
बागलुङ जिल्ला काँठखाेला गाउँपालीका ५ का ७० बर्षिय रणबहादुर केसी साेमबार विहान मृत अवस्थामा फेला परेका छन् ।
घर देखि झण्डै १ किलोमिटर पर रहेको आफन्त हाेटलमा
आइतबार साँझ मादक पदार्थ सेवन गरि आगाे तापि काेठामा गएकोमा साेमबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए ।
घटनाको जानकारी भए लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिलबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टाेली आवश्यक अनुसन्धान गर्न घटनास्थल तर्फ गएको केसीले बताए ।










