सिवाइसी साकोसका २५ वटै सदस्य सेवा केन्द्रमा १३ औं वार्षिक साधारण सभा सम्पन्न

-


     हिडन खबर    
     पौष ५ गते २०७९ मा प्रकाशित


बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिक साधारण अन्र्तगत २५वटै सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएको छ । सहकारीको १३ औं वार्षिक साधारण अन्र्तगत पौष १ गतेबाट इकाइगत रुपमा साधारण सभा सुरु गरेको सहकारीले मङगलबार बागलुङ बजारमा केन्द्रीय कार्यलयसंगै रहेको मुक्तिनाथ सदस्य सेवा केन्द्रमा इकाइगत साधारण सभा गरे संगै २५ वटै सेवा केन्द्रमा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै सिवाईसी साकोस पूर्व सल्लाहकार तथा बरिष्ठ अधिवक्त पद्यनाथ शर्मा पौडेलले सहकारी आफ्ना सदस्यहरु माझ हरेक अफ्ठ्यारो अवस्थाको सहयात्री बनेको बताउनु भयो । सिवाईसी नेपालका संरक्षक समेत रहेको वरिष्ठ अधिवक्ता पौडेलले एकै मितिमा खोलेका सस्था ढल्ले अबस्था पुगेको बेलामा सिवाईसी साकोसले राष्ट्रिय पहिचान बनाउन सफल भएको बताउनु भयो ।

अरुको भन्दा फरक र परिस्कृत सेवाले सस्था सबैमाझ लोकप्रिय बन्दै गाएको धारणा राख्नु भयो । कार्यक्रममा जेष्ठ नागरिक डाक्टर कृष्ण बहादुर श्रेष्ठ, बागलुङ नगरपालिका वडा नं. ८ छमबहादुर कार्की, सल्लाहकार कृष्णशंकर श्रेष्ठ,लेखा समिति संयोजक पदमपाणी शर्मा, पूर्व सल्लाहकार जगन्नाथ आर्चाय, शकुन्तला शर्मा, हरी गौतम, हरिकृष्ण सुवेदी, पूर्व सह सचिव तारा बहादुर बिश्वकर्मा, शेयर सदस्यको तर्फबाट खुमनाथ सुवेदी, संगिता पुन श्रीस लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा सिवाईसी साकोस केन्द्रिय सञ्चालक समितिका कोषाध्यक्ष सितादेवी सापकोटा कडेलले आर्थिक र सञ्चालक समितिका सचिव जयराम भारीले संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सिवाईसी साकोस केन्द्रिय सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा अधिकारी र सञ्चालन सचिव जयराम भारीले गर्नुभएको थियो ।

कार्यक्रममा असल सदस्य सविता खड्का, असल ऋणी निशा पाण्डे छन्त्याल, असल वचतकर्ता प्रेम कुमारी श्रीस, असल बालबचतकर्ता प्रभा शर्मा लाई सम्मान गरिएको छ । यस्तै ८० वर्ष उमेर पार गरेका जेष्ठ नागरिक शेयर सदस्य खडक सिंह छन्त्याल, लिल कुमारी खत्री, लाल बहादुर घर्ति क्षेत्री, धन कुमारी राजभण्डारी, हरि गोबिन्द राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, नन्दकुमार राजभण्डारी, गणेश कुमार पालिखे, नुतन प्रकाश गौतम, पदम कला रोका र कविराज कार्की क्षेत्री लाई स्वास्थ्य जाँच खर्च ५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

यस्तै मतिलाल थापा,मक्सुद अलि खान, सेरातुन बेगम, जिबन काउचा थापा र परशुराम बिश्वकर्मालाई असल ऋणी परिचय पत्र प्रदान गरिएको छ । यस्तै प्रकाश बोसेल,मेलिना थापा, प्राणनाथ गौतम र निशा पाण्डे छन्त्यालको असल ऋण परिचय पत्र नविकरण गरिएको थियो । केन्द्रिय कार्यालय र २५ वटा सेवाकेन्द्रमा २०७९ असार मसान्तसम्ममा २३ हजार ६ सय ५७ जना शेयर सदस्य र ३ हजार ७सय १९ बाल बचतकर्ताहरु आवद्ध भएका छन् ।

