बागलुङ नगर खानेपानीकाे अध्यक्षका लागि ४ जनाको उमेदवारी दर्ता

-


     हिडन खबर    
     पौष २१ गते २०८० मा प्रकाशित


बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे
पुस २८ गते हुने अधिवेशनकाे लागि ४ जनाले अध्यक्ष पदकाे लागि उमेदवारी दर्ता गराएका छन् ।

संस्थाकाे नयाँ नेतृत्व हात पार्न बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पुर्व अध्यक्ष केवी राना मगर ,
भुपेन्द्र खड्का ,वर्तमान तदर्थ समितिका अध्यक्ष जयराम भारी ,र सुवास आचार्यले उमेदवारी दर्ता गरेको निर्वाचन संयाेजक चित्रांङ्गत बरालले बताए ।

यस्तै संस्थाका उपाध्यक्ष पदको लागि दयाराम पाैडेल ,रतन प्रसाद श्रेष्ठ र हरिबहादुर जिसी(सन्तोष )सचिव पदको लागि
निर्मल श्रेष्ठ र जीवन आचार्य ,काेषाध्यक्ष पदकाे लागि थानेश्वर सुवेदी र कृष्ण शर्माले आफ्नो उमेदवारी दर्ता गरेका छन् ।

खुल्ला सदस्यकाे लागि बाबुलाल शाक्य ,विर बहादुर थापा ,
शुनिल श्रेष्ठ ,टेकनारायण शर्मा ,कुलराज (शर्मा हिमाल )
बाबुकाजी केसी ,लालबहादुर केसी ,शिव आचार्य ,चन्द्र बहादुर सुवेदी ,रामबहादुर बिक र महिला सदस्यकाे लागि
सुनिता श्रेष्ठ ,मन्जुमाया क्षेत्री ,कालीका सापकोटा ,शिला थापा क्षेत्री ,लक्ष्मी थापा ,हुमादेवी खड्का ,गुमादेवी छन्त्यालले आआफ्नो उमेदवारी दर्ता गरेका छन् ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बाट झण्डै ४ हजार जना उपभोक्ताले खानेपानी उपभाेग गरिरहेकाे भएपनि संस्थाका नियम अनुसार १५२५ जना मात्र मतदान गर्ने सदस्य रहेका छन् ।