
काठमाडौ / धार्मिक र सांस्कृतिक रूपले परिचित चन्द्रागिरि नगरपालिका ६ चन्दन भराटेश्वर मन्दिर प्राङ्गणकाे पार्बति कुण्ड गहिराे बनाउदा केही बर्ष अघि भेटिएकाे ढुङ्गे धारा लिच्छवि कालिन रहेकाे पुरातात्त्विक बिदकाे भनाई छ।
पुरातात्त्विक र धार्मिक एतिहासिक महत्त्व बाेकेकाे चन्दन भराटेश्वर मन्दिर प्राङ्गण संरक्षणकाे लागि कामहरू सुरू गरेकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए ।
यस ठाउँको संरक्षणको जिम्मेवारी पाएकाे पुरातत्त्व बिभाग र गुठि संस्थान लाई उत्खनन र संरक्षणको लागि पटक पटक वडा कार्यालय बाट पत्राचार गरि आग्रह गरे पनि आज सम्म कुनै काम हुन नसकेकाे अध्यक्ष सिग्देलले बताए ।
पुरातत्त्व बाट यस ठाउँको उत्खनन गर्न सके धेरै पुरानो कालखण्डकाे केही बस्तु भेटिन सक्ने सम्भावना रहेकाे स्थानीयहरूकाे भनाई छ।
धार्मिक र सांस्कृतिक रूपले महत्त्वपूर्ण यस ठाउँको उत्खनन , संरक्षण र प्रवर्दनकाे लागि सम्बन्धित निकायले
ध्यान दिनुपर्ने देखिन्छ ।

















