मानव सेवा आश्रमकाे भवन निर्माणमा सहयोग जुट्दै

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र १८ गते २०७९ मा प्रकाशित


बिशुद्व रूपमा नेपाली दाजुभाइ दिदीबहिनीकाे सहयोगमा संचालन हुदै आएको मानव सेवा आश्रमकाे सुविधासम्पन्न भवन बनाउन लाइ सहयोग जुटिरहेको छ ।सर्त सहितको बिदेशी सहयोग नलिने घाेषणा गरेको संस्था सहयोगी मनका धनीकाे सहयोग बाट चलिरहेको छ ।

सडक मानव मुक्त गर्ने उदेश्यले स्थापना भएको मानव सेवा आश्रमको सुविधासम्पन्न भवन बनाउने अभियानमा देश तथा बिदेशमा रहेका सहयोगी मनका धनी ब्यक्तिहरूबाट आर्थिक सहयोग स्वतस्फूर्त रूपमा जुटिरहेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ कालीगण्डकी नदिकाे तटमा सुविधासम्पन्न आश्रम बनाउने अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको स्थानीय सामाजिक अभियन्ता सृजना थापाले बताए ।

कसैको धन हुने मन नहुने कसैको मन हुने धन नहुने समस्या समाजमा बिद्यमान भएको समयमा धन र मन दुबै भएका भाइले आश्रमको भवन निर्माणकाे लागि सहयोग पठाएको स्थानीय समाजसेवी दिलबहादुर थापाले बताए ।

बागलुङमा मुख्य कार्यालय भएको बित्तिय संस्था ३ वटा छ यसले सामाजिक कार्यमा ५ / ७ लाख सहयोग गर्न सक्ने धाैलागिरि लघुबित्त संस्थाका अध्यक्ष इश्वरलाल राजभण्डारीले बताए ।

आफ्नो पुर्खाकाे पुन्य तिथिमा आश्रमको भवन निर्माण गर्न १ लाख ५ हजार ५ रूपैयाँ सहयोग गरेको आश्रमलाइ सहयोग आउने क्रम जारी रहेको मानव सेवा आश्रमका अभियन्ता बिपना तामाङले बताए ।

बागलुङ सदरमुकाममा ७ बर्ष अघि स्थापना भएको आश्रममा जेष्ठ नागरिक ,अपांग ,बालबालिका ,मानसिक समस्या भएका
५१ जनाले आश्रय लिइरहेका छन् । आश्रम सामाजिक संघसंस्थाकाे स्थापना दिवस सहयोगी मनका धनी ब्यक्तिहरूकाे जन्म दिन ,पुन्य तिथि लगायतका अवसर पारेर आश्रममा भाेजन सेवा गर्ने अभियान बाट चलिरहेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ मा रहेको मानव सेवा आश्रमको भवन सडक मानवलाई राख्नकाे लागि साँघुरो भएपछि नयाँ भवन बनाउने अभियान शुरू भइरहेको छ ।भवन निर्माण गर्न बागलुङ ,पर्वत म्याग्दीका स्थानीय तह सामाजिक विकास मन्त्रालय प्रदेश सरकार लगायत सराेकारवालाले सहयोग गर्दै आएको छ ।
आश्रममा आएका समाजमा काेही पनि नभएका ब्यक्तिलाई आश्रय दिनुका साथै भएका ब्यक्तिकाे पहिचान गरि पारिवारिक मिलन गराउदै आएको छ ।