
बागलुङ ठेकेदार कम्पनी र सरकार बिच समन्वय हुन नसक्दा जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासनीक भवन ५ बर्ष बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दै भजन जिर्ण बन्दै गइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासनीक भवन निर्माण सम्पन्न भए ५ बर्ष बितिसक्दा समेत हस्तान्तरण नहुदै जिर्ण बन्दै जान थालेको छ ।गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङका जनतालाई सहजरूपमा प्रशासनीक सेवा दिने उदेश्यका साथ निर्माण भएको भवन
ठेकेदार कम्पनी र सरकार बिच समन्वय हुन नसक्दा हस्तान्तरण नभएको हाे ।
अहिले पनि जयबाबा गाेरख संयुक्त निर्माण कम्पनीले भवन निर्माण गर्दा पाउनुपर्ने बाकी भुक्तानीकाे लागि माग दाबी गरेको कारणले समस्या यथावत रहेको जिल्ला प्रशासन कार्यालयले बागलुङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयकाे भवन निर्माण हुदै गर्दा तत्कालीन प्रमुख जिल्ला अधिकारीकाे निर्देशनमा आफुले इट्टा दिएको तर अहिलेसम्म भुक्तानी नपाएको गुनासो ब्यवसायी एकबहादुर केसीले बताए ।
ठेकेदार कम्पनीले गुणस्तरकाे काम नगरेको कारणले यतिबेला भवन जिर्ण बन्दै गइरहेको जताततै चुहिने समस्या भएको यस्तो समस्या धेरै ठाउँमा भएको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालय बागलुङकाे भवन शिलान्यास देखि अहिलेसम्म १६ जना प्रमुख जिल्ला अधिकारी परिवर्तन भइसकेका छन् ।प्रशासनकाे भवन हस्तान्तरण नहुदै जिर्ण बन्दै जानुका साथै काेठाहरू समेत पानी पर्दा चुहिने अवस्था रहेको छ ।
२०७० साल फागुनमा दुई वर्षभित्र काम सक्ने गरी प्रशासन कार्यालयको भवन निर्माणका लागि ठेक्का लगाइएकोमा २०७२ फागुन ११ गते म्याद सकिएर थप भएको थियोे ।भवन पटकपटक गरि ५ पटक म्याद थपेर सम्पन्न भएको थियो ।भवन निर्माणकार्यमा सामाग्री दिने काम गर्ने श्रमिकले भुक्तानी समेत नपाएको गुनासो गर्दै आएका छन् ।
भवनको ठेक्का जयबाबा गोरख संयुक्त निर्माण कम्पनीले भने आफ्नो भुक्तानीकाे माग दाबी गर्दै आएको कारण भवन हस्तान्तरणकाे काम अलपत्र पर्न गएको छ ।












