
बागलुङ उद्योग बाणिज्यले धाैलागिरि बहुमुखी क्याम्पसकाे प्रांगणमा गरेको साताैं बागलुङ महाेत्सवकाे ११ आैं दिन प्रहरीबाट नेपाल पत्रकार महासंघका जिल्ला सचिव बिजय राना कुटिएका छन् ।
शनिबार राति १०.३० बजे महाेत्सव सकिएर बाहिर निस्कदै गरेका दर्शकहरूलाइ प्रहरी कुटिपिट गरेको फाेटाे खिचेकाे भन्दै पत्रकार रानाको माेवाइल नियन्त्रणमा लिनुका साथै कुटपिट गरेको भन्दै बागलुङ संचार संस्थाहरूले बिज्ञप्ति प्रकाशित गरि घटनाको भत्सर्ना गर्नुका साथै दाेषी प्रहरी माथि कार्वाहीकाे माग गरेको छ ।
नेपाल पत्रकार महासंघका सहसचिव तारानाथ आचार्य ,नेपाल प्रेस युनियनका सचिव डम्बर बुढा र प्रेस चाैतारी नेपालका सचिव अर्जुन कार्कीले छुट्टाछुट्टै बिज्ञप्ती मार्फत घटनाको भत्सर्ना गर्दै पत्रकार राना माथि कुटपिट गर्ने प्रहरीलाई कार्वाही गर्न माग गरेको छ ।यस्तै पत्रकार राना माथि कुटपिट भएको भन्दै प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पाेखरेलले एक बिज्ञप्ती मार्फत २१ गते राति भएको घटनाको भत्सर्ना गरेका छन् ।
साताै बागलुङ महाेत्सवकाे प्रवेश टिकट बिक्री गर्न बागलुङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ बिच समन्वय भइ महाेत्सवकाे टिकट पत्रकार महासंघले पत्रकार मार्फत बिक्रीवितरण गर्दै आएको थियो ।















