संजालमा फेला परेको यो सन्देश समसामयिक भएको हुनाले जस्ताको तस्तै प्रकाशन गरिएको हाे ।अहिले बिदेश जान भाइबहिनी कसैलाई निराश बनाउन हैन नेपालीकाे यथार्थ कथा ब्यथा भएको हुनाले सन्देशकाे लागि मात्रै हाे यसलाई एकपटक अध्ययन गरेर मनन गर्दा राम्रो हुन्छ भन्ने हाम्रो ठम्याइ मात्रै हाे ।
बडो सानले काधमा देशको झन्डा हालेर सुर्केस गुड्काउदै त्रिभुवन विमानस्थलमा खिचिएका तस्वीर फेसबुकमा अपलोड हुन्छन् र त्यहा बडो खुसियालीका साथ लेखिन्छ “उच्च शिक्षा अध्ययन सफल रहोस शुभकामना बधाई” आदि इत्यादि ।
सर्बप्रथम यहाँ जोड्न खोजेको प्रसंग के हो भने २० लाख रुपैयाको स्रोत के हो ? कमाएर राखेको नगद होकि ऋण हो ?
कमाएर बैंकमा राखेको पैसा निकालेर जाँदै हुनुहुन्छ भने त मेरो केही भन्नू छैन त्यो तपाईंको व्यक्तिगत सम्पती हो जसरी प्रयोग गर्नुहुन्छ गर्नुस् तर लहडमा सयकडा २/३ र बैंकको ब्याजमा घर जग्गा धितो राखेर देशको झन्डा काधमा भिरेर अर्काले समुन्द्र छेउमा आइफोनले खिचेको तस्बिर देखाउन र स्टान्डर्ड मेन्टेनका लागि बिदेश जाँदै हुनुहुन्छ भने तपाईको जिन्दगी त्यो ऋण गरेको पैसा तिरेरै बित्छ ।
गएकाहरुको अनुभवको आधारमा भन्ने हो भने त्यहा कोठाभाडा, मोबाइलको ऋण, कलेजको फी तिरेर बाकी रहेको पैसा नेपाल पठाउने हो जबकि उक्त पठाएको पैसाले सावा त के पाकेको ब्याज पनि धान्दैन ।
तपाईले दुख सुख गरेर बचाएको पैसा ३ महिनामा बल्ल तल्ल नेपाल १ लाख पठाउनु होला तर महासय तपाईं गएको त ब्याजकै पैसामा हो ३ महिनासम्म तपाईलाई २० लाख कर्जाले माया गर्दैन बढेर २१ लाख पुगिसकेको हुन्छ हैन र ?
समुन्द्र छेउमा बसेको फोटो त छिमेकीले पक्कै देख्छ, मेरो छोरो जापान वा युरोप छ भनेर बा आमाले त पक्कै छिमेकी र आफन्तलाई स्वाग दिन्छन तर २१ लाखले तपाईलाई जिस्काइरहेको छ ।
एक पटक नेपाल आएर फेरि फर्कदा ७/८ लाख खर्छ हुन्छ । पुरानै २० लाख नतिरी कसरी देश फर्किने सम्भावना नै छैन अनि फेरि ७ लाख खर्च गरेर २८ लाख ऋण बन्ने कुरामा दुईमत छैन । तपाई देश फर्किने बाटो पनि सहज छैन तपाइँलाई रोक्ने त त्यही ऋण छ ।
एकपटक खुल्ला मस्तिष्कले सोच्नुस बिदेश तपाईको जिन्दगी बन्ने ठाउँ होइन त्यो त बन्दी बनाउने कारागार र डिप्रेसनको सिकार हुने ठाउ हो ।
विमानस्थलमा झन्डा बोकेर शुभकामना, बधाई दिने होडबाजी बन्द गरौं, स्वदेशमै परिश्रम गरेर आत्मनिर्भर बनौं ।