
बागलुङ / पुस महिनाको चिसाे माैसम सबैलाई प्रभावित पारिरहेको बेला यहीँ पुस २८ गते हुदै गरेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङको अधिवेशनले यतिबेला बागलुङ एकाएक तातिन पुगेको छ ।
बागलुङ नगर खानेपानीको अधिवेशन आउन एकसाता बाकी रहदै गर्दा खानेपानीको नेतृत्व हात पार्न यतिबेला बिभिन्न ब्यक्तिहरू उमेदवार बन्न तछाडमछाड गरिरहेका छन् ।
झण्डै ४ हजार खानेपानी उपभोक्ता रहेको नगर खानेपानीमा मतदान गर्ने १५२५ जना सदस्य रहेका छन् । यसपटक खानेपानी संस्थामा नेतृत्व हात पार्न यतिबेला आफु नेतृत्वमा आउन आफ्नो पार्टीमा आफ्नो दाबी पेश गरिरहेका छन् ।
बागलुङ नगरपालिकाले तदर्थ समिति चयन गरेर अध्यक्ष जयराम भारीलाइ जिम्मेवार दिएपछि हुन लागेको अधिवेशनमा अध्यक्ष पदको लागि नेपाली कांग्रेसका जयराम भारी र सुवास आचार्य २ जनाले आआफ्नो दाबी पेश गरेका छन् ।
यस्तै एमालेमा नगर खानेपानीका पुर्व अध्यक्ष केवी राना मगर , र भुपेन्द्र खड्का दुइजनाले दाबी पेश गरेका छन् ।
यसैगरी माआेवादी केन्द्रबाट रतन मलेपतिले आफ्नो दाबी पेश गरेका छन् ।
निर्वाचनको लागि उमेदवारी दर्ता गर्न पुस २१ गते शनिबार लाइ मिति तय गरेपछि उमेदवार बन्नकाे लागि आआफ्नो पार्टीमा आफु सिफारिस हुनका लागि डाैडधुप जारी राखेका छन् ।खानेपानीकाे निर्वाचनमा अहिलेसम्म अध्यक्ष पदको लागि आआफ्नो दाबी पेश गरेपनि निर्वाचनमा छुट्टाछुट्टै उमेदवार हुने कि गठबन्धन गरेर जाने भन्ने अहिलेसम्म कुनै टुंगो लागेको भने छैन ।














