बागलुङमा फरार अभियुक्त पक्राउ

-


     हिडन खबर    
     असाेज ९ गते २०८१ मा प्रकाशित


बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले एकजना फरार अभियुक्त लाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बागलुङले २०८० साल बैशाख ७ गते पशु पक्षि सम्बन्धि कसुर मुद्दामा दुई बर्ष ८ महिना कैद सजाय ताेकी हालसम्म फरार रहेका ढाेरपाटन नगरपालिका ९ बस्ने मनबहादुर बिकलाइ ढाेरपाटन नगरपालिका १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी केशव थापाले बताए ।

मंगलबार पक्राउ गरिएका विकलाइ अदालतकाे फैसला कार्यान्वयनकाे जिल्ला अदालत बागलुङमा पेश गरेकोमा अदालतकाे आदेश अनुसार बुधबार थुनाकाे लागि जिल्ला कारागार बागलुङ चलाउन गरिएको सुचना अधिकारी थापाले बताए ।