दिल गंगा स्मृति काेष बाट सम्मान र पुरस्कार

-


     राजेशचन्द्र राजभण्डारी    
     वैशाख १८ गते २०८० मा प्रकाशित



दिल गंगा प्रधान स्मृति काेष बागलुङले आफ्नो १५ आ‌ैं समारोहमा अर्थशास्त्रका अन्तर्राष्ट्रिय बैज्ञानिक प्राध्यापक डाक्टर राममनाेहर श्रेष्ठ र शिक्षा तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय भुमिका निभाएका घनश्याम पाठकलाई सम्मान गरेको छ ।

बागलुङ सदरमुकाममा आयोजीत कार्यक्रममा एसईइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यामन्दिर माध्यमिक बिद्यालय र लेखानी माध्यमिक बिद्यालयका बिद्यार्थी लाई नगद र प्रमाणपत्र बाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा स्मृति काेषका अध्यक्ष काजीराेशन द्वारा लिखित लघु कथा संग्रह आफ्नै राग काे प्रमुख जिल्ला अधिकारी राेशनी कुमारी श्रेष्ठ र प्राध्यापक डाक्टर राममनाेहर श्रेष्ठले विमाेचन गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राेशनी कुमारी श्रेष्ठ ,सम्मानित ब्यक्ति प्राध्यापक राम मनाेहर श्रेष्ठ ,कालीका माध्यमिक बिद्यालय बुटवलका पुर्व प्रधानाध्यापक घनश्याम पाठक बरिस्ठ अधिवक्ता पध्मनाथ शर्मा साहित्यकार प्रेम छाेटा लगायतका बक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।कार्यक्रममा सम्मानित ब्यक्तिकाे बारेमा समाजसेवी देवबहादुर श्रेष्ठले परिचय गराएका थिए । लघु कथाको बारेमा धाैलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले प्रकाश पारेका थिए ।

बागलुङ सदरमुकाममा रहेको बिद्यामन्दिर माध्यमिक बिद्यालयका पुर्व शिक्षक स्वर्गीय दिलप्रसाद प्रधान र उनका धर्म पत्नी स्वर्गीय गंगा देवी प्रधानकाे स्मृतिमा छाेरा दीपक प्रधान ,प्रकाश प्रधान ,प्रताप प्रधान दिपेश प्रधानले स्मृति काेष खडा गरि दुईवटा बिद्यालयका बिद्यार्थी र समाजको विभिन्न क्षेत्रमा याेगदान पुर्याएका ब्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

स्मृति काेषका अध्यक्ष काजी राेशनकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्मृति काेषका संस्थापक दीपक प्रधान र संचालन काेषका सचिव अगम पालिखेले गरेका थिए ।