बागलुङको पन्चकाेटमा १३५ फिट अग्लो बिश्व शान्ति गण्डकी कलश निर्माण शुरू भए संगै पर्यटकको चहलपहल

-


     राजेशचन्द्र राजभण्डारी     
     मंसिर १ गते २०८० मा प्रकाशित


बागलुङ ,धार्मिक तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यका साथ बागलुङ नगरपालिका वडा नम्बर ६ मा १३५ फिट अग्लोञ बिश्व शान्ति गण्डकी कलश निर्माणकार्य शुरू भएपछि पन्चकाेटमा आन्तरिक पर्यटककाे चहलपहल ह्वात्तै बढेर गएको छ /

गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा १३५ फिट अग्लो विश्व शान्ति गण्डकी कलशको काम तीव्र रुपमा अघि  बढाइएको छ । बिश्वका धार्मिक तथा अन्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बागलुङ नगरपालिका–६ पञ्चकोटमा कलश बनाउन शुरू भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेर गएको छ ।

स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित भएको पन्चकाेट नेपालमा मात्र नभइकन बिश्व भरनै  प्रख्यात बनाएको रविन कार्कीको गीतले पनि यसलाई चिनाउन मद्दत गरेको आन्तरिक पर्यटकको भनाइ छ ।

पन्चकाेटमा अहिले धेरै धार्मिक संरचना बनेकाे छ अहिले धेरै परिवर्तन भएपछि पर्यटक बढ्दै गइरहेकाे छ यहाँ घुम्न देशका धेरै ठाउँबाट पर्यटक आउने आन्तरिक पर्यटक बताउँछन् ।

यतिबेला सर्वसिद्विधाम पन्चकाेटमा आन्तरिक पर्यटक पुगेर
आनन्द लिनुका साथै फाेटाे खिच्ने पिङ खेल्ने घाेडा चढेर मनाेरन्जन लिने गरेका छन्  ।

पन्चकाेटमा १३५ फिट अग्लो बिश्व शान्ति गण्डकी कलश निर्माणकार्य अगाडि बढिरहेको यसलाई छिटो निर्माण गर्न फागुनमा महायज्ञ लगाउन लागेको सर्वसिद्विधाम पन्चकाेटक सचिव रामबहादुर केसीले बताए ।

यहाँ दैनिक एक हजार देखि १५ सय जना पर्यटक  घुम्न आउने गरेका छन्  कोरोनाको कारण पर्यटक आगमन ठप्प भएको पञ्चकोटमा यतिबेला १३५ फिट अग्लो बिश्व शान्ति गण्डकी कलश निर्माण शुरूवात भए संगै आन्तरिक तथा धार्मिक पर्यटक आउने क्रम बढेर गएको छ ।

करिब १ सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग, गण्डकी माताको मन्दिर, गरुड–शिला, सिसमहल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुनाघर, सभा भवन निर्माण भइसकेका छन् ।

५ हजार ५ सय ५५ केजीको महाघण्टाका लागि आवश्यक संरचना तयार छ । पञ्चकोटमा सम्पूर्ण संरचनाको निर्माण पूरा हुँदा दुई अर्ब खर्च लाग्ने ट्रस्टको अनुमान छ ।

पञ्चकोटसँगै बागलुङ नगरपालिकाका कारिकोट, माझकोट, रायरायकोट र संसारकोटमा विभिन्न संरचनाको निर्माण थालिएको छ । हालसम्म पञ्चकोटमा ३०  करोडभन्दा बढीको संरचना निर्माण भइसकेको छ ।

सबै क्षेत्रबाट पर्याप्त रकम जुटे आगामी  तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।ट्रस्टका अनुसार संघीय, प्रदेश र स्थानीय सरकार तथा दाताबाट सहयोग जुटाएर काम भइरहेको छ । पञ्चकोटमा वार्षिक ६  लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।