
बागलुङ नेपालीहरूकाे माैलिक सम्वत् ११४४ बागलुङ सदरमुकाममा धुमधामका साथ मनाइयो ।
न्हूदँ भिन्तुना आयोजक समिति बागलुङको आयोजनामा भएको नेपाल सम्वत् नेवारी धिमि बाजा बिभिन्न सांस्कृतिक झाकी नेपाल सम्बत् का प्रर्वदक शंखधर साख्वाकाे तस्बिर सहित नगर परिक्रमा गरेर लाेकतान्त्रिक चाेकमा मुख्य भिन्तुना समारोह गरिएको थियो ।
नेपाल सम्वत् ११४४ मुख्य कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ नेपाल भाषा मंका:खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतका बक्ताहरूले नेपाल सम्वत् नेपालीहरूकाे आफ्नै माैलिक सम्वत् भएर पनि यसलाई हामीले ब्यवहारमा उतार्न राष्ट्रिय सम्बत् काे रूपमा मानेर जानुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल भाषा मंकाःखल बागलुङका पूर्वअध्यक्ष काजि गाउँले श्रेष्ठले नेपाल संम्वत्को बारेमा जानकारी दिनु भएको थियो भने सम्मानित व्यक्तिहरुको बारेमा नेपाल भाषा मंकाःखल बागलुङका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा शाक्य कल्याण समाजका अध्यक्ष राजन कुमार शाक्य, समाजसेवी तथा सम्मानित व्यक्तित्व भिमसेन कुमार श्रेष्ठ, ज्ञानोदय वुद्ध विहार बागलुङका अध्यक्ष लिलाम्बर बज्राचार्य, शंखधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतन प्रसाद मलेपतीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शैक्षिक र धार्मिक क्षेत्रमा सेवा गरेकोमा भिमसेन कुमार श्रेष्ठलाई र स्वास्थ्य र संचार क्षेत्रमा सेवा गरेको भनि कविता शाक्यलाई नेवारी संस्कृति र परम्परा अनुसार पूजा गरी कार्यक्रमका प्रमुख अथिति बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र विशिष्ठ अथिति प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा आफनो छोरी विरन्ती श्रेष्ठलाई मृगौला दान दिने आमा पार्वती श्रेष्ठ, आफनो बुबा अशोक गोविन्द राजभण्डारीलाई कलेजो दान दिने निलेश राजभण्डारी, आफनो श्रीमान विजय श्याम राजभण्डारीलाई मृगौला दान दिने श्रीमती मंन्जना राजभण्डारी, मोडलिङ प्रतियोगितामा प्रथम भएका सुशान्त कृष्ण श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाल सम्वत् ११४४ काे अवसरमा समाजमा विभिन्न क्षेत्रमा याेगदान पुर्याएका ब्यक्तिलाई नेवारी परम्परा अनुसार सम्मान गरिएको थियो ।
बागलुङ सदरमुकाममा ३ सय बर्ष अघि देखि बसाेबास गर्दै आएका नेवार समुदायकाे सक्रियतामा नेपालीहरूकाे माैलिक सम्वत् नेपाल सम्वत् झण्डै ३ दशक देखि भब्य रूपमा मनाउँदै आइरहेका छन् ।













