
बागलुङ कौडिन्य गोत्रीय सापकोटा कुल देवता धार्मिक संस्था बागलुङ नगरपालिका ५ बान्द्रेको आयोजनामा बान्द्रेमा श्रीमद्भागवत महापुराण पितृ सप्ताह ज्ञान महायज्ञ धान्याचल पितृ उद्वार ज्ञान महायज्ञ आयोजना गरेको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि बान्द्रमा रहेको ऐतिहासिक काप्राको रुख मुनि रहेको कौडिन्य गोत्रीय सापकोटा कुल मन्दिरमा यही बैशाख १६ गते देखि २२ गतेसम्म महायज्ञ आयोजना गरिएको जनाइएको हो । महायज्ञमा सापकोटाहरुको उद्गम थाले मानिले बान्द्रेमा जन्म भैइ देशका विभिन्न जिल्लामा बसोबास गर्ने करिव ५ सय परिवार सहभागि हुने सापकोटा कुल देवता धार्मिक संस्थाका अध्यक्ष कलाधर सापकोटाले बताउनु भयो ।
सापकोटा बन्धुहरुले आरध्य पुरुष क्षेत्रपाल र आद्यशक्ति कनकना देवीलाई बली दिएर कुल पुज्ने प्रथा रही आएको मन्दिर निर्माण पश्चात महर्षी कौडिन्य, कुलदेवता क्षेत्रपाल र कुल देवी कनकन्या देवीका मुर्तिहरु प्राण प्रतिष्ठा गरि २०७० सालबाट महायज्ञ लगाउन सु्रु गरिएको थियो ।
करिव ५ सय वर्ष पुरानो दावी गरिएको काप्राको रुख र मन्दिरलाई तिर्थको रुपमा विकसित गरी राष्ट्रकै धार्मिक पर्यटनको आकर्षण केन्द्र बनाउने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको मुल व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा सापकोटाले जानकारी दिनु भयो ।
कथा वाचक पंडित गिरिराज पौडेलद्वारा कथा वाचन हुने महायज्ञमा उपस्थित भई तन मन धनले सहयोग गर्न आग्रह गर्नुभयो । श्रीमदद्भागवत पाठ परायण, प्रवचन, रुद्रभिषेक शक्ति आरधाना, हवन, तर्पण, मार्जन, लक्षवर्ती प्रज्वलन समावेश गरिने जनाईएको छ ।
परापुर्व कालदेखि सोही स्थानमा कुल पूजा हुदै आएको बान्द्रमा २०७० सालमा स्थापित सापकोटा कुल देवता धार्मिक संस्थाले हरेका ५ वर्षमा महायज्ञ लगाउदै आएको समितिका सचिव चक्रपाणी शर्मा सापकोटाले बताउनु भयो ।














