समाचार

लागूऔषध सहित २ युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो परिणाममा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गाको चेकपोस्टमा चेकजाँच गर्ने क्रममा २ जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर रानाले बताए । काठमाडौंबाट बागलुङ तर्फ जाँदै गरेको बा ३ ख ९११२ नम्बरको माइक्रोबसमा चेकजाँच गर्ने क्रममा उक्त बसका सह-चालक गोरखा जिल्ला पालुङटार नगरपालिका-६ का १८ वर्षीय कृष्ण नेपालीको साथमा रहेको कालो रङ्गको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा Tramadol ५८ पत्तामा(५७८ क्यापसुल), Nitrazepam लेखेको १ पत्ता… पुरा पढौ

बागलुङ नगरपालिकाको आयोजनामा वडा नम्वर ५ मालिकामा सेवा प्रवाह घुम्ती शिविर

बागलुङ नगरपालिकाको आयोजनामा वडा नम्वर ५ मालिकामा बुधबार सेवा प्रवाह घुम्ती शिविर सम्पन्न भएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार,अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको थियो । शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता गरिएको छ भने उपभोक्ता समितिकै नाममा वडा तहमै बैंकको खाता संचालन गरिएको छ ।वडाबाट नगरपालिका कार्यालयमै सेवा लिन आउँदा हुने कठिनाई र समस्यालाई मध्यनजर… पुरा पढौ

पहिरोको कारण बागलुङ नगरपालिका ११ रामतोलामा दर्जनबढी घरपरिवार विस्थापित

बागलुङ नगरपालिका ११ तल्लो रामतोलामा पहिरो खस्दा दर्जनबढी घरपरिवार विस्थापित भएका छन् । केही दिनदेखि चर्केको जमिन बुधबार बिहानदेखि पहिरो चल्न थालेको हो । पहिरोले सडक र जंगल तथा पीपलको चौतारो समेत बगेपछि गाउँभरी त्रास फैलिएको छ । यहाँका ५० घरमा खानेपानी अभाव भएको छ । पोल ढलेकोले आसपासका अन्य घरमा समेत बिजुली अवरुद्ध भएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनु भयो। उक्त पहिरोले स्थानीय कुलराज शर्मासहित दर्जनबढी घरपरिवार विस्थापित भएका छन् । सयौं रोपनी जमिनको सुन्तला खेती, अन्य अन्नपातसमेत बग्न थालेकोले… पुरा पढौ

१९ औं निजामती सेवा दिवस, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत कर्मचारीद्वारा आश्रममा सहयोग

निजामती सेवा दिवसको अवसरमा उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत निजामती कर्मचारीहरुले मानव सेवा आश्रम बागलुङलाई सहयोग गरेका छन् ।१९ औं निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुले आश्रमा अश्रीत ५० भन्दा बढी सहयोगापेक्षी बेसहारा सडकमानवहरूलाई साझँको खाना सहयोग गरेका हुन् ।सो अवसरमा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्टार नेत्र प्रसाद भुषालले सबैमा मानविय सेवा हुनुपर्ने बताउँदै सडकमा रहेकाहरुलाई आश्रमले उद्धार गरि राखेकोले सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै उनले आगामी… पुरा पढौ

बलात्कारको आरोपमा क्रिकेटर सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्‍यो । प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको बुझिएको छ । यस विषयमा प्रहरी अधिकारहरु थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन । लामिछाने भने अहिले नेपाल बाहिर छन् । पुरा पढौ

माध्यमिक बिधालय शिक्षक युनियन बागलुङद्वारा प्रशासनमा ध्यानाकर्षण पत्र

माध्यमिक बिधालय शिक्षक युनियन(हिस्टुन)बागलुङले जिल्ला प्रशासन र शिक्षा बिकास तथा समन्वय इकाईमा विभिन्न मागसहित ध्यानाकर्षण पत्र पेस गरेको छ । केन्द्रीय समितिद्वारा घोषित आन्दोलनका कार्यक्रम अनुसार देशभरका प्रशासन र साविक जिल्ला शिक्षा कार्यालय हालको शिक्षा बिकास तथा समन्वय इकाईमा आफ्ना मागपुरा गर्न दबाबमूलक योजना अनुसार पत्र पेश गरेको हिस्टुन बागलुङका अध्यक्ष डिल्लीराज उपाध्यायले बताउनुभयो । सरकारले आफूहरुलाई अन्याय गरेकाले राष्ट्रिय कार्यक्रम अनुसार मागपुरा गर्नकालागि देशभरमा नै यो आन्दोलन चलेको उपाध्यायले बताउनुभयो । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ: नयाँ संविधान जारी… पुरा पढौ

श्रीमानको बर्बरता पुर्ण हत्या अनुसन्धान गर्ने २ प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोलाको किनारमा भेटिएको टाउको बिनाको शवको सफल अनुसन्धान गर्ने दुई प्रहरी अधिकृतसहित सात जना प्रहरी कर्मचारीलाई नगद सहित पुरस्कृत गरेको छ । श्रीमानको निर्मम तरिकाले हत्या गरिएका ब्यक्तिकाे अनुसन्धान गरि दाेषी समक्ष पुगी पक्राउ गर्न सफल भएको भन्दै घटनाकाे अनुसन्धान गर्ने प्रहरी पुरस्कृत भएका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले भाद्र १ गते निसीखोला ४, कालीमाटीस्थित निसीखोलाको किनारमा कामीडाँडा बस्ने गुनबहादुर कामीको छोरा २५ बर्षीया तुलबहादुरको घाँटी काटिएको अवस्थामा टाउको नभएको… पुरा पढौ

बागलुङ क्षेत्र नम्बर २ मा प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजुको सिफारिस

मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि देशभर उम्मेदवार सिफारिस गर्न राजनीति पार्टी बैठक बस्दै नाम सिफारिस गर्न तल्लिन छन् । ५ दलीय गठबन्धन यो निर्वाचन सम्म कायम हुने लक्ष्यण देखिएपछि प्रमुख राजनीतिदल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र पुष्पकमल दाहाल प्रचण्ड लाई बागलुङ क्षेत्र नम्बर २ बाट उमेदवारमा सिफारिस गरेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्ने अभियान… पुरा पढौ

यी हुन् एमाले बागलुङ क्षेत्र नं. १ बाट सिफारिस ६ उमेदवार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नं.१ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ । संघिय निर्वाचन क्षेत्रिय समन्वय कमिटीको आईतवार वसेको वैठकले पार्टी नेताहरु मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई सिफारिश गरेको हो । केसी र पाठक बहालवाला सांसद हुन् । केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन्… पुरा पढौ

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष सहित ५ जना विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका निवर्तमान उप-प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवर, वडा नम्बर-२ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हिमालय जिवि उपाध्याय र राजस्व शाखाका सदस्य सचिव काशिराम शर्माले नेपाल सरकारलाई रु.१७ लाख भन्दा बढी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको… पुरा पढौ