समाचार

बसको ढोकाबाट खसेर १ यात्रुको मृत्यु

साङ्केतिक तस्बिर बागलुङमा बसको ढोकाबाट खसेर १ यात्रुको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमका लागि छुटेको बा ३ ख ९१८० नम्बरको बसको ढोकाबाट खसेर रुकुमका २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको हो । शनिबार बिहान ५:४० बजेको समयमा गलकोट नगरपालिका-११ रिघा फेँदिमा सडकमा खरायो देखेपछि समात्न बसको ढोकाबाट झर्ने क्रममा बसले ठक्कर दिएर घाइते भएका बस्नेतको उपचारको क्रममा मृत्युु भएको हो । मध्येपहाडी लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्डको रिघा फेँदीमा सडकमा खरायो देखेपछि समात्न बसबाट झरेका बस्नेतलाई बसले ठक्कर दिएर टायरमुनि परेर… पुरा पढौ

नेपाली कांग्रेसका पुर्व सचिव नवराज पाैडेल माआ‌ेवादी नगर अध्यक्ष उप्रेती एमाले प्रवेश .

काठमाडौ ।स्थानीय तहको निर्वाचन लगत्तै राजनीति पार्टीमा प्रवेश गर्ने लर्का लागिरहेको छ ।एउटा पार्टीमा स्थानीय तहमा टिकट नपाएको झाेकमा ३0 आ‌ेै बर्ष बसिरहेको पार्टी त्यागेर फरक राजनीति पार्टीमा प्रवेश गर्ने अभियान अन्तर्गत नेपाली कांग्रेसका नेता बागलुङ जिल्ला कार्य समितिका पूर्व सचिव नवराज पौडेल, नेपाली कांग्रेसकी नेतृ मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटिका अध्यक्ष तिलक उप्रेती लगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । असार १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा आयोजित कार्यक्रममा अध्यक्ष ओली लगायतका नेताहरुले… पुरा पढौ

माेटर साइकल र स्कुटीकाे लाइसेन्स लिने लाई ट्राफिक कक्षा

राजेशचन्द्र राजभण्डारी बढ्दै गएको शहरीकरण र गाउँ गाउँमा सडक संजाल पुगेपछि सवारीसाधन चलाइ लाइसेन्स लिने युवाहरूकाे संख्या बढेपछिजिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी दुर्घटना बाट सुरक्षीत भएर बच्नका लागि ट्राफिक कक्षा लिन शुरूवात गरेको छ । गाउँ गाउँमा सडक संजाल बिस्तार भए संग‌ै बागलुङ सदरमुकाममा रहेको यातायात ब्यबस्था कार्यालय बागलुङमासवारीसाधनकाे लाइसेन्स लिनेकाे संख्या ह्वात्तै बढेर गएको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमामाेटर साईकल ,स्कुटीकाे लिखित परिक्षा दिनुभन्दा अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालयले बढ्डाे सवारी दुर्घटना बाट सुरक्षीत… पुरा पढौ

लायन्स क्लब अफ धाैलागिरि बागलुङको कुर्सी हस्तान्तरण

बागलुङ ।सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङको बर्ष २०२२/२०२३ लागि नवनिर्वाचित अध्यक्ष निर्माण कुमार श्रेष्ठलाई कुर्सी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धाैलागिरि क्षेत्र कै सबैभन्दा पुरानो क्लब लायन्स क्लब अफ धाैलागिरि बागलुङका बर्ष २०२१/२०२२ का अध्यक्ष लायन तालबहादुर कुवँरले एक कार्यक्रम बिच क्लबका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई लायन्स विधि र परम्परा अनुसार जुलाई १ तारिखका दिन पद हस्तान्तरण गरिएको हाे । लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ के नेपाल अन्तर्गत रहेको लायन्स क्लबले… पुरा पढौ

काठेखोला गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बाग्लुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर विकविरुद्ध मुद्दा दर्ता गरेको हो । खानेपानी योजना, सडक मर्मतमा ४,९०,२२७|७७ रुपैयाँ अनियमितता गरेको भन्दै अधिकृत विकसहित सबइञ्जिनियर नवीन थापा, असिस्टेन्ट सबइञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेलसहित ११ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । आयोजनामा अनियमितता भएको भनी उजुरी परेपछि अनुसन्धान गरिएको थियो । कर्मचारीको मिलेमतोमा योजनाबद्ध… पुरा पढौ

