बागलुङ नगरपालिका धार्मिक पर्यटकीय केन्द्रकाे हव बन्दै

-


     राजेशचन्द्र राजभण्डारी     
     मंसिर ५ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका भित्र बनेका धार्मिक संरचनाहरूमा आन्तरिक तथा बाह्य पर्यटककाे आकर्षण बढ्दै जान थालेपछि यसलाई धार्मिक पर्यटकीय केन्द्रकाे हव बनाउने योजनामा सराेकारवाल लाग्न थालेका छन् ।

गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा रहेका धार्मिक पर्यटकीय केन्द्रका कारण पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । बागलुङ नगरपालिका भित्र नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ,बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुल ,शालग्राम संग्रहालय ,र सर्वसिद्विधाम पन्चकाेटमा दिनहुँ सयौंकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रीन थालेपछि यहीँ ४ वटा पर्यटकीय केन्द्रलाई लक्षित गरि पर्यटकीय हव बनाउने योजना अगाडि सारेको छ ।

बागलुङको कालीका मन्दिर बिश्वकै लामो झाेलुङ्गेपुल शालग्राम संग्रहालय ,पन्चकाेटलाइ लक्षित गरेर यहाँका पर्यटन ब्यवसायी एकजुट भएर लागेको खण्डमा यहाँ दिनहुँ सयौं पर्यटक भित्र्याउन सकिने युवा ब्यवसायी शिव खड्काले बताए ।

बागलुङ पर्यटकको लागि आकर्षणकाे केन्द्र भएको नाताले यहाँ धेरै भन्दा धे पर्यटकलाई मन लाेभ्याउने ठाउँ भएको हुदा बागलुङ नगरपालिका ,उद्योग बाणिज्य संघ लगायतका सराेकावाला मिलेर अगाडि बढ्नु पर्ने पर्यटक आकर्षित गर्ने कार्यक्रम बनाउन सकेको खण्डमा हव बन्ने युवा हाेटल ब्यवसायी रूसन सापकोटा बताउँछन् ।

बागलुङको कालीका मन्दिरमा बर्षमा लाखौंकाे संख्यामा धार्मिक पर्यटक भित्रीने गर्छन् मुक्तिनाथ जाने पर्यटकलाई बागलुङ भएर ल्याउन सक्नुपर्ने बागलुङ नगर भित्रका सबै धार्मिक पर्यटकीय केन्द्र लाई एकजुट बनाउन सके पर्यटकीय हव बनाउन सकिने बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ ।

नेपाली हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र शालग्राम संग्रहालयमा एक बर्षकाे दाैरानमा १ लाख धार्मिक पर्यटक भित्रीएकाे यश बर्ष अझै बढ्ने बिश्वास श्री श्रीधरआचार्य शालग्राम संग्रहालयका प्रमुख ऋषि स्वामी प्रपान्नाचार्यले बताए ।

मध्यपहाडी लाेकमार्गकाे मुख्य प्रवेशद्वारकाे रूपमा रहेको बागलुङ नगरपालिका भित्र प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ,बिश्व कै सबैभन्दा लामो ५६७ मिटरको झाेलुङ्गेपुल ,शालग्राम संग्रहालय ,र सर्वसिद्विधाम पन्चकाेट अवलोकन गर्न दिनहुँजसो सयौं आन्तरिक तथा बाह्र पर्यटक भित्रीने क्रम बढेर गइरहेको छ ।

जिल्लामा शैक्षिक भ्रमण ,कृषि भ्रमण ,सहकारी भ्रमणमा आउने क्रम समेत बढेर गएपनि यहाँ घुम्न आउने पर्यटकलाई पटकपटक आउने वातावरण भने स्थानीय तह सराेकारवालाले बनाउन जरुरी देखिन्छ ।बागलुङ बजार भित्र पर्यटकलाइ बस्न खान मनाेरन्जन गर्न सुविधा सम्पन्न हाेटल रेष्टुरेन्ट समेत थपिद‌ै गइरहदा यसले यश क्षेत्रका जनताको आर्थिक समृद्धि समेत हुदै गइरहेको देखिन्छ ।