
बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको १३ औं वार्षिक साधारण अन्र्तगत पौष १ गतेबाट ५ सम्म २५ वटा सेवा केन्द्रमा इकाइगत रुपमा साधारण सभा सम्पन्न गरि बुधबार निर्णय प्रमाणिकरण सभा गरि १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको अवसरमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक अम्मर बहादुर थापाले सिवाइसी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । सहकारी नाफामा मात्र केन्द्रित नभई सामाजिक, सामुदायिक क्रियाकलाप, सदस्यको जिविकोपार्जन, आर्थिक स्तर बृद्धिका लागि योजना बनाई कार्य गर्नु सकारात्म भएको बताउनु भयो ।
थापाले सहकारी संस्थाले वित्तिय अवस्थालाई अनुशरण अनिवार्य गर्न सकेमा सहकारी कहिल्यै संकटमा नजाने उहाको भनाइ थियो । सो अवसरमा बडिगार्ड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई, सहकारीका सल्लाहकार होम बहादुर हमाल, पूर्व सल्लाहकार अधिवक्ता काजीगाउले श्रेष्ठ, सिवाइसी साकोस, उद्यमशिल सदस्य सेवा केन्द्र बिहुँका संयोजक चुडामणी कँडेल, बरेङ सदस्य सेवा केन्द्रका संयोजक मदन कार्की, गलकोट सदस्य सेवा केन्द्रका संयोजक रामबहादुर केसी, पञ्कोशि सदस्य सेवा केन्द्र डिमुवा पर्वतका संयोजक मिना कुमारी केसी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसमार पत्रकारिताको माध्यमबाट सहकारीको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एभिन्यूज खवर बागलुङ सम्माददाता राजेशचन्द्र राजभण्डारी उत्कृष्ट सेवा केन्द्रको रुपमा ढोरपाटन सदस्य सेवा केन्द्र बुर्तिवाङ, उत्कृष्ट सेवा केन्द्र संयोजकको रुपमा उद्यमशिल सदस्य सेवा केन्द्र बिहुँका संयोजक चुडामणी कँडेल, उत्कृष्ट कर्मचारीको रुपमा नवमालिका सदस्य सेवा केन्द्रका प्रमुख हेलिना रोका मगर, साधारण सभा पूर्वको बाल बचतकर्ता,डिजिटल सेवा,धनसिर्जना गर्ने बचतमा अधिकतम उपलब्धी हासिल गर्ने नवमालिका सदस्य सेवा केन्द्र,डिजिटल सेवामा उत्कृष्ट कार्य गर्ने दगा सदस्य सेवा केन्द्र र उद्यमशिलता बचत तर्फ गणेश बहादुर खत्रीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षता सचिव जयराम भारीको स्वागत र सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
आर्थिक वर्ष ७७र०७८ मा कुल पुँजी तथा दायित्व १ अर्व ९५ करोड ७४ लाख २३ हजार ४ सय ८८ रहेकोमा ०७८/०७९ मा २ अर्व ३ करोड ८५ लाख ८७ हजार ५ सय ५४ पुगेको छ । संस्थाको शेयर पुँजी गत आ.व.०७७/०७८ मा ३२ करोड ५४ लाख ५० हजार रहेकोमा यस आ. ०७८/०७९ मा ६ करोड २८ लाख ७१ हजार थप भई रु ३८ करोड ८३ लाख २१ हजारपुगेको छ ।
संस्थागत कोषमा ७ करोड ४९ लाख ४८ हजार ७४५ पुगेको छ । सामाजिक सुरक्षा र समुदाय प्रतिको चाँसा अन्र्तगत शेयर सदस्य स्वंय र उनीहरुको आफन्तको मृत्युमा समवेदना र अध्र्वदैहिक कर्मका लागि ५३७ जनालाई रु ४५ लाख ६६ हजार आर्थिक सहयोग उपलब्ध गराईएको छ । २ सय ९७ जना महिला शेयर सदस्य सुत्केरी भएको अवस्थामा भेट्न गई ५ लाख ७० हजार सुत्केरी पोषण सुविधा प्रदान गरिएको छ । ७० बर्ष उमेर पुरा गरेका ६९ जना जेष्ठ नागरिकहरुलाई पेन्सन व्यवस्थाबाट मासिक १ हजारका दरले १० लाख ४९ हजार पेन्सन रकम उपलब्ध गराईएको छ ।
१४ जना सदस्यहरुलाई विभिन्न रोगहरुको उपचारका लागि १ लाख ६५ हजार औषधि उपचार खर्च भुक्तानी गरिएको छ भने ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई जनही ५ हजारका दरले औषधि उपचार सुविधा रकम उपलब्ध गराइएको छ । सहकारीले मोवाईल बैंकिङ,ए.टि.एम.सेवा,क्युआर कोड सेवा,ट्याबलेट बैकिङ सेवा,मिष्डकल बैंकिङ,इ–टेलर जस्ता डिजिटल प्रविधिमार्फत सेवाहरु सदस्यहरुलार्य सेवा दिएको सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले बताउनु भयो ।
अबको बर्षमा एउटा फरक पहिचानको सस्था बनाउने र गर्व देखि स्वर्ग सम्मको सोचका साथ सस्था अगाडी बढ्ने जानकारी दिनु भयो । २०७८/०७९ को अन्तमा कायम रहेको २३ हजार ६ सय ५७ जना सदस्य संख्यामा ६ हजार ५ सय नयाँ सदस्य थप गरी आर्थिक वर्ष २०७९/०८० मा ३० हजार ९३ जना सदस्य संख्या पु¥याइने छ भने बालबचतकर्ता ३ हजार ७ सय १९ मा वृद्धि गरी ६ हजार ५ सय पु¥याइने लक्ष लिएको छ । संस्थाको कुल सम्पत्ति २ अर्व ४ करोडमा ५१ प्रतिशलते वृद्धि गरी ३ अर्ब ६ करोड पु¥याइने लक्ष लिएको छ ।
हाल बागलुङ, म्याग्दी र पर्वत जिल्लामा २५ वटा कार्यालयबाट सेवा प्रवाह भइरहेकोमा आगामी आर्थिक वर्ष भइरहको सदस्य सेवा केन्द्र अन्तर्गत रहेको सदस्यको वित्तिय तथा गैरवित्तीय सेवाको गुणस्तर अभिवृद्धि, कार्यालयको भौतिक तथा अन्य व्यवस्थापको स्तरोन्नती गर्दै जिल्लागत कार्यक्षेत्र थप गरी कास्की जिल्लामा समेत सेवा विस्तार गरिने भएको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अध्र्वदैहिक राहत, जेष्ठ नागरिक÷एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइने छ । यस आर्थिक वर्ष देखि जेष्ठ नागरिक पेन्सन सुविधा स्वरुप पौष १ देखि लागु हुने गरि २५० थप गरि मासिक १ हजार २ सय ५० जेष्ठ नागरिक पेन्सन बापत उपलब्ध गराईने भएको छ ।






















