बागलुङ, असार ७— बागलुङ उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी विकास समितिको २२औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले पिंगला जिसीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। यसअघि समितिको नेतृत्व अर्चना कुमारी पालिखेले गरेकी थिइन्। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जुनु श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विष्णु कुमारी शर्मा, महासचिवमा रम्भा देवी शाक्य, सचिवमा शोभा शर्मा, कोषाध्यक्षमा सरिता पौडेल, सह–सचिवमा मेनुका शाक्य तथा सह–कोषाध्यक्षमा यमुना रेग्मी निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा मीला राजभण्डारी, लक्ष्मी घर्ती श्रेष्ठ, सुनयना राजभण्डारी,…
पुरा पढौ