समाचार

एसईईमा उमेर हद लागु नहुने

विगतका वर्षहरूमा एसईई परिक्षामा सम्मिलित हुन लागु भइरहेको उमेर हद हट्ने भएको छ । १४ वर्ष उमेर पुगेकाले मात्र परीक्षामा सहभागी हुन पाइने प्रावधान रहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को उमेर हद नलाग्ने भएको हो । तर यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई भने उमेर हद लाग्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब १२ कक्षालाई एसईईको मान्यता दिएर उमेर हद लागु गर्ने तर १० कक्षामा भने हटाएको जनाएको छ । यो वर्षदेखि कक्षा १२ को परीक्षा… पुरा पढौ

वडिगाड गाउँपालिका प्रमुखमा एमालेका ४ आकांक्षी

स्थानीय तहको निर्वाचन आउन दुई महिना बाकी रहदै गर्दा शहर देखि गाउँ गाउँमा राजनीति भेटघाट पेचिलो ढंगले अगाडि बढ्दै गइरहेको छ । बागलुङ जिल्लाको पश्चिम वडिगाड गाउँपालिकाको अध्यक्ष पदको नेतृत्व हात पार्न नेपाल कम्यूनिस्ट पार्टी एमालेका नेताहरू राजनीति भेटघाट गरि आआफ्नो दाबी पेश गर्न थालेका छन् । गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गरि गाउँपालिकाको अध्यक्ष बन्न सफल हुनुभएका मेयर सिंह पाइजा यसपटक पनि आफु आकांक्षी रहेको बताउनुभयो । यस्तै एमालेका जिल्ला सचिव तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख रहनु भएका… पुरा पढौ

हात्तीपाईले राेग निवारणमा सकस १३ औँ पटक औषधी खाँदै बागलुङका जनता

बागलुङ जिल्लामा हात्तीपाइले राेग बिरूद्वकाे अभियान १२ औँ चरण सम्म संचालन गर्दा समेत राेग निवारण नभएपछि १३ औँ चरणको अभियान शुरू गरिएकाे छ ।हात्तिपाईले रोग विरुद्धको औषधी बढि भन्दा बढि नागरिकलाई सेवन गराउनका लागि विशेष अभियान सञ्चालन गरिएको छ । हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०७८ लाई सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन कम भएका वडामा विशेष अभियान साथ अगाडि बढ्ने भएको छ । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय स्वास्थ सेवा बिभागले नेपालबाट हात्तीपाइले (फाईलेरिया) राेग निवारण… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ४ जनप्रतिनिधि बिहिन

बागलुङ नगरपालिका वडा नम्बर ४ जनप्रतिनिधि बिहिन बनेको छ । सोही वडामा पर्ने दावगरा बसपार्क निर्माण अन्तर्गत जग्गा व्यवस्थापनमा अनियमितता भएको भनि भन्दै नगर उपप्रमुख सहित वडा अध्यक्ष निलम्बनमा परेपछि वडाका ३ जना जनप्रतिनिधिहरुले सामुहिक राजिनामा दिएसँगै जनप्रतिनिधि बिहिन बनेको हो । बागलुङ नगरपालिकाकाे गाैरवकाे योजनाकाे रूपमा मानिएको दावगरा बसपार्ककाे जग्गा ब्यबस्थापनमा ५ लाख ९० हजार रूपैयाँ अनियमितता भएको आराेपमा जनप्रतिनिधि सहित ८ जना माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरे पछि बागलुङ नगरपालिका वडा नम्बर ४… पुरा पढौ

पंण्डित सापकोटाद्वारा लिखित सहस्रगीति श्रीमद्भागवतमहापुराणको विमोचन

ज्योतिष पण्डित वामन सापकोटाद्वारा लिखित सहस्रगीति श्रीमद्भागवतमहापुराणको विमोचन गरिएको छ। म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय नगरी बेनी नगरपालिका १ मा आयोजित रत्नेचौर धार्मिक महोत्सवको अवसरमा सो धार्मिक पुस्तक विमोचन गरिएको हो । बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटा निवासी ज्योतिष पण्डित सापकोटा द्वारा लिखित महापुराणको अनन्तश्रीविभूषित त्रिदण्डी श्रीपराङ्कुशाचार्य स्वामी, अनन्तश्रीविभूषित श्रीनारायणाचार्य स्वामी , अनन्तश्रीविभूषित जगद्गुरु स्वामी हिमालय बाबा जी, अनन्तश्रीविभूषित डाक्टर चक्रपाणि स्वामी ,अनन्तश्रीविभूषित लक्ष्मणाचार्य स्वामी , जानकी मेडिकल कलेज जनकपुरधामका प्रमुख डाक्टर राम प्रसाद उप्रेती, साझा एकीकृत शक्ति नेपालका पदम… पुरा पढौ

