समाचार

बुबाको सम्झनामा मानव सेवा आश्रमलाई सरसफाइ सामग्री सहयोग

बागलुङ, जेठ २६ बुबा देवीप्रसाद गौतमको स्मृतिमा उहाँका छोराद्वय ओमप्रकाश गौतम र बलराम गौतमले मानव सेवा आश्रम, बागलुङलाई सरसफाइ सामग्री सहयोग गर्नुभएको छ। बागलुङ नगरपालिका–३ लालिगुराँस चोक निवासी दाजुभाइ ओमप्रकाश गौतम (गौतम इलेक्ट्रोनिक्सका सञ्चालक) र बलराम गौतम (न्यू गौतम फेन्सी स्टोर्सका सञ्चालक)ले पितृ स्मरणस्वरूप आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपालज्यूहरूको सेवा–सुविधा सहज बनाउन आवश्यक सरसफाइ सामग्री सप्रेम अर्पण गर्नुभएको हो। उक्त सामग्री आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरिएको थियो। गौतम परिवारले मानवीय सेवाभावका साथ गरेको सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवन… पुरा पढौ

कुलेन्द्र विश्वकर्माको ‘सानो मन नगर’ सार्वजनिक, प्रेम र विश्वासको सुन्दर कथाले जित्दै दर्शकको मन

नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै आएका गायक कुलेन्द्र विश्वकर्माले आफ्नो नयाँ गीत ‘सानो मन नगर’ सार्वजनिक गरेका छन्। चर्चित गायिका मेलिना राईसँगको सुमधुर युगल स्वर रहेको यो गीत सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा दर्शक–श्रोताबाट उल्लेखनीय साथ पाइरहेको छ। गीतले प्रेम सम्बन्धमा देखिने भावनात्मक उतार–चढाव, एकअर्काप्रतिको विश्वास र मायाको गहिराइलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। शब्दकार नवराज पन्तले सरल तर मन छुने शब्दमार्फत संवेदनशील भावनालाई जीवन्त बनाएका छन् भने बसन्त थापाको संगीतले गीतलाई थप आकर्षक बनाएको छ।भिडियोमा… पुरा पढौ

कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव सम्पन्न

कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारणसभा कुश्मामा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष अर्जुन जोशी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि जोशीले सामुदायिक क्याम्पसले गुणस्तरीय उच्च शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो। क्याम्पस अध्यक्ष पहाडीले एक वर्षको शैक्षिक प्रगति, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। वार्षिकोत्सवका अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत… पुरा पढौ

मालिका सेवा समाजद्वारा जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थी सम्मान

जेठ २२, बागलुङमालिका सेवा समाज, बागलुङले बागलुङ नगरपालिका–५ मालिकामा जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा वडाभित्रका ७ जना जेष्ठ नागरिक र ५ विद्यालयका २० जना विद्यार्थीलाई सम्मान गरिएको हो। जेष्ठ नागरिकले समाजमा पु¥याएको योगदानलाई कदर गर्दै उहाँहरूको अनुहारमा खुशी ल्याउने उद्देश्यले ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। विद्यार्थी सम्मान कार्यक्रममा मालिका माध्यमिक विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, मालिका आधारभूत विद्यालय, वालश्रम प्रावि तथा बागलुङ नगरपालिका–६ को लहरेपिपल माध्यमिक विद्यालयका १९ जना उत्कृष्ट छात्र–छात्रालाई एक वर्ष… पुरा पढौ

भावनाले भरिएको ‘चिठ्ठी के पठाऊँ’ युट्युब र सामाजिक सञ्जालमा चर्चित

बागलुङ नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा चर्चित गायक–गायिका नविना ढकाल र नकुल ढकालको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘चिठ्ठी के पठाऊँ’ यतिबेला दर्शक तथा श्रोतामाझ चर्चामा रहेको छ। माया, वियोग, प्रतीक्षा र भावनात्मक सम्बन्धको कथा बोकेको यस गीतले ग्रामीण परिवेशको मौलिक स्वाद प्रस्तुत गरेको छ।नविना र नकुलको स्वर संयोजनले गीतलाई अझ जीवन्त बनाएको छ भने गीतका शब्द र संगीतले श्रोताको मन छुने प्रयास गरेको छ। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा गीतप्रति सकारात्मक प्रतिक्रिया आइरहेका छन्।विशेषगरी लोकदोहोरी पारखीहरूले गीतको भाव, प्रस्तुति… पुरा पढौ

