
बागलुङ । बागलुङ जेसीजको ४६ औं पदस्थापना, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२३ मा विभिन्न विधाबाट उत्कृष्ट जेसीज सदस्यहरुलाई अवार्ड प्रदान तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो ।
बागलुङ जेसीज वर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठले वर्ष २०२४ का शाखा अध्यक्ष गणेश महतोलाई पदस्थापन गराएका थिए । कार्यक्रममा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित सौरभ श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाल जेसीजका अध्यक्ष रविन पोखरेल, बागलुङ नगरपालिकाका प्रमुख बसन्त श्रेष्ठ, नेपाल जेसीज क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अनुप सुनुवार, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, बागलुङका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवँर, पर्वत जेसीजका अध्यक्ष मिलन पौडेल, बागलुङ जेसीजका लिडर्स अध्यक्ष दिवाकर शाक्य र प्रगति स्मृति कोषका संस्थापक संरक्षक डा कृष्णबहादुर श्रेष्ठले मतव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ जेसीज वर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठ र वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, कानुनी सल्लाहकार आनन्दप्रसाद रेग्मीको स्वागत र वर्ष २०२३ का महासचिव अञ्जिला श्रेष्ठ र वर्ष २०२४ का महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।












