चैत्राष्टमी मेलामा राष्ट्रिय भलिबल खेल शुरू

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र १३ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशको सबैभन्दा ठूलो मेला लाग्ने पर्व च‌ैत्राष्ठमीकाे अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेलालाइ भब्य रूपमा सम्पन्न गर्ने उदेश्यले राष्ट्रिय भलिबल खेल शुरू भएको छ ।

कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले चैत १३ गतेदेखि १७ गतेसम्म आयोजना गरेको मेलाको पहिलो दिन बागलुङ नगरपालिका वडा नम्बर १ कालीका कुन्ज परिसरमा
प्रतियोगितात्मक राष्ट्रिय पुरूष भलिबलकाे बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरे ।

चैत्राष्ठमी मेलामा यतिबेला गीत संगित मात्रै हैन खेलकुदले महत्त्वपूर्ण स्थान लिएर मेलाको गरिमा बढेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

बाइट = बसन्त कुमार श्रेष्ठ नगर प्रमुख बागलुङ नगरपालिका

पुरानो परम्परागत रूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएको यतिबेला आन्तरिक पर्यटक तान्न हाम्रो मेला महाेत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने गरेको नगर प्रमुख श्रेष्ठले बताए ।

कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक बर्ष मन्दिर परिसरमा ५ दिने मेलाको आयोजना गरि लाखौं दर्शक भित्र्याउने गरेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष
कुमार खड्काले बताए ।

५ दिनसम्म संचालन हुने मेलामा कालीका कप खुल्ला पुरूष भलिबल प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रियस्तरकाे १३ टिम सहभागी हुदैछन् । प्रथम हुने टिमलाई ३ लाख पुरस्कार काे ब्यवस्था गरिएको छ । गुठीका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा भएको कार्यक्रम संचालन कार्यालय प्रमुख तारा शर्माले गरेका थिए ।

आजको पहिलो खेल पाङ भलिबल पिभिसि टिम र बागलुङ नगरपालिका ९ तित्याङ बिएमटी बिच भएको थियो ।१७ गतेसम्म हुने भलिबल खेलमा नेपाल प्रहरी ,घुम्टे युवा परिवार ,बिग स्टाेन ,काठेखाेला तंङग्राम ,हिल साइड सेताे ,काठेखाेला गापा ,काठेखाेला काडेस ,मुलपानी वानपा ७ ,सिगाना एसभिसि ,हिलसाइड निलाे र निर्माण ब्यवसायी टिम खेल हुने भलिबल खेल संयाेजक अर्जुन खड्काले बताए ।