
बागलुङ /बचतमा बृद्वि जीवनमा समृद्धि भन्ने नारासाथ स्थापना भएको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १६ औ साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभामा एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी ,सहकारीका सल्लाहकार सुरेन्द्र जंङ्ग राजभण्डारी ,सहकारीका पूर्व अध्यक्ष ईश्वर लाल बज्राचार्य ,जेष्ठ शेयर सदस्य चयन देवी श्रेष्ठ शेयर सदस्य युक्त जंङ्ग राजभण्डारी लगायतका बक्ताहरूले सहकारीले गाउँ गाउँमा गरिव तथा विपन्न वर्गका शेयर सदस्यकोआर्थिक समृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएपनि त्यो भूमिका अझै बढाएर लग्न सकेमात्र समाजमा रहेको गरिवि हटाउन सकिने धारणा राखेका थिए ।सहकारी लाई सहकारीको भावना अनुसार चलाउन सकेको खण्डमा
समस्या नआउने हुदा यसतर्फ सचेत रहनुपर्ने बक्ताहरूले धारणा राखेका थिए।
सहकारीले आर्थिक वर्ष २०७९ /०८० मा गरेको प्रगति प्रतिवेदन सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठ ,आर्थिक प्रतिवेदन उपाध्यक्ष दुर्वल काजी राजभण्डारी र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक दीपक ज्याेती श्रेष्ठले प्रस्तुत गरेका थिए ।
२०६४ सालमा स्थापना भएको सहकारीमा ७५ जना शेयर सदस्य १ करोड ३४ लाख ४९ हजार ६ सय शेयर पूँजी रहेको छ ।आर्थिक वर्ष २०७९ र०८० मा ३१ करोड २५ लाख ८५ हजार ७ सय ४५ बचत संकलन गरेको सहकारीले आर्थिक बर्ष २०७८/७९ असार मसान्तसम्म ९ करोड ५ लाख ५४ हजार ९ सय रूपैयाँ कर्जा लगानीमा बाकी रहेकोमा आर्थिक बर्ष ०७९/०८० मा कर्जा लगानी ३ करोड ७६ लाख ५८ हजार ६ सय २२ र कर्जा अशुली ४ करोड ५१ लाख ८ हजार ७ सय ४७ रूपैयाँ रहेको सहकारीको ०८० असार मसान्तसम्म ८ करोड ३१ लाख ४ हजार ७ सय ७५ रूपैयाँ रहेको साधारणसभामा जानकारी गराइएको थियो ।
साधारण सभामा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य चेतराम गाैतम असल काराेवार गर्ने लक्ष्मी देवी राजभण्डारी उत्कृष्ट कर्मचारी लक्ष्मी बज्राचार्य लाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ शेयर सदस्य चयनदेवी श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा स्वागत मन्तब्य सहकारीका उपाध्यक्ष दुर्वल काजी राजभण्डारी र सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
























