सहकारीमा जाेखिम कम गर्न क्षमता अभिबृद्वि तालिम

- तालिममा बागलुङ जिल्लाका ६५ वटा सहकारीका ११७ जना सहभागी भएका थिए । 

-


     हिडन खबर    
     चैत्र १९ गते २०७९ मा प्रकाशित


आर्थिक क्षेत्रमा आएको मन्दिका कारण अहिलेसम्म पनि सुधार आउन नसकेपछि बागलुङ जिल्ला भित्र संचालित सहकारी संघसंस्था समेत बिस्तारै जाेखिम पर्ने डर देखिएपछि सहकारी संस्थालाई आर्थिक रूपले मजबुत बनाउन बागलुङ नगरपालिका र सराेकारवाला निकाय अगाडि सरेको छ ।

बागलुङ जिल्ला भित्र संचालित सहकारी संस्थालाई ब्यवस्थित रूपमा संचालन गराउने उदेश्यले सहकारीकाे दिगोपना स्वनियम र शुशासन भन्ने नारा सहित ६६ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा लेखा सुपरिवेक्षण समितिकाे क्षमता अभिवृद्धि तालिम गरियो ।

अमेरिकका जस्तो सम्पन्न देशमा समेत रूस र युक्रेनकाे युद्धको कारण बैंकहरू बन्द हुदै गइरहेको छ आर्थिक क्षेत्रमा ठूलो संकट आउन थालेको नेपालमा समेत आर्थिक संकट आउन सक्ने अवस्था सृजना हुदै गइरहेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

बागलुङका सहकारीहरूले निति सक्षम सहकारीको रूपमा नियम पालना गरेर जानसकेकाे खण्डमा हामीले आर्थिक संकटलाइ सामना गर्न सकेको खण्डमा भाेलीका दिनमा सहजरूपमा अगाडि बढ्न सकिने हुदा तालिम लाई ब्यवहारमा उतार्न जरुरी रहेको  नगर प्रमुख श्रेष्ठले बताए ।

सहकारी बिग्रेको हल्ला चलिरहेको छ त्यस्तो अवस्थामा लेखा समिति मजबुत हुन जरुरी छ कार्यसमिति र लेखा समितिकाे हैसियत एउटै भएको हुदा संस्थालाई आर्थिक रूपमा सक्षम बनाउने भुमिका खेल्न सकेको खण्डमा मात्र सहकारी ठिक ढंगले चल्ने जिल्ला बचत तथा ऋण सहकारीका महेन्द्र सिंह रायमाझीले बताए ।

सहकारी संघसंस्था लाई बिश्वासिलाे बनाउन अहिले मुख्य चुना‌ैती रहेको हुदा आन्तरिक लेखा समितिका संयाेजकहरू सजग भएर काम गर्नुपर्ने कुनै पनि अनुगमन निरिक्षण आउदा डराउनु नपर्ने गरि काम गर्न जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसीले बताए । बागलुङ सदरमुकाममा रहेको शिव शिखर सहकारीमा बचत कर्ताले जम्मा गरेको रकम फिर्ता पाउन नसकेको कारणले बागलुङकाे अन्य सहकारीमा समेत त्यसको प्रभाव परेको हल्ला फ‌‌ैलिएकाे जिसीले बताए ।

बागलुङ नगरपालिका, बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयोजनामा भएको कार्यक्रमकाे प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड नेफस्कूनले गरेको तालिमबाट अहिले सहकारी क्षेत्रमा आइरहेको समस्या आर्थिक तरलता अभाबलाइ केही हदसम्म भएपनि कम गर्न मद्दत गर्ने अपेक्षा सहकारी अभियन्ताहरूले राखेका छन् ।

बागलुङ जिल्ला भित्र निति नियममा संचालन हुदै आएका सहकारी संघसंस्थाले समेत बचत कर्ताकाे रकम समेत भनेको समयमा फिर्ता गर्न नसकेको गुनासो आउन थालेपछि नगरपालिका भित्र सहकारी लाई मजबुत बनाउन संचालक, कर्मचारी, लेखा समितिका संयाेजक लाई तालिम सहजीकरण अभियान लाई जिल्ला बचत तथा ऋण सहकारी संस्थाले तिब्रता दिदै आएको छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ नेसफ् स्कुनका संचालक चण्डी प्रसाद शर्माले सहकारी संघसंस्थामा लेखा समिति मजबुत नभएसम्म सहकारी बलियो र पारदर्शी हुन नसक्ने मात्रै ह‌ैन कमजोर बन्दै जाने भएको कारणले पनि तालिम आवश्यक भएको बताए । तालिमलाई ब्यवहारमा उतार्न सकेको खण्डमा धेरै सुधार आउने शर्माले बताए ।

तालिम सहभागी सहकारी संघसंस्थाका प्रतिनिधिले ५ बुदे बागलुङ घाेषणापत्र जारी गरेर सहकारीलाई मजबुत बनाउने प्रतिबद्धता समेत जनाएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संस्था र नगरपालिकाले सहकारीको अनुगमन समेत गर्ने भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष चण्डी प्रसाद शर्माकाे अध्यक्षतामा भएको कार्यक्रममा नेफस्कूनका उमेश काेइरालाले तालिममा सहजीकरण गरेका थिए कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी बागलुङ नगरपालिका सहकारी प्रमुख प्रेम प्रसाद शर्मा पाैडेल लगायतका बक्ताहरूले आआफ्नो धारणा राखेका थिए । सहकारीका तेज प्रसाद शर्माकाे संचालनमा सम्पन्न भएको थियो । तालिममा बागलुङ जिल्लाका ६५ वटा सहकारीका ११७ जना सहभागी भएका थिए ।