सर्वसिद्धी मिडिया प्रालिका अध्यक्ष राजभण्डारी खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत

-


     हिडन खबर    
     पौष २ गते २०७९ मा प्रकाशित


सर्वसिद्धी मिडिया प्रालिका अध्यक्ष तथा बागलुङ अग्रज पत्रकार राजभण्डारी श्री टीका धन खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको साधारणसभाको अवसरमा राजभण्डारी पुरस्कृत हुनु भएको हो । नेपाल पत्रकार महासंघको १३ औ साधारणसभामा गण्डकी प्रदेशका पर्यटन उद्योग तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङका समाजसेवी मित्र लाल खरेलले स्थापना गरेको श्री टीका धन खोज पत्रकारिता पुरस्कारबाट पत्रकार राजभण्डारी लाई नगद १० हजार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । राजभण्डारी सर्वसिद्धी मिडिया प्रालिद्वारा सञ्चालित हिडन खवरका संचालन तथा एभिन्युज खबर बागलुङ सम्वाददाताको रुपमा काम गर्दै आउनु भएको छ ।

राजभण्डारी विगत ३५ वर्ष देखी बागलुङमा अनब्रत रुपमा पत्रकारीता गर्दै आउनु भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कडेलले नबोलिएका बोलिहरू बोल्न नसकिएका बोलिहरू पत्रकार तथा संचार माध्यमबाट समाजमा उजागर हुदै आइरहेको भन्दै भोलिका दिनहरूमा निर्भीकताका साथ आफ्नो पेशालाई अझै सम्मानित बनाउन जोड दिएका थिए ।

त्यस्तै साधारणसभामा पत्रकार हरिनारायण गौतमले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको नन्द हरि सृजनशील पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार चन्द्र प्रकाश पौडेल गणेश, २०७८ बाट राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठक, २०७९ बाट नागरिक दैनिकका पत्रकार भाषा शर्मालाई नगद १५ हजार प्रमाणपत्र बाट पुरस्कृत गरिएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङले पूर्व उपाध्यक्ष दिलिप पौडेल नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा निर्वाचित भएको भन्द्रै सम्मान गरेको थियो ।

यस्तै हरि लक्ष्मी नारायण प्रसाद पत्रकारिता पुरस्कार २०७७ बाट राससका राम थापा अविरल ,स्तम्भकार सरोज राज पन्त २०७८ बाट धौलागिरि जागरणका पत्रकार सृजना पन्त र स्तम्भकार सज्जन कुमार सिंहलाई नगद १५ हजार प्रमाणपत्र प्रदान गरिएको थियोे ।