समाचार

बागलुङ नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्षमा
माआ‌ेवादी केन्द्रका ७ जनाको दाबी

बागलुङ नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्ष पदमा माआ‌ेवादी केन्द्रका ७ जनाले आफ्नो दाबी पेश गरेका छन् ।यसपटक हुने निर्वाचनमा माआ‌ेवादी केन्द्रका नेताहरू जीवन शर्मा ,भाेजराज आचार्य ,परमान्द शर्मा ,भीम पा‌ैडेल ,रूद्र प्रसाद शर्मा ,लिला बिक ,दुर्गा बिकले आफ्नो दाबी पार्टीमा पेश गरेका छन् । यसपटक ५ दलीय गठबन्धन हुने भएको कारणले पनि वडा अध्यक्ष बन्न ७ जना आकांक्षी देखिएका देखिएका छन् ,अहिलेसम्म ७ जनाको दाबी रहेको कारणले गर्दा उमेदवारमा सहमति हुन नसकेको माआ‌ेवादी केन्द्रले जनाएको छ ।वडाले नाम… पुरा पढौ

दुई बर्षपछि भाैतिक रूपमै एसईई परीक्षा शुरू

कोभिडका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यश बर्ष देखि भाैतिक रूपमै बागलुङ जिल्लाका परीक्षा केन्द्रहरूमा शुरू भएको छ । शुक्रबारदेखि शुरू भएको एसईई परीक्षाको पहिलो दिन बिद्यार्थीले अनिवार्य अंग्रेजी बिषयकाे परीक्षा दिएका छन् । बागलुङ जिल्लाभर रहेका १०८ सामुदायिक बिद्यालय र ३२ निजी बिद्यालय १ वटा खुला बिद्यालय गरि १४२ वटा बिद्यालयका कुल ४८९६ जना बिद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित भएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताउनुभयाे… पुरा पढौ

महिलामाथि अनुचित कार्य गर्न खोज्ने रमाकान्त सापकोटा कारागार चलान

उपचारको नाममा महिलालाई अनुचित कार्य गर्न खोज्ने बागलुङ बजारका आयुर्वेदीक फर्मा संचालकलाई जिल्ला अदालत बागलुङको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलाउन गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर २ अदालत रोडमा सञ्चालित विजया आयुर्वेद फर्माका संचालक रमाकान्त सापकोटालाई जिल्ला अदालतकाे आदेश अनुसार बिहीबार पुर्पक्षका लागि कारागार चलाउन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय भण्डारीले हिडन खबरलाई बताउनुभयो । रक्तचाप परिक्षणको लागि फर्मामा आएका एक विरामीलाई उपचारको वहानमा अनुचित कार्य गर्न खोजेको आरोपमा पक्राउ परेका सापकोटालाई २५ दिनको प्रहरी… पुरा पढौ

बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा माआ‌ेवादीका दुई आकांक्षी

स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राजनीति पार्टी भित्र बागलुङ नगरपालिकाकाे नेतृत्व हात पार्नका लागि पार्टी भित्रदाबी पेश गर्ने क्रम बढेर गएको छ ।बैशाख ३० गतेहुने निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर प्रमुखको लागि माआ‌ेवादी केन्द्रका नेता यज्ञबल्लभ शर्मा बिद्रोह र गगन पुन दुई जना आकांक्षी देखिएका छन् । यस्तै बागलुङ नगरपालिकाकाे नगर उप प्रमुखको लागि माआ‌ेवादीका मुकेशचन्द्र राजभण्डारी ,टिका बिक, टेक ब केसि,मनोज थापा,कुसुम बुढा,राजु खड्काले आआफ्नो दाबी पार्टीमा पेश गरेका छन् । स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने सहमति भइ… पुरा पढौ

