बेपत्ता भएका देवकुमार नेपाली फेस बुकमा

-


     हिडन खबर    
     मंसिर ५ गते २०८० मा प्रकाशित


हजारौं बचत कर्ताहरूकाे करोडौं रकम अवचलन गरेर फरार भएका बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् ।

सहकारीका अध्यक्ष नेपालीले आफ्नो फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्न बाध्य भएको बताएका छन् ।

शेयर सदस्यले नै इमेज सहकारी ब्यूँताउदै भन्ने समाचार भेला गरेपछि नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आएका हुन् । उनले आफ्नो घरमा केही मानिसहरु हतियार सहित आएर ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको नेपालीले बताए ।

संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उनले फेसबुक लाइभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताएका छन् ।

आफ्नो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग गरेको बताएका छन् । उनले नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गर्दै इमेजमा बचत कर्ताहरुले भनेजस्तो पुरै डिपोजिट नभएको समेत बताएका छन् । करोडौ डिपोजिट रहेको बताएका बचत कर्ताले कर्जा मार्फत अधिकाशं रकम फिर्ता लगिसकेकोसमेत बताएका छन् ।

कर्मचारीले मनोबोली ढंगले ऋण लगानी गरेको भन्दै उनले आफुले बचतकर्ताको रकम फिर्ता गर्न मागेको ६ महिना समयका लागि केही साथिहरु कुर्न नसकेको बताएका छन् ।

उनले आफ्नो घर जग्गा विक्रि गरेर बचत फिर्ता गर्ने बातावरण मिलाउन बचतकर्ता तथा शेयर सदस्य, नागरिक समाज, राजनीतिक दल र पत्रकारसँग आग्रह गरेका छन् ।