समाचार

सहकारी पीडितहरू माइतीघरमा आन्दोलनमा

राजेशचन्द्र राजभण्डारीकाठमाडौ / सरकारले सहकारी पीडितहरू संग गरेको पटकपटक सहमति लागु नगरेपछि यतिबेला देशभरका सहकारी पीडित हरू आन्दोलनमा उत्रिएका छन् ।सहकारी  बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले राजधानीकाे माइतीघर मण्डलाबाट आन्दोलन शुरूवात गरेका छन्। देशभरका लाखौं बचत कर्ताहरूले सहकारी जम्मा गरेको बचत रकम सहकारीका संचालकहरूले अवचलन गरेको भनेर बचत कर्ताहरूले जम्मा गरेको रकम फिर्ता गराउन एक बर्ष अगाडि देखि आन्दोलन गर्दै आएको सहकारी बचत कर्ता संरक्षण राष्ट्रिय अभियानले तेस्रो चरणको आन्दोलन घाेषणा गरेपछि यतिबेला फेरि आन्दोलन अगाडि बढिरहेको छ  सरकार संग… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड पुर्व प्रधानमन्त्री देउवा निवासमा

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानीलकण्ठमा छलफल भइरहेको छ । केही दिनदेखि अबरोध भइरहेको संसद सुचारू गर्ने देखि समसामयिक राजनीति बिषयमा प्रधानमन्त्री दाहाल र पुर्व प्रधानमन्त्री देउवा संग छलफल गर्न बुढानिलकण्ठ पुगेका हुन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने लगभग सहमति भएपछि उक्त सहमति शिर्ष दलका नेता बसेर टुंगोमा पुर्याइ गतिरोध भएको संसद खुलाउने पहल हुने अनुमान गरिएको छ । पुरा पढौ

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न सहयोग

बागलुङ / नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा रामानुज आश्रम बागलुङ नगरपालिका—१ निरयघाटमा खाद्यान्न सहयोग गरिएको छ । २०४८ साल जेठ १३ गते स्थापना भएको लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन प्रेस युनियन ३३ वर्ष पूरा भएको अवसरमा जिल्ला शाखा बागलुङको आयोजनामा खाद्यान्न सहयोग गरिएको हो । आश्रममा आश्रितहरुलाई खाद्यान्न हस्तान्तरण गर्दै नेपाल प्रेस युनियका निवर्तमान केन्द्रीय सदस्य एवं बागलुङ नगरपालिका—११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले नेपालमा लोकतन्त्रको स्थापनाका लागि सञ्चार क्षेत्र र पत्रकारका ठूलो भूमिका रहेको बताए । गौतमले आश्रममा… पुरा पढौ

राष्ट्रिय सम्पदाको अध्यक्षमा ठाकुर, टेकनाथ सम्मानित

कास्की / राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले २६ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरेको छ  । गत वर्ष निधन भएका बराललाई मरणोपरान्त सम्मान गरिएको हो । टेकनाथकी श्रीमती हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी बराललाई मानवअधिकार आयोग केन्द्रले नै सम्मान गरिसकेको स्मरण… पुरा पढौ

पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६४ जनाले लिए सेवा

बागलुङ /पाठेघरको  जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।धौलागिरी अस्पताल बागलुङको आयोजना र काठेखोला गाउँपालिका बागलुङको व्यवस्थापनमा काठेखोला गाउँपालिका वडा नम्बर २ अक्षतेमा पाठेघर तथा आङ खसेका महिलाहरूको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे । शिविरमा ६४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो जसमा ४ जना महिलालाई धौलागिरी अस्पताल बागलुङमा सल्यक्रिया हुने भएको छ । शिविरमा प्रमुख कन्सल्टेन्ट गाइनोकाेलोजिस्ट डा. श्री रेखा पौडेल, कन्सल्टेन्ट गाइनाेकाेलाेजिस्ट डा. श्री विजय ओझा, consultant जनरल सर्जन डा. दिपेन्द्र शर्मा, कन्सल्टेन्ट एनेस्थेसियाेलाेजिस्ट डा. श्री… पुरा पढौ

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलको स्वागत तथा सम्मान:

काठमाडौं /विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गर्नुभएको हो । सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सर्बोच्च शिखर सगरमाथाको सफल… पुरा पढौ

मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्च द्वारा श्रीकृष्ण आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण

बागलुङ / सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थीलाई अध्ययन अध्यापनमा सहयोग पुर्‍याउने हेतुले मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्चको आयोजनामा श्रीकृष्ण आधारभूत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । डेलि स्टेशनरी सप्लार्स काठमाडौको सहयोग , सिजन स्टेशनर्स बागलुङको समन्वयमा श्रीकृष्ण आधारभूत विद्यालयमा एक कार्यक्रमका बिच १० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरियो । साे अबसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका पुर्व सभापती जब्बर बहादुर लामिछानेले यी दुई सस्थाले गरेको कार्यले समाजमा सकारात्मक सन्देश गएको चर्चा गर्दै सहयोग गर्नेडेलि स्टेशनरी… पुरा पढौ

राजु परियार बिन्दा परियारकाे नैना रेशम सार्वजानीक

काठमाडौं /चर्चित गायक राजु परियार र लाेक दाेहाेरी गायिका बिन्दा परियारकाे नैना रेशम बाेलकाे लाेक दाेहाेरी गीत बजारमा सार्वजनिक भएको छ। माया प्रेम एक अन्तरंग लाई टपक्क टिपेर सर्जक शिव हमालले शब्द काेरेकाे गितमा एक अर्काले माया गरेकाे र जिबनभरी साथ नछुटने कसम खायकाे युवा जाेडिकाे प्रेम कहानिलाई चित्रण गरिएकाे छ । प्रदिप अधिकारीको संगीत लोकप्रिय गायक राजु परियार बिन्दा परियार र कमला गैरे थापाको आवाज रहेकाे छ ।भिडियाेमा बिजय पुन र रजनि गुरूङकाे दमदार नृत्य रहेकाे छ । मौसम… पुरा पढौ

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री

काठमाडौँ, ११ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताउनुभयो । “तालिममा सिकेको सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो… पुरा पढौ

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौँ, ११ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो । उहाँले संसद्मा विचाराधिन रहेको सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताउनुभयो… पुरा पढौ