शालग्राम महोत्सवमा १४ लाख ९६ हजार सयोग संकलन, ६ लाख ९७ हजार खर्च

-


     सुवास आचार्य     
     वैशाख १७ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका ४ कुँडुलेमा आयोजित शालग्राम महोत्समा १४ लाख ९३ हजार ७ सय २१ रुपैयाँ सहयोग संकलन भएको छ । ५ दिनसम्म भएको महोत्सवको अवसरमा विभिन्न दाताहरुको सहयोगमा सो रकम संकलन भएको हो । महोत्सव समापनको अवसरमा समितिका कोषाध्यक्ष विदुर शर्माले आय व्यय सार्वजजिक गर्नु भएको थियो ।

महोत्सव सम्पन्न गर्न खाद्यान्नमा एक लाख १० हजार, वाध्यबादनमा ९० हजार, टेण्टमा ८५ हजार, प्रचारप्रसारमा ३३ हजार ३७ हजार ३ सय, अतिथि सत्कारमा ३१ ह्जार ५ सय, सम्मानमा ४४ हजार, दान दक्षिण र कलाकार खर्चमा ३१ ह्जार ५ सय, खाद्यन्नमा ३३ हजार ५ सय २५ गरि ६ लाख ९७ हजार ८ सय २५ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।

महोत्सवबाट ७ लाख ९५ हजार ८ सय ९६ रुपैया बचत भएको आयोजकले जनाएको छ । दानदाताहरुले दिएको रकम र खर्च पारदर्शिताको लागि महोत्सव समापनको अवसरमा आयव्यय सार्वजनिक गरिएको अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनु भयो ।