बागलुङमा यसबर्ष ४८३६ जना बिद्यार्थी एस.इ.ई परिक्षा दिदै

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र १६ गते २०७९ मा प्रकाशित



चैत १७ गतेदेखि शुरू हुने यश बर्षकाे एस.इ.ई परिक्षामा बागलुङ जिल्ला बाट ४८३६ जना बिद्यार्थीले परिक्षा दिदै छन् ।

शिक्षा विकास तथा समन्वय इकाई बागलुङले बिहीबार पत्रकार सम्मेलन गरि परिक्षालाई ब्यवस्थित मर्यादित रूपमा सम्पन्न गर्ने गरि सबै तयारी पूरा भएको जनाएको छ ।

बागलुङ जिल्लाका सामुदायिक माध्यमिक बिद्यालय १११ वटा संस्थागत बिद्यालय ३२ र खुला बिद्यालय १ वटा गरि १४४ वटा बिद्यालयका बिद्यार्थी चैत १७ गतेदेखि हुने एस इ ई परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए ।

बागलुङ जिल्लाकाे ४ नगरपालिका र ६ गाउँपालिकाकाे ३१ वटा परीक्षा केन्द्र २५९८ छात्रा र २२३८ छात्र गरि ४८३६ जना रहेको पत्रकार सम्मेलनमा उपाध्यायले बताए । परीक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष ४२ जना सहायक केन्द्राध्यक्ष २६१ जना निरिक्षक ३१ जना परीक्षा सहायक १०४ जना कार्यालय सहयोगी र ४६५ जना सुरक्षाकर्मी खटिएका छन् ।

परिक्षा मर्यादित बनाउन केन्द्राध्यक्ष लाई आवश्यक अभिमुखिकरण समेत सम्पन्न भइसकेको छ । 

ReplyForward