समाचार

लोकदोहोरीमा निसा सुनारको नयाँ धमाका, ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक

काठमाडौं । गायिका तथा सर्जक निसा सुनारको नयाँ लोकदोहोरी गीत ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक भएको छ। निसा सुनारको प्रस्तुतिमा सार्वजनिक गरिएको उक्त गीतमा लोकप्रिय गायक खेम सेन्चुरी र निसा सुनारको स्वर रहेको छ। लोकसंगीतको मौलिक स्वाद, मनोरञ्जनात्मक प्रस्तुति र रमाइलो भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतले दर्शक–स्रोतामाझ फरक स्वाद पस्कने प्रयास गरेको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा सांगीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ। गीतको लय तथा थेगो खेम सेन्चुरीको रहेको छ भने शब्द रमेश बीजीले… पुरा पढौ

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङ — महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले बागलुङमा सञ्चालन गरिएको चारदिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई साबुन उत्पादनका सात प्रकारसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो। साबुन बनाउने प्रक्रिया, आवश्यक कच्चा पदार्थ, उत्पादन विधि, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक आधारभूत जानकारीसमेत दिइएको आयोजकले जनाएको छ। घरायसी तथा व्यक्तिगत सरसफाइमा नियमित प्रयोग हुने साबुनको बजार… पुरा पढौ

अमरेश्वर शिव मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन वितरण

कास्की, साउन ३० ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनाका साथ स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा ब्यूटिफुल सिटी ले पोखरा–१९, तल्लो काउरेस्थित श्री अमरेश्वर शिव मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ। मन्दिर परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वप्रति समुदायलाई सचेत बनाउने प्रयास गरिएको क्लबले जनाएको छ। क्लबका… पुरा पढौ

अमेरिकाबाट नेपाल आएकी गायिका निसा सुनार भेटघाट र गीतसंगीतमा व्यस्त

बागलुङकी चर्चित गायिका निसा सुनार यतिबेला अमेरिकाबाट नेपाल आएकी छन्। अमेरिकालाई कर्मथलो बनाउँदै आएकी सुनार करिब एक महिनाको समय लिएर छोरीसहित नेपाल आएकी हुन्। नेपाल आएयता उनी आफन्त, इष्टमित्र तथा आफ्ना सांगीतिक सहयात्रीहरूसँगको भेटघाटमा व्यस्त रहेकी छन्। बागलुङको काठेखोला गाउँपालिका–बिहुमा जन्मिएकी निसाले लाइभ दोहोरीबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी हुन्। लोकदोहोरी गीतसंगीतप्रतिको रुचि, लगनशीलता र निरन्तर मेहनतका कारण उनले छोटो समयमै सांगीतिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन्। हाल अमेरिकामा बसोबास गर्दै आए पनि उनले नेपाली गीतसंगीतसँगको सम्बन्धलाई… पुरा पढौ

बागलुङकी देवी घर्तीको सांगीतिक उडान : २२ वर्षपछि पनि रोकिएको छैन स्वरको यात्रा

बागलुङ – ‘गीतै गाउने भनेर काठमाडौं आएको नि २२ वर्ष भएछ बाइ...’ लोक तथा दोहोरी गायिका देवी घर्तीको यो भनाइले उनको लामो सांगीतिक यात्रा मात्र होइन, संघर्ष, मेहनत र संगीतप्रतिको गहिरो समर्पणलाई पनि उजागर गर्छ। दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय घर्ती आज पनि उत्तिकै व्यस्त र लोकप्रिय गायिकाका रूपमा आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेकी छन्। बागलुङको गल्कोट नगरपालिका–पाण्डवखानीमा जन्मिएकी घर्तीले सानैदेखि गीतसंगीतप्रति विशेष रुचि राख्थिन्। सांगीतिक सपना बोकेर काठमाडौं पुगेकी उनले सुरुआती दिनमा अनेक चुनौतीको सामना गर्नुपरेको… पुरा पढौ