सदाशिव प्राथमिक बिद्यालयको ३० औ बार्षिकोत्सव

सामुदायिक बिद्यालय सुधारमा हामी सबैको ऐक्यबद्धता, समान शिक्षा प्रणाली देशको आवश्यकता’ भन्ने मुल नारासाथ सदाशिव प्राथमिक बिद्यालय बागलुङ नगरपालिका ६ भान्सा बागलुङको ३० औ बार्षिकोत्सव विबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम कम भए संगै शैक्षिक गतिविधि पुरानो लयमा फर्कन थालेपछि बिद्यालयको कार्यक्रम भब्य रूपमा गर्न पाउनु खुशीको बिषय भएको कार्यक्रममा बक्ताहरूले कार्यक्रममा धारणा राखेका थिए । बार्षिकोत्सव मुलसमारोहमा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्र लाल सापकोटाले व्यवहारिक तथा सिपमुलक शिक्षा… पुरा पढौ

वडिगाड गाउँपालिका प्रमुखमा काङ्ग्रेसका ६ आकांक्षी

देश संघीय व्यवस्थामा गएपछिको दोस्रो पटकको स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने भए सँगै यतिबेला स्थानीय तहको निर्वाचन लड्नका लागि आकांक्षीहरू राजनीति भेटघाटमा ब्यस्त हुन थालेका छन् । एकातिर राजनैतिक दलहरू गाउँ गाउँमा संगठन एवं चुनावी वातावरण निर्माणका लागि दौडधुपमा छन् भने अर्कोतिर नगर तथा गाउँपालिकामा उम्मेदवार बन्नकोलागि उपल्लो तहका नेताहरू सँग लभिङमा व्यस्त छन् । बागलुङ जिल्लामा रहेका दश स्थानीय तहहरू मध्यको वडिगाड गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्नकालागि ६ जना आकांक्षी देखिएका छन् । बैशाख ३०… पुरा पढौ

बागलुङमा मानसिक स्वास्थ शिविर सम्पन्न

जिल्लामा मानसिक समस्या भएका ब्यक्तिहरूको उपचार गर्ने उदेश्यले बागलुङ सदरमुकाममा एकदिने मानसिक स्वास्थ शिविर सम्पन्न भएको छ । बागलुङ र म्याग्दीमा बढ्दै गइरहेको मानसिक समस्या लाई न्युनिकरण गर्न निशुल्क स्वास्थ शिविर आयोजना गरेको लिड्स नेपालका परियोजना प्रमुख पदम श्रेष्ठले बताए । संरक्षक समाज बागलुङको आयोजना, लिड्स नेपाल र धौलागिरि अस्पताल बागलुङ सहयोगमा समाजमा विभित्र कारणले गर्दा मानसिक समस्या भएका ब्यक्तिहरूको निशुल्क स्वास्थ जाँच गरि निशुल्क रूपमा औषधी वितरण गरिएको शिविरमा ४० जनाले सेवा पाएका थिए । स्वास्थ शिविरमा धौलागिरि अस्पताल… पुरा पढौ

जैमिनी नगरपालिकाको नगर प्रमुख बन्न नेताहरूसँग लबिङ गर्दै आकांक्षीहरू

स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बागलुङका स्थानीय तहमा आगामी नतिजाको जोडघटाउ सुरु हुन थालेको छ । निर्वाचनमा उम्मेदवारी हुन चाहनेले आकांक्षा व्यक्त गर्न थालेका छन् । बागलुङ जिल्लाको ४ वटा नगरपालिका मध्य दक्षिण बागलुङको जैमिनी नगरपालिकाको नगर प्रमुख बन्नका लागि नेपाली कांग्रेसबाट वर्तमान नगरप्रमुख इन्द्रराज पौडेलले आफू नगर प्रमुख हुँदा थुप्रै बिकास निर्माणका काम गरेको कतिपय महत्त्वपूर्ण काम अझै अधुरो रहेको हुँदा त्यसलाई पूरा गर्न पनि आफू अझै एक कार्यकालको लागि आकांक्षी बनेको हिडन खबरलाई बताउनु भयो । यस्तै यसपटक… पुरा पढौ

ऐतिहासिक चैत्राष्टमी मेला-२०७८ चैत २४ देखि २८ गतेसम्म

काेराेना भाइरस (कोभिड–१९) ले दुई वर्ष देखि प्रभावित भएक मेला, महोत्सव पुरानो लयमा गर्ने तयारी भएको छ । गण्डकी प्रदेशको ऐतिहासिक चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला हुने ऐतिहासिक चैत्राष्टमी मेला सम्पन्न गर्न विभिन्न १२ वटा उप समिति गठन गरेको छ । कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले चैत्राष्टमी भलिबल खेल उप-समितिकाे… पुरा पढौ