
बागलुङ संस्थागत विद्यालयहरू माथिको विश्वास र आशालाई थप भरपर्दो बनाउन बागलुङ बजरमा रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज विद्यालयमा भएको अभिभावहरुको भेलाले एक बहादुर केसी संगमको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्य सचिवमा विद्यालयका पिन्सिपल भुपेन्द्र केसी र सदस्यहरुमा धना पुन, पवित्रा बस्नेत कार्की, लक्ष्मी खड्का केसी, लक्ष्मी सुवेदी, र वार्ड प्रतिनिधिमा नगेन्द्र बहादुर केसी चयन भएका छन् ।
२ जना शिक्षक प्रतिनिधि र बाँकी २ जना अभिभावक गरि ४ जनापछि थप गरी समितिलाई ११ सदस्यीय बनाईने विद्यालयले जनाएको छ ।
सार्वजनिक शिक्षाको गुणात्मकता अभिवृद्धिका लागि सस्थागत विद्यालयले जिल्लामै पहिलो पटक शिक्षक अभिभावक संघ गठन गरेको हो । विद्यालयको व्यवस्थापनसँगै गुणस्तरमा सुधार ल्याउनको लागि सस्थागत विद्यालयमा पनि शिक्षक अभिभावक संघ गठन गरिएको विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले बताउनु भयो । समितिले गुणस्तर सुधारमा महत्वपुर्ण सुझाव तथा योजना ल्याउन सघाउने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
नव गठित अभिभावक संघका अध्यक्ष एक बहादुर केसी संगमले विद्यालयको पठनपाठन तथा गुणस्तरीय शिक्षाको लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रम विद्यालय संचालक समितिका कोषाध्यक्ष रञ्जु शर्माको अध्यक्षता सूर्य बहादुर महतको संचालनमा सम्पन्न भएको थियो ।
समितिले विद्यालयको शैक्षिक विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने अभिभावकहरुले अपेक्षा गरेका छन् । शिक्षा ऐनले सामुदायिक विद्यालय जस्तै संस्थागत विद्यालयमा शिक्षक अभिभावक संघको परिकल्पना गरेकाले ऐनको व्यवस्था अनुरुप संघ गठन हुनु सुखद पक्ष भएको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताउनु भयो । संस्थागत विद्यालयमा शिक्षक अभिभावक संघ गठन हुँदा अभिभावकको पनि सहभागिता बढ्ने अपेक्षा गरिएको बताउनु भयो ।












