समाचार

बागलुङ नगरपालिका: नगर प्रमुखमा एमालेका ६ जनाकाे दाबी पेश

नेकपा एमाले जिल्ला कमिटी बागलुङमा स्थानीय तहको निर्वाचनको लागि नगर प्रमुख र उप प्रमुख पदको लागि दाबी प्रस्तुत गर्ने कार्यक्रम अन्तर्गत बागलुङ नगर पालिकाकाे प्रमुखमा अहिलेसम्म ६ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । नगर प्रमुखको लागि एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियार, गण्डकी प्रदेश सदस्य गिता शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सदस्य कुमार खड्का, बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव सापकोटा, वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापा र एमाले गण्डकी प्रदेश सदस्य राम शर्माले… पुरा पढौ

लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू

लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू भएकाे छ । मुख्यमन्त्री कार्यालय बुटवलमा स्थानीय तहकाे निर्वाचनका विषयमा छलफल गर्नकाे लागि गठबन्धनको बैठक सुरू भएकाे हाे । छलफलमा पार्टी का प्रमुखले जिल्लामा अाफ्नाे दलकाे अवस्था वारे पालैपालाे ब्रिफिङ गरेकाे बैठकमा सहभागी एक सदस्यले वताए । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरशिह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल , जनता समाजबादी पार्टीका प्रदेश अध्यक्ष अशाेक यादब , नेकपा एकिकृत समाजबादि पार्टीका केन्द्रिय कमिटीका सदस्य राजु गुरूङ,… पुरा पढौ

चैते दशै मेलामा रमाइलो मेला र ब्यापारी स्टल
स्थानीय उत्पादनमा समेत नगरपालिकाकाे कर

काेराेना भाइरस काेभिड १९ का कारण दुई बर्षसम्म ठप्प रहेको मेला महाेत्सव काेराेनाकाे जाेखिम कम भएसंगै चैते दशैकाे अवसरमा बागलुङ सदरमुकाममा चैते दशै मेला शुरू भएको छ । गन्तव्य बागलुङ कालीका ,कला संस्कृतिको प्रदर्शन ,स्थानीय उत्पादन ब्यापार र पर्यटन प्रवर्द्धन भन्ने मुल नारा साथकालीका भगवती गुठी ब्यबस्थापन समिति बागलुङले चैत्राष्टमी पर्वकाे अवसरमा चैत २४ गतेदेखि २८ गतेसम्म आयोजना गरेकोचैते दशै मेला नेपाल कै प्रसिद्धि कालीका भगवती मन्दिर परिसरमा शुरू भएको गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । मेलामा स्थानीयले… पुरा पढौ

बागलुङका बालबालिकालाई टाइफाइडकाे खाेप लगाउन शुरू

राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाइड बिरूद्व खाेप लगाउन स्वास्थ कार्यालय बागलुङले शुरू गरेको छ । स्वास्थ कार्यालय बागलुङले टाइफाइड राेग विरूद्वकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे शुरूवात स्थानीय बिद्यालयमा पुगेर शुरू गरेको छ ।बागलुङ सदरमुकाममा रहेको आदर्श बिद्यामन्दिर बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वास्थ्यकर्मी पुगेर टाइफाइड खाेप दिएको बिद्यालयका प्रधानअध्यापक भुपेन्द्र केसीले बताए । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियान चैत २५ गतेदेखि ३० गतेसम्म बागलुङ नगरपालिका ,जैमुनी नगरपालिका ,गलकाेट… पुरा पढौ

भोलि माधवकुमार नेपाल बागलुङ आउने

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल (सोमबार) भोलि बागलुङ आउने भएका छन । बागलुङमा हुने नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय कार्यकर्ता स्थानीय तह निर्वाचन केन्द्रीत भेला तथा प्रशिक्षणका लागि नेपाल बागलुङ तयारी भएको पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताउनुभयो । बागलुङ बजारको ब्राउन आइज पार्टी प्यालेसमा हुने पार्टीको स्थानीय तह निर्वाचन केन्द्रित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल बागलुङ आउने जिल्ला सचिव भरत पुरीले बताउनुभयो । पुरा पढौ