बागलुङमा एसईई परिक्षाकाे तयारी पूरा

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस कोभिडका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै परीक्षा केन्द्रहरूमार्फत् सञ्चालन हुन लागेको छ । बैशाख ९ गतेदेखि हुने एसईई परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय ईकाई बागलुङले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बागलुङ जिल्लाभर रहेका १०८ सामुदायिक बिद्यालय र ३२ निजी बिद्यालय १ वटा खुला बिद्यालय गरि वटा बिद्यालयका ४८९६ जना बिद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित हुँदै… पुरा पढौ

माओवादीबाट गलकोट नगरको मेयर उप मेयरकाे नाम सिफारिस

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीति पार्टीहरू उमेदवार छनाैटमा लागेका छन् ।नेपाली कांग्रेस माआ‌ेवादी केन्द्र ,राजमाे र एकीकृत समाजवादी बिच गठबन्धन गरेर निर्वाचनमा जाने भनेर छलफल भइरहे पनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्केपछि दलहरू आआफ्नो पार्टीको तर्फबाट नाम सिफारिस गर्नेमा ब्यस्त हुन थालेका छन् ।नेकपा माओवादी केन्द्र गलकोट नगर समितिले गलकोट नगरपालिकाको नगर प्रमुखको लागि ६ जनाको नाम नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिलाई सिफारिस गरेको छ । नगर प्रमुखको लागि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष… पुरा पढौ

३८ हजार घुस सहित प्रहरी अधिकृत पक्राउ

बागलङमा घुस लिँदै गर्दा एक प्रहरी अधिकृत पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ हजार घूस रकमसहित प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई पक्राउ गरेको हो ।आयोगको प्रदेश कार्यालयबाट खटिएको टोलिले बागलुङको विपत व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी निरीक्षक महतोले सेवाग्राही सँग मुद्दा मिलाइदिने भन्दैघुस रकम लिँदैगर्दा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय पोखराका प्रवक्ता श्यामप्रसाद भण्डारीले हिडन खबरलाई बताउनुभयो । मंगलबार बेलुकी पक्राउ परेका महतोलाई आयोगले बुधबार सार्वजनिक गरेको हो । महतोले लेनदेन मुद्दा मिलाइदिने भन्दै… पुरा पढौ

चैत्राष्टमी मेलाको हिसाब सार्वजनिक

कालीका भगवती गुठी ब्यवस्थापन समितिले आयोजना गरेको ऐतिहासिक पर्व चैत्राष्टमी मेला २०७८ काे आर्थिक हिसाब सार्वजनिक गरेको छ । प्रत्येक बर्ष मनाइने ऐतिहासिक सांस्कृतिक पर्व चैत्राष्टमी मेलाको अवसरमा चैत २४ गतेदेखि २८ गतेसम्म संचालित चैत्राष्टमी मेलामाभएको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हाे । राष्ट्रिय लाेक दाेहाेरी प्रतियोगितामा ८ लाख ३० हजार कालीका कप खुला पुरूष भलिबल प्रतियोगितामा ७ लाख ६ हजार ६ सय ३५ छेलाे प्रतियोगिता २६ हजार ६ सय ६६ रूपैयाँ स्टेसनरी तथा मसलन्द खर्च… पुरा पढौ

बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा राप्रपाका ३ जनाकाे दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नगर प्रमुख ,उप प्रमुख र वडा अध्यक्ष पदका आकांक्षीले पार्टीमा आफ्नो दाबी पेश गरेका छन् । जिल्लामा दुईवटा प्रमुख पार्टी गठबन्धन बनाएर निर्वाचनमा जान लागेको बेला राप्रपाले स्थानीय तहमा गठबन्धन गरेर जानकाे लागि एमाले र कांग्रेस दुबै पार्टी संग वार्ता चलाइरहेको राप्रपाका अध्यक्ष सुरेन्द्र खड्काले बताउनुभयो ।एमाले र कांग्रेस मध्य एकवटा संग गठबन्धन हुन सक्ने संभावना रहेको अध्यक्ष खड्काले बताउनुभयो । बागलुङ नगरपालिकाकाे लागि राप्रपा बाट नगर प्रमुख… पुरा पढौ

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपाल सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । बैशाख ६ गते आज र ७ गते भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’… पुरा पढौ