आज असार १५, राष्ट्रिय धान दिवस – बागलुङ जिल्लामा ४० प्रतिशत रोपाइ

मध्य असारमा आइपुग्दा बागलुङ जिल्लामा ४० प्रतिशत रोपाइ सकिएको छ । खोला छेउछाउ र सिचाइ सुविधा भएका ठाँउमा रोपाई गरिएपनि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता रहेको जिल्लाको ६० प्रतिशत खेतीयोग्य जमिनमा अझै रोपाई हुन सकेको छैन । यश बर्ष छिट्टै मनसुन शुरू भए संगै आकाशबाट पानी पर्न थालेपछि गण्डकी प्रदेशको बागलुङ जिल्लाका कृषकलाइ यतिबेला धान रोप्न भ्याइनभ्याई भएको छ । मनसुन शुरू भएदेखि अहिलेसम्म जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा धान खेती हुने ६ हजार हेक्टर… पुरा पढौ

अन्तत : बामदेव गौतमले घोषणा गरे नया पार्टी

काठमाडौ नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन् । उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन् । आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका हुन् । केही दिन अगाडी मात्रै उनले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय लिएका थिए । बामदेवको पार्टीमा उनले चलाईरहेको एकता राष्ट्रिय अभियान सहित ६ वटा समुह आवदता रहने प्रचार विभाग प्रमुख… पुरा पढौ

पहिलोपटक रमुवा पुगि एकीकृत सम्पति तथा भुमिकर संकलन ।

गलकाेट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानी अन्तर्गत रमुवा गाउँमा पुगि पहिलोपटक एकीकृत सम्पति तथा भुमिकर संकलन कार्य सम्पन्न भएको छ। गलकाेट नगरपालिकाे सबैभन्दा टाढा रहेकाे पाण्डवखानीकाे रमुवामा गलकाेट नगरपालिका वडा नं १० का वडा सदस्य कुमार पुनकाे पहलमा वडा सचिव ठाकुर तिमिल्सेनाकाे सहभागितामा संकलित एकीकृत सम्पति तथा भुमिकर संकलनमा कार्यमा सेवा लिएका थिए । यसैबीच पशु सेवा केन्द्र पाण्डवखानीका सेवा केन्द्रका प्रमुख शिव आचार्यले एफएमडी, पिपिआर र यचएसविक्यू खाेप सेवा संचालन मार्फत रमुवाकाे सिङ्गो गाउँ नै लाभान्वित हुने गरि सेवा… पुरा पढौ

बढ्दो भ्रष्टाचार: शुन्यमा झार्ने भन्देै अभियान सुरु

'हाम्रो चाहना स्वच्छ, पारदर्शी र भ्रष्टाचारमुक्त राज्य संयत्रकाे, सदाचार निष्पक्षता र निर्भिकता' भन्ने नारासाथ बागलुङमा स्थापना भएको भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्थाले सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । पछिल्ला वर्षहरूमा राज्यमा एकपछि अर्को भ्रष्टाचारका घटना सार्वजनिक हुँदै गइरहेको समयमा बागलुङ जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने भन्दै केहि हप्ता अगाडि स्थापना भएको नयाँ संस्थाले जिल्लालाई भ्रष्टाचार मुक्त बनाउने अभियान स्वरुप सचेतना कार्यक्रम आयोजना गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखराकाे सहयोग र भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था बागलुङको आयोजना… पुरा पढौ

क्याम्पस गेटको समस्या समाधान

बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पस गेटमा च्याम्बर भाँचिएर भएको खाल्डो पुरिएको छ । सडकको मध्ये भागमा रहेको च्याम्बर भाँचिदा समस्या भन्ने खबर हिडन खबरमा प्रकाशित भएसँगै वडाले समाधानको पहल थालेको थियो । सडकको बिचमा रहेको च्याम्बर भाँचिदा सडक आवागमनमा समेत अवरोध भइरहेको थियो भने कयौं सवारीसाधन खाल्डोमै फस्ने गरेका थिए । बागलुङ नगरपालिका वडा नम्बर २ को सक्रियतामा उक्त ठाउँमा फलामको च्याम्बर राखिएको वडा अध्यक्ष सुरज बोसेलले बताउनुभयो । "हामीले सडकमा च्याम्बर भाँचिएको थाहा पाएपछि नापजाँच र तयार गर्न भनिसकेका… पुरा पढौ