ढल निकासमा बेवास्ता: पानीपर्दा सधैं जलमग्न बागलुङ बजार

तत्कालीन धौलागिरी अञ्चल कै सदरमुकाम बागलुङ बजार । धौलागिरी क्षेत्रका चार जिल्लाको केन्द्र मानिएको बजार पानी पर्नासाथ नालीको ढल सडकमा निस्कन्छ । देशमा स्थानीय सरकार बनेको पनि ५ बर्ष पुग्न थल्यो तर स्मार्ट सिटि बनाउने चर्का भाषण र चिल्ला घोषणापत्र देखाउँदै चुनाव जितेका जनप्रतिनिधिले आफ्नो पाँचवर्षे कार्यकाल सकिनलाग्दा समेत बागलुङ बजारको यो समस्या समाधानमा भने कुनै चासो देखाएका छैनन् । शनिबार दिउँसो ३:३० बाट करिब १ घण्टा परेको बर्षाले बजारका अधिकांश सडकमा नालीको पानी जलमग्न बन्यो । यो देख्दा लाग्छ… पुरा पढौ

चुनावबाट सिहदरवार जाने यात्रामा अगाडि बढेको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिश्व लाई नै चकित पार्ने काम गर्दै आएको दाबी गर्नु भयो । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले जनताको काम गर्दा गदै सरकारबाट वाहिरिन परेको बताउनु भयो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीका नेता तथा कार्यकर्ता लाई हौसला दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले ५ दलीय गठबन्धनले एमालेको सरकार ढालेको हुँदा अब चुनाव बाट सिहदरवार जाने यात्रामा अगाडि बढेको बताए । एमाले सरकारले हिजोको दिनमा… पुरा पढौ

एमबिबिएस अध्ययनको लागि पूर्णछात्रवृत्ति पाउन सफल बागलुङका शर्मा सम्मानित

चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा एमबिबिएस अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाउन सफल बागलुङका विनायक शर्मालाई सम्मान गरिएको छ । विघामन्दिर माध्यमिक विघालय कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढेका शर्मालाई विद्यालयले शुक्रबार एक कार्यक्रम गरी सम्मान गरेको हो । सामुदायिक विद्यालयमा पढेर एमबीबीएस अध्ययनको लागि पूर्णछात्रवृत्ति पाउने शर्मा साविक धौलागिरि क्षेत्रबाट पहिलो भएको विद्यालयले प्रधानाध्यापक शान्तामणि ढकालले जानकारी दिए । शर्मालाई नगद २५ हजारसहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै शिक्षा विकास तथा… पुरा पढौ

बैशाख १८ गतेदेखि २४ गतेसम्म कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ हुँने

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा बैशाख १८ गतेदेखि २४ गतेसम्म बृहद् -ब्रह्मयज्ञ हुने भएको छ ।संसारकै एकमात्र पवित्र कालीगण्डकी नदिमा पाइने शालग्राम संग्रह गरि निर्माण गरिएको शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरकाे उद्घाटन समेत ब्रह्मयज्ञकै अवसरमा गरिने भएको छ । नेपालकाे पावन मुक्तिक्षेत्रमा अबस्थित पुलहाश्रम ,गलेश्वरधाम ,कालान्जर पर्वत ,कालीका,मालिका ,पन्चकाेट आदि सुप्रसिद्व तिर्थस्थलहरूकाे मध्यभाग शालंकायन महर्षिकाे तपाेभुमी ,षडाचार्य स्वामी श्रीधराचार्यकाे जन्मभूमि कुँडुलेफेदीमा नेपालका देवस्थल तीर्थस्थलहरूकाे प्रचारप्रसार ,वैदिक… पुरा पढौ

रस्सा कस्सि बिच त्रिवि प्राध्यापक संघले छान्याे पदाधिकारी

त्रिभुवन बिश्व बिद्यालय प्रध्यापक संघ धाैलागिरि बहुमुखी क्याम्पस बागलुङमा चैत ७ गते सम्पन्न भएको अधिवेशनले टुंग्याउन नसकेको पदाधिकारी झण्डै एक महिनापछि ठूलो रस्सा कस्सि बिच पदाधिकारी चयन गरेको छ । सभापति भक्तिराम न्यौपाने उप सभापति उदयचन्द्र चपा ईसचिव प्रेम केसी सहसचिव विप्लव शर्मा कोषाध्यक्ष शिवप्रसाद पौडेल र सदस्यहरु कुलप्रसाद अधिकारी, रामचन्द्र शर्मा,डम्बर बिक,दीपेन्द्र जैसी,रामराजा कँडेल र ,ओम शर्मा रहेका छन् ।राष्ट्रिय प्राध्यापक सगठन र प्रगतिशील प्रध्यापक संघ बिच गठबन्धन भएको एक प्राध्यापकले हिडन खबर लाई बताए । च‌ैत ७ गते… पुरा पढौ