आर्थिक वर्ष ७७र०७८ मा कुल पुँजी तथा दायित्व १ अर्व ९५ करोड ७४ लाख २३ हजार ४ सय ८८ रहेकोमा ०७८÷०७९ मा २ अर्व ३ करोड ८५ लाख ८७ हजार ५ सय ५४ पुगेको छ । संस्थाको शेयर पुँजी गत आ.व.०७७÷०७८ मा ३२ करोड ५४ लाख ५० हजार रहेकोमा यस आ. ०७८÷०७९ मा ६ करोड २८ लाख ७१ हजार थप भई रु ३८ करोड ८३ लाख २१ हजारपुगेको छ ।

संस्थागत कोषमा ७ करोड ४९ लाख ४८ हजार ७४५ पुगेको छ । सामाजिक सुरक्षा र समुदाय प्रतिको चाँसा अन्र्तगत शेयर सदस्य स्वंय र उनीहरुको आफन्तको मृत्युमा समवेदना र अध्र्वदैहिक कर्मका लागि ५३७ जनालाई रु ४५ लाख ६६ हजार आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

२ सय ९७ जना महिला शेयर सदस्य सुत्केरी भएको अवस्थामा भेट्न गई ५ लाख ७० हजार सुत्केरी पोषण सुविधा प्रदान गरिएको छ । ७० बर्ष उमेर पुरा गरेका ६९ जना जेष्ठ नागरिकहरुलाई पेन्सन व्यवस्थाबाट मासिक १ हजारका दरले १० लाख ४९ हजार पेन्सन रकम उपलब्ध गराईएको छ ।

१४ जना सदस्यहरुलाई विभिन्न रोगहरुको उपचारका लागि १ लाख ६५ हजार औषधि उपचार खर्च भुक्तानी गरिएको छ भने ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई जनही ५ हजारका दरले औषधि उपचार सुविधा रकम उपलब्ध गराइएको छ । सहकारीले मोवाईल बैंकिङ,ए.टि.एम.सेवा,क्युआर कोड सेवा,ट्याबलेट बैकिङ सेवा,मिष्डकल बैंकिङ,इ–टेलर जस्ता डिजिटल प्रविधिमार्फत सेवाहरु सदस्यहरुलार्य सेवा दिएको सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले बताउनु भयो ।

अबको बर्षमा एउटा फरक पहिचानको सस्था बनाउने र गर्व देखि स्वर्ग सम्मको सोचका साथ सस्था अगाडी बढ्ने जानकारी दिनु भयो । २०७८÷०७९ को अन्तमा कायम रहेको २३ हजार ६ सय ५७ जना सदस्य संख्यामा ६ हजार ५ सय नयाँ सदस्य थप गरी आर्थिक वर्ष २०७९÷०८० मा ३० हजार ९३ जना सदस्य संख्या पु¥याइने छ भने बालबचतकर्ता ३ हजार ७ सय १९ मा वृद्धि गरी ६ हजार ५ सय पु¥याइने लक्ष लिएको छ । संस्थाको कुल सम्पत्ति २ अर्व ४ करोडमा ५१ प्रतिशलते वृद्धि गरी ३ अर्ब ६ करोड पु¥याइने लक्ष लिएको छ ।

हाल बागलुङ, म्याग्दी र पर्वत जिल्लामा २५ वटा कार्यालयबाट सेवा प्रवाह भइरहेकोमा आगामी आर्थिक वर्ष भइरहको सदस्य सेवा केन्द्र अन्तर्गत रहेको सदस्यको वित्तिय तथा गैरवित्तीय सेवाको गुणस्तर अभिवृद्धि, कार्यालयको भौतिक तथा अन्य व्यवस्थापको स्तरोन्नती गर्दै जिल्लागत कार्यक्षेत्र थप गरी कास्की जिल्लामा समेत सेवा विस्तार गरिने भएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अध्र्वदैहिक राहत, जेष्ठ नागरिक÷एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइने छ ।

यस आर्थिक वर्ष देखि जेष्ठ नागरिक पेन्सन सुविधा स्वरुप कार्तिक १ देखि लागु हुने गरि २५० थप गरि मासिक १ हजार २ सय ५० जेष्ठ नागरिक पेन्सन बापत उपलब्ध गराईने भएको छ । इकाई साधारण सभामा ११ बुँदे प्रस्तावका साथै संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनमा छलफल गरि पारित भएका छन् ।

इकाइगत साधारण सभा सम्पन्न भएकोले आगमी पौष १३ गते केन्द्रीय संचालक समिति र सेवा केन्द्र संचालन तथा व्यवस्थापन उप समितिका पादधिकारीको उपस्थितिमा निर्णयप्रमाणिकरण सभा गर्ने तयारी गरेको छ ।