अक्टोप्याडका जादुगर पदम क्षेत्री : आधुनिक तालमार्फत लोकसंगीतमा नयाँ क्रान्ति

नेपाली लोकसंगीत क्षेत्रमा पछिल्लो समय अक्टोप्याड वादक पदम क्षेत्रीको नाम निकै चर्चित बनेको छ। स्टेज कार्यक्रमदेखि डिजिटल प्लेटफर्मसम्म उनले प्रस्तुत गर्ने आकर्षक बीट र ऊर्जावान प्रस्तुतीले लोकसंगीतप्रेमीहरूको मन जित्न सफल भएको छ। परम्परागत लोकसंगीतलाई आधुनिक प्रविधिसँग जोड्दै पदम क्षेत्रीले अक्टोप्याडमार्फत नयाँ प्रयोग गरिरहेका छन्। लोक भाकाको मौलिकता कायम राख्दै आधुनिक इलेक्ट्रोनिक तालको समिश्रण गर्ने उनको शैलीले नेपाली लोकसंगीतलाई थप जीवन्त र आकर्षक बनाएको छ। यही कारण आज उनी लोकदोहोरी तथा सांगीतिक मञ्चहरूमा अत्यन्त व्यस्त र खोजी गरिएका कलाकारमध्ये एक बनेका… पुरा पढौ

पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पर्वत, जेठ २०  पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीस्थित पोखरा–बागलुङ सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।  बुधबार अपराह्न करिब ४ बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी ४० वर्षीय हिरा गर्बुजा र पछाडि सवार जलजला गाउँपालिका–७ लस्ती निवासी ४१ वर्षीय सुर्जन भण्डारी गम्भीर घाइते भएका थिए।  दुवैलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा… पुरा पढौ

नृत्य संग्राम सिजन–२ मा सिम्ररण बिकको दमदार यात्रा, भोटको अपिल

नेपालको चर्चित नृत्य रियालिटी शो “नृत्य संग्राम सिजन–२” मा प्रतिभाशाली बाल नृत्यांगना सिमरन बिकले उत्कृष्ट प्रस्तुति मार्फत दर्शक तथा निर्णायकहरूको मन जित्दै सेमिफाइनल यात्रा अझ सशक्त बनाएकी छन्। जुनियर ग्रुप ‘ए’ अन्तर्गत प्रतिस्पर्धा गरिरहेकी सिमरनले नेपाली मौलिक पहिरन, संस्कृति र कलालाई नृत्यमार्फत जीवन्त रूपमा प्रस्तुत गर्दै आफ्नो अलग पहिचान बनाउन सफल भएकी छन्। उनको आत्मविश्वास, अनुशासन र कलाप्रतिको समर्पणले उनलाई प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेको छ।सानै उमेरदेखि नृत्यप्रति विशेष रुचि राख्दै आएकी सिमरनले विभिन्न मञ्चहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकी… पुरा पढौ

वातावरण दिवसको अवसरमा ललितपुर–४ मा वृहत् वृक्षारोपण कार्यक्रम

ललितपुर, जेठ २० विश्व वातावरण दिवस २०८२ को अवसरमा ललितपुर महानगरपालिका वडा नं. ४ को आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “प्रकृतिबाट प्रेरित : जलवायुका लागि, हाम्रो भविष्यका लागि” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ४ कार्यालय, नेप्सेम्याक (NOCEMAC), ललितपुर चक्रपथ महानगर सरसफाइ अभियान, ग्रीन भ्याली ग्रीन नेपाल, स्थानीय नागरिक सरोकार मञ्च नेपाल, वडास्तरीय महिला समिति तथा बागडोल विकास समाजको सहकार्य गरेर कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ। बागडोल–४ स्थित नख्खु करिडोर क्षेत्रमा आयोजना गरिएकाे वृक्षारोपण कार्यक्रममा… पुरा पढौ

बागलुङमा फरार प्रतिवादी पक्राउ

बागलुङ, जेठ १९ जिल्ला प्रहरी कार्यालय बागलुङले लामो समयदेखि फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१०, राधानी हाइड्रोकोट नजिकै सामुदायिक वन क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये एक जना ६२ वर्षका देउ बहादुर सार्की हुन्, जो हाल तामाङ गाउँपालिकामा बस्दै आएका थिए।अन्य दुई जना क्रमशः २६ वर्षका तस्लीम नेपाली र २८ वर्षका आकास नेपाली रहेका छन्। उनीहरू विभिन्न मुद्दामा अदालतको आदेशअनुसार फरार रहेका थिए।प्रहरी निरीक्षक तथा सूचना अधिकारी याम नारायण अर्यालले जानकारी दिँदै… पुरा पढौ