
बागलुङ मंसिर ७
कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब सार्वजनिक गरेको छ ।गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बुधबार भएको बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे ।
२०८० कार्तिक महिनामा कर्मचारी तलबमा ५ लाख ४० हजार १ सय ८४ ,बिधुत महसुस २४ हजार ६ सय ५० टेलिफोन इन्टरनेटमा १५ हजार अतिथि सत्कारमा १ लाख ६५ हजार उपहार ६७ हजार ,आर्थिक सहयोग १ लाख , पुर्वाधार विकास निर्माण ७ लाख३६ हजार ५ सय ५० पुजा खर्च दशै बिशेश ४ लाख १६ हजार दुई सय मर्मत संभार खर्च २० हजार रहेको कालीका गुठी ब्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।
कालीका भगवती गुठीले कार्तिक महिनामा आम्दानी तर्फ२७ लाख ९० हजार ९ सय ९५ रूपैयाँ चामल बिक्री बाट १ लाख ७७ हजार ९ सय बाेका बाट ३ लाख ९६ हजार ४ सय ,कुखुरा बाट ३० हजार २ सय ५० राँगा बाट १० हजार ८ सय आर्थिक सहयोग १ लाख ७९ हजार ८ सय ८८
१२ लाख २४ हजार २ सय ५० ब्रतवन्ध बाट ९ सय पण्डित बाट १८ हजार ६ सय आम्दानी गरेको प्रेस सल्लाहकार राजभण्डारीले बताए ।
गुठीले ४८ लाख ३१ हजार ४ सय ८३ आम्दानी र १९ लाख ३६ हजार ८४ खर्च हुदा गुठीको २८ लाख ९५ हजार ३ सय ९९ रूपैयाँ आम्दानी भएको हिसाबकिताब सार्वजनिक भएको छ ।












