
एसइई परीक्षा दिने बिद्यार्थी लाई परीक्षा दिन पठाउदा अहिले पनि युद्व मैदान युद्व लड्न जाने याेद्वालाई जस्तै गरि निधारमा राताे टीका र दही सगुन खुवाउने परम्परा बागलुङमा कायमै छ ।फलामे गेटकाे रूपमा लिदै आएको एसइई परीक्षामा धेरै उतारचढाव आएपनि अहिलेसम्म त्यो पुरानो ह्वांगवभर भने कायमै छ । झण्डै १३ बर्ष बिद्यालय पढेका बिद्यार्थी यतिबेला परीक्षा दिन समेत निकै गार्हो मानिरहेका छन् ।
नेपाली संस्कृति अनुसार कुनै शुभ कामको लागि जानू परे निधारमा टीका र दही सगुन खुवाएर बिदाइ गर्ने चलन यथावत छ ।हरेक बर्ष हुने एसइई परिक्षा शुरूकाे दिन बागलुङका बिद्यालका बिद्यार्थी लाई बिद्यालयले निधारमा राताे टीका र दही सगुन दिएर परीक्षा सफलताको कामना गर्दै परीक्षा दिन पठाएको छ ।
जीवनमा १०० भन्दा बढी परिक्षा दिइसकेका बिद्यार्थी परीक्षा केन्द्र फरक ठाउँमा हुदा एक खालको मानसिकता कायम हुने हुदा त्यसबाट मुक्त भएर परीक्षा दिन तयार हुनुपर्ने कालीका कन्या माध्यमिक बिद्यालयका प्रधानाध्यापक धनराज सापकोटा ले बताए ।
शिक्षा लाई ब्यवहारिक र ब्यवसायीक बनाउने परीक्षा सरल र सहज बनाउने अहिले भइरहेको निजी बिद्यालय बिचकाे अस्वस्थ प्रतिस्पर्धा लाई अन्त्य गर्न ग्रेडिङ प्रणाली लागू गरेपनि
एसइई परीक्षा लाई फलामे गेट भन्ने मानसिकता हटाउने काेशिस उपल्लो स्तरबाट भएपनि बिद्यालय ,बिद्यार्थी र अभिभावकमा भने पुरानो मानसिकता कायमै रहेको देखिन्छ ।
एउटा परीक्षा दिने बिद्यार्थी लाई युद्व मैदानमा युद्व लड्न जाने जस्तो मानसिकता साथ बिदाइ गर्ने परम्परा कायमै रहेसम्म एक प्रकारको भुत भने एसइई परीक्षा दिने बिद्यार्थीमा कायमै रहने देखिन्छ ।















