साथ दिएका छन्। एरेन्ज… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधि

असार १२, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउन्डेसन र एमसीसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ‘ब्रेकिङ बाउन्ड्रीज’ छात्र–छात्रा अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका माध्यमिक विद्यालय र छात्रातर्फ बाराही माध्यमिक विद्यालयले उपाधि जितेका छन्। पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा कालिकाले जनप्रिय माध्यमिक विद्यालयलाई तथा बाराहीले कालिका माध्यमिक विद्यालयलाई पराजित गर्दै यस संस्करणको च्याम्पियन बन्न सफल भएका हुन्। प्रतियोगिताका विजेता खेलाडीहरूले ६० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टोलीले ४० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र… पुरा पढौ

नारायणी र सुनिल क्षेत्रीको दमदार नृत्यमा सजिएको ‘पिर दिया’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र गायिका शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘पिर दिया’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक कथालाई समेटिएको यो गीतको भिडियो सब्दा संगीत अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा भुवन बी.के.को शब्द, अजय आरएनको संगीत तथा मुकेश नेपालीको निर्देशन र कोरियोग्राफी रहेको छ। छायांकन बुद्ध थापाले गरेका हुन्।भिडियोमा नारायणी खत्री र सुनिल क्षेत्रीको दमदार अभिनय तथा आकर्षक नृत्यले विशेष चर्चा बटुलेको छ।दुवै कलाकारको सशक्त केमेस्ट्री र जीवन्त प्रस्तुतिले भिडियोलाई अझ प्रभावशाली… पुरा पढौ

एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गते ‘हन्टर’ प्रदर्शन हुने

काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले एक प्रभावशाली ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यस चलचित्रमार्फत सिंहले निर्देशनमा डेब्यु गर्न लागेका छन्।सार्वजनिक पोस्टरले कथावस्तुबारे रोचक संकेत दिएको छ। ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्र — अरुण क्षेत्री र प्रकाश शाह — आमनेसामने देखिएका छन। शाहको आँखामा झल्किएको तीखो आक्रोश र क्षेत्रीको अनुहारमा प्रकट भएको प्रतिशोधले उनीहरूबीच… पुरा पढौ

लोकदोहोरी व्यवसायी एकताबद्ध, कास्की लोकदोहोरी व्यवसायी संघको औपचारिक गठन

पोखरा, असार ११ कास्की जिल्लामा सञ्चालनमा रहेका लोकदोहोरी तथा रोधीघर व्यवसायीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यसहित कास्की लोकदोहोरी व्यवसायी संघ औपचारिक रूपमा गठन गरिएको छ। पोखरामा सम्पन्न व्यवसायीहरूको भेलाले होम गुरुङको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको सचिवमा तेज चालिसे, कोषाध्यक्षमा विशाल मगर तथा सदस्यहरूमा करिश्मा बराल र नौजङ गुरुङ निर्वाचित भएका छन्। नवनिर्मित संघले लोकदोहोरी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने तथा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको… पुरा पढौ

बुर्तिवाङमा लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रणमा

बागलुङ — इलाका प्रहरी कार्यालय बुर्तिवाङले नियमित सवारी चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाएको अभियोगमा चार जना चालकलाई नियन्त्रणमा लिएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा पाँच जनाको संयुक्त प्रहरी टोलीले ढोरपाटन नगरपालिका–१ खप्तरीवाङ तथा बुर्तिवाङ बजार क्षेत्रमा बुधबार साँझ चेकजाँच गर्दा चालकहरूको ला.प.से. (लागुऔषध परीक्षण) किट प्रयोग गरिएको थियो।परीक्षणमा चार चालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा परेका चालकहरू पुरन घर्ती मगर, २७ वर्ष, ढोरपाटन न.पा.–४ खुङ्गा, लु१ज ३९४ पिकअप… पुरा पढौ