बागलुङको पालामा जीप दुर्घटना, चार जना घाईते

-


     हिडन खबर    
     वैशाख १० गते २०८० मा प्रकाशित


बागलुङको काठेखोला गाउँपालिका–१ एकपाटामा जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका हुन। ३–०१–००३ च ८६२५ नम्बरको जीप काठेखोला गाउँपालिका–१ एकपाटामा आईतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीपमा सवार गलकोट नगरपालिका–३ हटियाकी नितु श्रेष्ठ, बिरबल श्रेष्ठ, कृष्ण श्रेष्ठ र चालक अविशेक श्रेष्ठ घाइते भएका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । केसीका अनुसार घाईते चारै जनाको अबस्था सामान्य छ । जीपको ब्रके फेल भएर मध्यपहाडी लोकमार्गदेखि दश मिटर तल खसेको थियो ।