सारंगी संसारकाे नयाँ स्टुडियाे निर्माणकाे लागी आर्थिक सहयाेग

-


     हिडन खबर    
     असाेज ११ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन/ पाेखरा

आज भन्दा झण्डै ६ बर्ष अघि सारंगीकाे धुनबाट नेपाली माैलिक गीत संगितकाे जगेर्ना गर्दे सारंगी संसार राेधी घरले नया स्टुडियाेकाे काम तिव्र गतिमा अघि बढाएकाे छ ।

करिब १० लाख भन्दा बढी सदस्यता कमाई सकेकाे सारंगी संसार राेधी घरले पुन नयाँ स्टुडियाेकाे कामकाे थालनि संगै अग्रज देखि अनुज सम्म स्वदेश देखि बिदेशबाट आर्थिक सहयाेग प्राप्त भइरहेको छ ।

आमदर्शक श्राेताकाे संख्या थपिदै गयपछि शुभ चिन्तकहरु लाई पनि सहज हाेस भन्ने हेतुले काठमाण्डाै काे तारकेश्वर नगरपालिका , मनमैजु १० छन्त्याल भवन अगाडि सारङ्गि संसारकाे नयाँ स्टुडियाे निर्माणकाे काम धमाधम भईरहेकाे छ ।

यतिबेला सारंगी संसारकाे स्टुडियाे निर्माणमा सहयाेग प्राप्त हुने क्रम जारी रहेकाे छ ।

यसैक्रममा निर्माण व्यवसायी धादिङका सहसचिव धुर्व लाेहनीबाट ३० हजार,सारंगी संसारका शुभचिन्तक शिक्षक रत्नहरि अधिकारीबाट ८ हजार , जय बहादुर अधिकारीबाट ५ हजार,सारंगी संसारका नियमित कलाकार रिजन सुनारबाट ५ हजार ५ सय ५५, गाेविन्द बेलवासेबाट ५ हजार, पर्वत फलेवास स्थायी घर भई हाल अमेरीकामा बसाेबास गर्नु हुने रामकृष्ण घिमिरे र उहाकाे धर्मपत्नी धन कुमारी घिमिरेबाट २० हजार, तनहु हाल कतारमा कार्यरत खड्ग सुनारबाट १० हजार ३ सय ५०, जिल्ला म्याग्दी मंगला गाउपालिका २ घर भई हाल अमेरिकामा कार्यरत राजेन्द्र शेरचनबाट ५० हजार १ सय ७ रूपिया, गायक सुर्य खडकाबाट ५ हजार, गायक रबिन लामिछानेबाट १० हजार , गायक रेशम निर्दाेशबाट १५ हजार , सिद्वकाली राेधि घरका संचालक निराेज भट्टबाट ६ हजार ६ सय ६६ रूपैयाँ सहयोग गरेका छन् ।

सारंगी संसार लाई देखाउनु भएकाे माया आर्थिक भाैतिक , नैतिक तथा सामाजिक कार्यमा सहयाेग गर्नु हुने महानुभावहरूलाई सारंगी संसारकाे तर्फबाट उच्च मुल्याङ्कन तथा सम्मान गरिने साराङ्गी संसार राेधी घरका संचालक कुमाल कुमार बिकले बताए ।