
बागलुङ नगरपालिका ४ कुडुँले फेदीमा आयोजित शालग्राम महोत्सवको तेश्रो दिन लोक भजन सहितका सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।
शालिग्राम र कालीगण्डकी बचाउन बागलुङ नगरपालिका वडा नं। ४ मा रहेको शालिग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा संचालन भैरहेको शालग्राम महोत्सवको अवसरमा तेश्रो दिन बागलुङ र पर्वतका १५ समूहले भजन प्रस्तुत गरेका थिए ।
कालीगण्डकी र शालग्राम कथाव्यथा तथा कालीगण्डकीको महत्व दर्शाउने, शालिग्राम संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालिग्रामको महिमा बारे प्रचार प्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । सो अवसरमा भजनको माध्यमबाट कालीगण्डकी र शालग्राम महिमा विषयमा चर्चा परिचर्चा गरिएको थिए ।
महोत्सवमा बुधबार चर्चित चर्चित हास्य कलाकार सुरविर पण्डित दाह्रीबाको पनि प्रस्तुती रहेको थियो । उने आफ्नो प्रस्तुतीले महोत्सवका सहभागीहरुलाई पेट मिचिमिची हसाएका थिए । उनले धर्म सस्कृतिको बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।
लामो समयदेखि फिल्म र टेलि चलचित्रमा अभिनय गर्दै आइरहेका उनी हाल हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सक्रिय छन्। उनलाई प्रायः झपक्क दाह्रीमा देख्न सकिन्छ। उनी बालबालिका युवा युवतीदेखि बृद्धवृद्धा माझ उत्तिकै लोक प्रिय रहेका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवं श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष स्वामी श्री ऋषिप्रपन्नाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कलाकार रेशम सापकोटाले गरेका थिए । बिहिबार कालीगण्डकी र शालग्राम विषयक आध्यात्मिक दोहोरी तथा झाँकी र १५ गते प्रवचन, पुरस्कार, सम्मानसहित समापन गरिने स्वामी ऋषी प्रपन्नाचार्यले बताए ।














