बागलुङ सदरमुकाममा बाट एकबहादुर केसी पक्राउ

-


     हिडन खबर    
     असाेज ११ गते २०८१ मा प्रकाशित


बागलुङ । एकबहादुर केसीलाई प्रहरीले आज बागलुङ सदरमुकामबाट पक्राउ गरेको छ ।

बागलुङ सदरमुकाममा रहेको बसपार्क उद्घाटन भएर पनि नियमितरूपमा बसपार्क बाट बस नछुटेकाे भन्दै आक्राेशीत भएर बागलुङ बसपार्कमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनावरण गरेको शिलालेख घनले तोड्फोड गर्ने अभिव्यक्ति दिएपछि केसीलाई विद्युतीय ऐन अन्तर्गत पक्राउ परेका हुन् ।

बागलुङ नगरपालिकाले दिएको निवेदनको आधारमा जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जानकारी दिनु भयो ।

पक्राउ परेका केसीलाई अदालतमा म्याद थप गर्न लगिएको कँडेलले जानकारी दिनु भयो ।

गत भदौ १८ गते बागलुङ बसपार्क मुख्यमन्त्री पाण्डेले भब्य समारोह बिच उद्घाटन गर्नु भएको थियो ।

भदौं २० गते एक बहादुर केसीले बसपार्क नचलेको भन्दै एक महिना भित्र बसपार्क नचले बसपार्कमा राखिएको शिला तोडफोड गर्ने बताएपछि बागलुङ नगरपालिकाले बसपार्कको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।

अदालतले पक्राउ पुर्जी जारी गरेको दुई हप्तापछि प्रहरीले केसीलाई पक्राउ गरेको हो ।