प्राकृतिक पदभ्रमण कार्यक्रम सम्पन्न

बागलुङ, साउन २९ जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक तन्दुरुस्ती अभिवृद्धि, मनोरञ्जन, उत्प्रेरणा तथा पुनर्ताजगी (रिफ्रेसमेन्ट) गराउने उद्देश्यले प्राकृतिक पदभ्रमण (नेचर वाक) कार्यक्रम सम्पन्न गरिएको छ। मिति २०८३ साउन २९ गते आयोजित उक्त कार्यक्रममा बागलुङ नगरपालिका–२ हुँदै वडा नं. ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयसम्म पदभ्रमण गरिएको थियो।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक), प्रहरी अधिकृतहरू तथा प्रहरी जवानसहित करिब ४० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रहरी कर्मचारीहरूको शारीरिक स्वास्थ्य, मानसिक स्फूर्ति तथा आपसी सम्बन्ध… पुरा पढौ

विपत्तिमा साथ: बडिगाडका पहिरोपीडितलाई लायन्स क्लबद्वारा राहत हस्तान्तरण

बडिगाड (बागलुङ) बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित जोगीवगरमा बिहीबार साँझ अविरल वर्षासँगै गएको पहिरोबाट प्रभावित परिवारलाई लायन्स क्लब अफ बागलुङ बडिगाडले राहत सामग्री हस्तान्तरण गरेको छ। अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोका कारण स्थानीय लोकबहादुर थापाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। घटनामा मानवीय क्षति नभए पनि घर बस्न अयोग्य बनेपछि थापाको परिवार छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएको छ। विपद्पछिको भोलिपल्ट शुक्रबार लायन्स क्लब अफ बागलुङ बडिगाडले पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री प्रदान गरेको हो। राहत हस्तान्तरण कार्यक्रममा क्लबका… पुरा पढौ

गीत–संगीतको मोहले फेरि तानिए सज्जन बोहोरा, ‘न त कोहीको टेन्सन’ सार्वजनिक हुँदै

म्याग्दीका स्थायी बासिन्दा तथा हाल अमेरिकामा रहेका गायक एवं सर्जक सज्जन बोहोरा नयाँ सांगीतिक कोसेली लिएर दर्शक–श्रोतामाझ आउने भएका छन्। बोहोराको नयाँ गीत ‘न त पोईको टेन्सन, न त कोहीको टेन्सन’ को पोस्टर सार्वजनिक गरिएको छ। रमाइलो, रोमान्टिक तथा पारिवारिक स्वादमा तयार पारिएको उक्त गीत भदौ १ गते अडियो–भिडियोसहित सार्वजनिक गरिने जनाइएको छ। गीतमा सज्जन बोहोरा र चर्चित गायिका एलिना चौहान को स्वर रहेको छ। गीतका शब्द तथा संगीत रमेश परियार को रहेको छ भने संगीत संयोजन सुनिल परियार ले… पुरा पढौ

देवेन्द्र घिमिरेदेखि एकराज चापागाईंसम्मको स्वरमा ‘नजरैको तिर सानु’ सार्वजनिक

काठमाडौं, साउन २८ – म्याग्देली कलाकारहरूलाई एउटै सिर्जनामा जोड्दै तयार पारिएको तीज गीत ‘नजरैको तिर सानु’ सार्वजनिक गरिएको छ। अञ्जली जीसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले म्याग्देली कलाकारहरूको सामूहिक सहकार्य, एकता र सांगीतिक भावनालाई उजागर गरेको छ। गीतमा देवेन्द्र घिमिरे, शान्ता बरदवा, करण कँडेल, खिमा पुन मगर, विजय छिनाल, निशा भण्डारी, धुर्बा जीसी, दुर्गा रोक्का, शंकर पोखरेल र एकराज चापागाईंलगायत कलाकारहरूको स्वर रहेको छ। गीतमा दीपक अधिकारीको शब्द, शिव हमालको संगीत तथा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ। भिडियोको निर्देशन… पुरा पढौ

रगत अभाव हुन नदिन काठमाडौंमा बृहत रक्तदान

काठमाडौं साउन २८ काठमाडौंमा रगत अभावका कारण उपचाररत बिरामीले भोग्नुपरेको समस्या न्यूनीकरण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। साउथवेस्टर्न स्टेट कलेजसँगको सहकार्यमा आयोजित कार्यक्रममा ठूलो संख्यामा रक्तदाता सहभागी भएका छन्। रगत अभावका कारण अस्पतालमा उपचाररत बिरामीले आवश्यक समयमा रगत नपाउने समस्या नेपालमा अझै चुनौतीकै रूपमा रहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल र साउथवेस्टर्न स्टेट कलेजको हेल्थ एन्ड इन्भाइरोन्मेन्ट क्लबको संयुक्त आयोजनामा काठमाडौंको बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेज… पुरा पढौ