बागलुङ नगरपालिकाको आयोजनामा वडा नम्वर ५ मालिकामा बुधबार सेवा प्रवाह घुम्ती शिविर सम्पन्न भएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार,अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको थियो । शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता गरिएको छ भने उपभोक्ता समितिकै नाममा वडा तहमै बैंकको खाता संचालन गरिएको छ ।वडाबाट नगरपालिका कार्यालयमै सेवा लिन आउँदा हुने कठिनाई र समस्यालाई मध्यनजर…
पुरा पढौ